
बृहत् नेपाली शब्दकोशमा संस्कृतबाट आएको प्रजातन्त्र शब्दको अर्थ, जनताद्वारा जनताका लागि जनताकै रायसल्लाहबाट चलाइने शासन भनिएको छ । यसैगरी सोही शब्दकोशामा प्रजा वा जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा चलाइने शासन व्यवस्था, जनप्रतिनिधिका हातमा शासन भएको राज्यव्यवस्था भनेर प्रजातन्त्रलाई अथ्र्याइएको
छ ।
अक्सफोर्ड डिक्सनरीका अनुसार प्रजातन्त्रको पर्यावाची शब्द लोकतन्त्रको अर्थ “सरकारको प्रणाली हो जसमा देशका सबै जनताले आफ्ना प्रतिनिधिहरू छान्न मतदान गर्न सक्छन् ।” यसैगरी प्रजातन्त्रको समानार्थी अंग्रेजी शब्द हो, डेमोक्रेसी । ’डेमोक्रेसी’ दुई ग्रीक शब्दहरूबाट आएको हो – ’डेमोस’ को अर्थ ’जनता’ र ’क्राटोस’ को अर्थ ’शासन’ हो जुन शासन प्रणाली हो जसमा जनताको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रशासनमा भाग हुन्छ ।
आफुलाई शासन गर्ने व्यक्ति आफै छान्ने अवसरको लागि नेपाली नागरिकले २००७ सालमा आन्दोलन गरे । त्यो आन्दोलनले १०४ वर्ष लामो जहानिया राणा शासनको अन्य गर्दै प्रजातन्त्रको स्थापना ग¥यो । अका्र्रे वाक्यमा नेपाली नागरिकले अब आफुलाई शासन गर्ने व्यक्ति आवधिक रुपमा आफै छान्न पाउने भए । यदि मन नपरेको खण्डमा वा आफ्नो हित अनुकुल काम नगरेको खण्डमा पाँच वर्ष पछि उसलाई शासनाधिकारबाट बञ्चित गर्न सक्ने भए । तर राणा कालमा त्यो छनौटको अधिकार नागरिकलाई थिएन ।
७३ वर्ष अगाडि यही साता हो नेपाली नागरिकले एकसय चार वर्ष लामो बन्धनबाट मुक्ति पाएको । अर्काे शब्दमा नेपाली नागरिकले स्वतन्त्रताको स्वाद लिन थालको आज ७२ वर्ष पूरा भएर ७३ वर्ष लागेको छ । त्यसैले २००७ साल फागुन ७ गते नेपाली नागरिकका लागि सर्वाधिक महत्वको दिन रह्यो र यो दिनलाई नेपाली नागरिकले कदापि भुल्ने छैनन् । रैतीबाट नागरिक बनेको त्यो दिनलाई हामीले प्रजातन्त्र प्राप्त भएको दिन भन्यौं र हरेक वर्ष फागुन ७ लाई स्वतन्त्रता प्राप्तीको उत्सवको रुपमा मनाउन थाल्यौं ।
हामीलाई रैतीबाट नागरिक बनाउन धर्मभक्त, गंगालाल, शुक्रराज र दशरथका अतिरिक्त धेरै नेपाली सपूतहरुले आफ्नो प्राण आहुती गरे । हाँसी हाँसी फाँसीमा चढ्न तयार भए । ७३ औं प्रजातन्त्र दिवसको यो अवसरमा म हाम्रालागि सहादत हुने, हाम्रो सुन्दर भविष्यका लागि ति स्वतन्त्रता सेनानीहरु प्रति सम्मान प्रकट गर्न, स्मरण गर्न चाहन्छु । मलाई लाग्छ, उनीहरुको सम्मानमा दिपावली गर्नु हामी सबै नेपाली नागरिकको दायित्व हो ।
प्रजातन्त्र प्राप्तीको यो सात दशकमा दुइ पटकसम्म हाम्रो स्वतन्त्रता खोसियो । पहिलो २०१७ साल पुष १ मा र दोस्रो २०५८ माघमा । ०१७ सालमा तत्कालिन राजा महेन्द्रले प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा रहेको सरकारलाई अपदस्त गरेर निर्दलिय पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए । उनले नेपालको माटो सुहाउँदो व्यवस्था भन्दै सुरुवात गरको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म नेपाली जनताका अधिकारलाई कुण्ठित तुल्यायो । आम नेपालीका आशाहरुमाथि निराशा थोपर्ने काम महेन्द्रले गरे । बीपीले जनताको प्रतिनिधिका रुपमा थालेका जनपक्षिय कामबाट आत्तिएका उनले नागरिक स्वतन्त्रता खोसे ।
नेपाली नागरिक राजा महेन्द्रको महत्वाकांक्षाको शिकार भए र नागरिकबाट रैतीमा झर्न बाध्य भए, तीन दशकका लागि । २०४६ साल फागुन–चैत्रमा भएको पहिलो जन आन्दोलनले फेरी हामीलाई रैतीबाट नागरिक बनायो । तर एक दशक बित्न पाउँदा नपाउँदै हाम्रा हात खुटटा बाँधिन थाले । हाम्रो स्वतन्त्रता खोस्ने खेल प्रारम्भ भयो । हामीलाई फेरी नागरिकबाट रैती बनाउने दुचेष्टा राजा ज्ञानेन्द्रले गरे । तर दाजु बिरेन्द्रको अस्वाभाविक अवसान पछि राजा बनेका ज्ञानेन्द्रको २१ आंै शताब्दीका नागरिकलाई रैति बनाउने प्रयास धेरै टिकेन ।
२०६२÷६३ को दोस्रो जन आन्दोलनले राजा ज्ञानेन्द्रको त्यो दुस्साहसलाई खारेज गर्दै फेरी हामीलाई नागरिक बनायो । हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक भयौं । राजा ज्ञानेन्द्रको महत्वाकांक्षा दुइसय वर्ष लामो राजतन्त्रको अवसानको कारक बन्यो ।
हामीले स्वतन्त्रता प्राप्तीका लागि तीन पटकसम्म लड्यौं । नागरिकलाई लागको थियो हामी सफल पनि भयौं । पछिल्लो पटक २०६२÷६३ कोआन्दोलनमा होमिँदै गर्दा हामीले सोचेका थियौं, स्वतन्त्रता प्राप्तीको यो लडाईँ अन्तिम हो । आन्दोलनको नेतृत्व गर्दै गरेका दलका नेताहरुले पनि राजनैतक लडाई यो नै अन्तिम हुने बताएका थिए । उनिहरुको प्रतिवद्धता थियो, अब देशले अर्थिक क्रान्ति गर्न बाँकी छ र त्यसका नेतृत्व हामी गर्छाै । यो आन्दोलन स्वतन्त्रता प्राप्तीको अन्तिम लडाईँ हुनेछ । तर दुर्भाग्य हाम्रो राजनैतिक नेतृत्व आफ्ना प्रतिवद्धतामा इमान्दार हुन
सकेन । नेताहरु नै नागरिक स्वतन्त्रता खोस्न उद्दत हुन
थाले । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा सरकारको आलोचना गर्नेहरु माथी कार्यकर्तालाई अरिंगाल बनेर चिल्न अनि बघिनी बनेर आक्रमण गर्न निर्देश गर्थे । प्रश्न गर्ने पेशा अंगालेका व्यक्तिको प्रश्न गरेकै कारण रोजीरोटी खोसिएको पनि ओली कै पालामा हो । प्रश्न गर्नेलाई तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ भनेर हप्काउने शेरबहादुर अभैm राजनैतिक दलको नेतृत््वमा नै छन् । प्रश्न गर्ने तथा कमल चलाउनेका कलम भाँच्ने मात्र होइन भौतिक कारवाही गरेर देह समाप्त गर्न पुष्पकमल दाहाल त झन यतिबेला प्रधानमन्त्री नै छन् । र अब फेरी नागरिक बनिसकेका र स्वतन्त्रताको स्वाद चाखि सकेका नेपालीलाई रैती बनाउने ध्येय बोकेर दुर्गा प्रसाईँहरु आएका छन्
स्वतन्त्रताको भरपुर उपभोग गरिसकेको वर्तमान नेपाली पुस्ता त्यो खोसिएको सहन गर्न तयार छैन । हामीलाई प्रजातन्त्र अर्थात स्वतन्त्रताको मूल्य राम्ररी थाहा छ । त्यसैले कसैले पनि हाम्रो स्वतन्त्रता खोस्ने सपना नदेखुन् । वर्तमान नेपली पुस्ता राणा विरुद्धको सात साल अघिको आन्दोलनको इतिहास पढेर, गंगालाल, धर्मभक्त, दशरथ चन्द तथा शुक्रराजको बलिदानीको इतिहास पढेर अनि त्यसबाट प्राप्त उर्जाले सिँचित भएर हुर्केको पुस्ता हो । कतिपय ३० वर्षे पञ्चायती कालरात्री भोगेको र त्यस विरुद्ध लडेको साथै कतिपय ६२÷६३ को आन्दोलनमा ज्यानको बाजी राखेर स्वतन्त्रताका लागि लडेको पुस्ता हामीसंग छ । फेरी दोहा¥ेयाउँ यो पुस्ता आफ्नो स्वतन्त्रता रक्षाका लागि एकपटक फेरी लडाईँको मैदानमा उत्रन तयार छ । प्रजातन्त्र दिवसको शुभकामना