मानिसको व्यवहार पनि बुझिनसक्नुको हुन्छ । जो सबैले बुझ्ने व्यवहार गर्दैनन्, एकातिर बोल्छन् अर्कातिर गर्छन् त्यस्तालाई हाम्रो समाजले छट्टुको सज्ञा दिन्छ । चलाख भन्छ । जसले जे बोल्छ त्यो गर्छ उ सोझो, लाटो ग्वाङ्ग्रो हुन्छ । जसले नियम कानूनको पूर्ण पालना गर्छ, व्यहारमा इमान्दारिता देखाउँछ, त्यो सोझो मानिन्छ । सामाजिक मान्यता र संस्कारको पूर्णपालना गर्दै लोभलालच, छलकपट, चोरीचकारी, धोकेवाजी, ठगी फट्याइ जस्ता कर्मलाई महापाप सँझि हरेक गलत कार्यको इश्वरबाट सजाय पाउने डरले किन्चीत गल्ती भैहाल्दा हातपाउ र सारा बदन थर्थरी काँप्छ, मनमा पापी सोचको उत्सर्जन हुनै पाउँदैन । जस्को मन निर्मल र कन्चन हुन्छ त्यस्तालाई समाजले गन्दैन, चिन्दैन, खोज्दैन, मान्दैन । उल्टै उपहासको पात्र हुन्छ । ‘फलानो जस्तो सोझो हुनुहुँदैन’ भनि आफ्ना सन्ततीलाई दिने अर्तिको उपमा बन्दछ । त्यस्ताको सहायकोहि हुँदैन । जिवन कष्टकर र संकटपूर्ण अवस्थाबाट गुज्रीरहेको हुन्छ । परीवार भित्रै पछि छोराछोरीले गन्दैन । श्रीमान श्रीमती विच उठवस समेत हराउँछ अरु के कुरा गर्नु ।
एउटै कार्यलयका समानतहका कर्मचारी जसको आलीसान महल, लग्जरियस गाडी घरमा नोकर चाकर सर्ब सम्पन्न विलासी जिवन र अर्कोको परिवारको खर्च धान्न धौ धौ छ, पसलमा रासनको उधारो चुकाउन मुस्कील छ, छोरा छोरीको विद्यालयको फि र लत्ताकपडाले टोकसो सहनु पर्छ, घरको हालत खण्डहरु पौवा जस्तो वर्षो पहिले लगाएको रंगको पाप्प्रा उप्कीएका र ठाउँ ठाउँमा सिमेन्टका चोइटा झरेर खोपा बनेका छन् । उसलाई कसले हेर्छ न हाकिम, न समाज न घर परिवार, न इश्वर । सबैको नजरबाट लाटि, खुवी नभएका पाजी, हुतीहारा सावित हुन जान्छ । यसरी समाजले मान्छेलाई झुट, ढांट, छलि, कपटी, बदमास र बोइमानी बन्नतर्फ उद्दत गराइरहेको छ । फेरी अर्काथरि छन् जे बोल्छन् त्यो गर्दैनन् । नियम बनाउँछन् आफैले पालना गर्दैनन् । कुन मन्त्री, सचिव, जि.श.अ., विद्यालय निरिक्षक ज्यूहरुले आफ्ना छोरा छोरीहरु सामुदायीक विद्यालयमा पढाएका होलान् ? तर पढाउनु पर्ने नियम बनाउने न उनै हुन् । खोजि गरि डाटा लिने हो भने ९५ प्रतिशतले सामुदायीक विद्यालयमा पढाएका हुँदैनन् । उच्च पदस्थ र खानदानीया हुँ भन्ने सबैको अवस्था लगभग यस्तै छ ।
अर्को तर्फ डाक्टरहरु ठूला ठूला अस्पताल बनाउँछन् तर आफै विरामी हुँदा आफ्नो अस्पतालमा उपचार गर्दैनन् । विदेश जान्छन् । अन्यलाई राम्रो उपचार गरिन्छ भन्दै तानीरहेका हुन्छन् । आफ्नो अस्पताल र उपचार प्रति आफु स्वयमलाईं विश्वास नभएको स्पष्ट छ तर हजारौं झुक्किएका छौं । भ्रममा पारिएको छ । त्यसैगरी व्यापारीले राम्रो छ भनि अर्कालाई वेचिरहेको सामान आफूले प्रयोग गर्दैनन् । यसरीनै कुनै होटलमा मिठो भनि बयान गरिएको खाना अरुलाई खुवाउँछन् आफु खँदैनन् । आफुलाई छुट्टै पकाउँछन् । दुध बेच्च घर घर पुगिरहेको व्यापारी आफुलाई खाने दुध छुट्टै भाँडोमा राख्छ । सुदो, मह, अमिलो, बेसार, मसला सबैका धन्दा यस्तै छन् । मानिसले बुझेका पनि छन् ततर जानी जानी बुझपचाएपछि कसको के लाग्छर । उसले नखाने हामी खाने, उसले प्रयोग नगर्ने हामी गर्ने, उ नजाने ठाउँ हामी जाने । जनता सोझा छन् भनि यसै भनिएको होइन छ । पंतिभेदको स प्रमाण हुँदा कुरा उठाउन नसक्ने, आखाँ भएका तर दृष्टिविहिन, कान भएका श्रवषहिन, आवाज भएका वाक्य विहिन मनुवाको स्तर कुनै प्रणालीले पनि पर्न सकेन ।
सोझा पलपल ठगिएकोछ, कदमकदम बेचिएको छ । ठूलाबाट हेपिएको छ उसको सहार कोहि हुँदैन । मान्छे त भएन भगवानले त हेर्नुपर्ने, अँह भगवान ठूला वडाको पक्षमा लागेछन् किनकि मिठा मिठा लड्डु उनै बाट पाउँछन्, भेटी मुठै चढाउँछन् गरीबलाई किन हेथें ! प्रत्येक मन्दिरमा ढोका लगाएर थुनिएको हुन्छ, व्यास बाहिर पर्खाल हुन्छ, पर्खालमा तार वार हुन्छ, गेटमा पाले पहरा हुन्छन् विचरा भगवानकहाँबाट निस्कुन् । चाहेर पनि निस्कन नपाउने बनाइएको छ भगवानलाई । भए भरका मन्दिर हेरौं, कुन मन्दिर खुला छ ? कुन मन्दिरमा पुजारीले ढोका नखोलेसम्म ढोका खुल्छ ? अझै ‘के माग्न आएको’ भनि पुजारीले सोधेर उसैले भगवानलाई बताई दिने रे ! ‘म पुजारी बन्न पाउँ’ भन्ने बर कसैले मागे त्यो खबर भगवान समक्ष पु¥याई देलान त ? अहं उल्टै लाठीले हानेर लगार्छन् ।
यति जान्दा जान्दै पनि उनै पुजारी माथि विश्वास गरी झोलाका झोला फलफूल मिठाई नैवेद र थपि थपि भेटी चढाएर हिड्ने हामी उस्तै । ‘अति सर्वत्र बर्जयत’ भनिएको छ । धेरै विश्वास कसैको गर्नु हुँदैन । काम, आनिवानी हेरी विश्वास गर्न र त्याग्न सक्ने आँट नहुँदासम्म हाम्रो अवस्था उस्तै हो । न खुशी नेपाली, न समृद्ध नेपाल, कंगाल देश सम्पन्न नेता, उँधोगति विकास, जन्ता यता त्यता । विश्वास गरौं भर कसैको नपारौं !
भनाइ र गराइ
previous post