व्यास नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टा छुट्टै उठाउने र व्यवस्थापन गर्ने कार्य थालेको केही महिना वितेको छ । ट्याक्टर र सफाई कर्मचारीहरु हरेक दिन जसो कहिले नकुहिने फोहर मात्र ट्याक्टरमा राख्नुहोला भन्दै त कहिले कुहिने फोहर मात्र राख्नुहोला भन्दै नगरपालिकाका विभिन्न भागमा हिडिरहेका भेटिन्छन् ।
व्यास–१ गल्बुवेसीको बासिन्दा म दैनिक बुल्दीखोला तरेर मालेबगर हुँदै बजार आउजाउ गर्नुपर्छ । गल्बुबेसीबाट बुल्दीखोला झर्ने क्रममा बाटोको बायापट्टी कुहिने तथा नकुहिने फोहोरको डङ्गुरसंग सधैं सक्षात्कार हुन्छ । त्यसो त फोहर जथाभावि फालिएको त्यो एक मात्र ठाउँ होइन् । बजार र बजार आसपासका क्षेत्रहरु चाहर्ने हो भने त्यस्तो धेरै ठाउँमा देख्न पाईन्छ । अझ कहिले काहीँ मरेका कुखुरा, कुखुराका आन्द्रा भुँडी बगाएर ल्याएको समेत देखिन्छन्, बुल्दी खोलामा । खोला आसपासका स्थानीयले खोलामा लुगा धुने तथा नुहाउने काम गर्छन भन्ने कुरा मरेका कुखुरा वा कुखुरा काटेर आन्द्रा भुँडी फाल्ने हामीलाई थाहा नभएको होइन तर किन यसो गरिरहेका छौं ? घरबाट निस्केको फोहर यताउता पल्याक पुलुक हेरेर छिमेकीको घर छेउ फाल्ने पनि हामी धेरै छौं । प्लाष्टिक जन्य फोहर जसले हाम्रो वातावरणलाई अत्यन्त नकारात्मक असर गर्दछन् भन्ने पनि हामी धेरैलाई जानकारी छ । हामी यो सब जान्दा जान्दै फोहर जथाभावि फाल्छौं, वातावरण दूषित तुल्याउँछौं र दृष्य प्रदुषण समेत गर्दछौं । जथाभावि फोहर गरेसंगै हामीले आफ्नो इज्जत पनि गुमाईरहेका छौं भन्ने हेक्का पनि गर्नु जरुरी छ । आफ्ना वा छिमेकी कसैका पाहुना आएका बखत हाम्रो वरपर फोहर देख्दा उनीहरुले हामीप्रति बनाउने धारणा कस्तो होला ?
करेसाबारीमा मलको रुपमा प्रयोग गरेर तरकारी फलाउन सहयोगी हुने कुहिने खालका फोहरलाई समेत बाहिर जथाभावि फालेर हामीले आफुलाई असभ्य बनाइरहेका छांै । फोहर व्यवस्थापन नपाको मात्र होइन हाम्रो पनि जिम्मेबारी हो भन्ने हामीले कहिले बुझ्ने ढिला भएको होइन र ? अब सबैले सोच्ने कि ?