कोरोना भाइरसको दोस्रो लहरका कारण देशभरका ३५ हजार भन्दा बढी विद्यालयसंगै तनहुँका विद्यालय पनि बन्द छन् । यसका कारण झण्डै ८० लाख बालबालिकाको सिकाई क्रियाकलाप अस्तव्यस्त भएको छ । अगणित जिज्ञासाका भण्डार उनीहरुको जिज्ञासा सान्त हुन पाएको छैन । सरकारले रेडियो, टेलिभिजन र अनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा सीमित विद्यार्थीको मात्र पहुँच
छ ।
लामो समय विद्यालय जान नपाउँदा बालबालिकाको सिकाई क्रियाकलापमा नराकारात्मक असर परेको भन्दै तनहुँको केही विद्यालयले स्वास्थ्य मापदण्ड अपनाई आलापालो प्रणालीबाट गतसाता देखि विद्यालय सञ्चालनमा ल्याएका थिए । तर प्रशाशनले स्वास्थ्य मापदण्ड नपानाइएको तथा विभिन्न कारणले संक्रमण बढेको भन्दै मंगलबारबाट विद्यालय सञ्चालनमा अर्काे सूचना नभएसम्मका लागि निषेध गरेको छ ।
रेडियो, टेलिभिजन, जुम वा म्यासेन्जरबाट गरिने अनलाइन पढाइ साना बालबालिकाका लागि प्रभावकारी नहुने र त्यस्ता बालबालिकालाई भौतिक रूपमै खेलाउँदै, रमाउँदै सिकाउनुपर्ने त छँदैछ सबैकोे पहूँच समेत नभएको भन्दै विद्यालयहरुले थालेको पठनपाठन क्रियाकलापमा बन्देज लगाएर मात्र प्रशाशनिक निकायको जिम्मेबारी पूरा भने हुँदैन । बन्दमात्र विकल्प होइन भन्ने विषयमा सम्बन्धित पक्षले सोच्नु अब आवश्यक भैसकेको छ । विद्यालयहरुले स्वास्थ्य मापदण्ड अपनाउने सन्दर्भमा लापरवाही गरे भन्ने निकायले विद्यालयको अनुगमन गर्न बसेका निकायले प्रभावकारी काम गर्न सकेनन् भनेर किन भन्न नसकेको होला ? भन्ने प्रश्न आम नागरिकले गर्न थालेका छन् ।
सार्वजनिक यातायात पूर्ण रुपमा चल्न दिँदा संक्रमण नहुने तर विद्यालय खोल्दा संक्रमण विस्तारहुन्छ भन्ने तर्क गरेर होइन कि कसरी ति बालबालिकालाई सुरक्षित गर्न सकिन्छ भनेर छलफल र परामर्श गर्ने अनि उपयुक्त विकल्पको अवलम्बन गर्दै विद्यालय खोल्ने वातावरण बनाउने तर्फ सोच्नु पर्ने बेला भएको होइन र ? बन्दको विकल्प खोजौं । निषेधाज्ञा जारी गरेर हाइसञ्चो मानेर बस्ने बेला यो होइन् ।
बन्दको विकल्प खोजौं-सम्पादकीय
previous post