पत्रकार समाजका आँखा हुन् । समाजका मुहार र शब्द पनि । सञ्चार विकासको मापदण्ड, खुट्टा, पखेटा र आवाज हुन् पत्रकार । पत्रकारीता सञ्चार हो । सञ्चारलाई तिब्रता दिने माध्यम पत्रकारहरू हुन् । स्तब्ध, अन्धकार र हलचल विनाको समाजलाई तिब्ररुपमा चलायमान बनाउन सक्ने खुबी भएका महान कलाकार हुन् पत्रकार ।
पत्रकार समाज, समय र सन्दर्भ अनुसार आफ्नो हैसियत प्रस्तुत गर्न नसक्दा पत्रुकार बन्छ । पत्रकार समाजको हैसियतलाई व्यक्ति सरह मुल्याङ्कन गर्दा पत्रुकार बन्छ । पत्रकारलाई पत्रुकार समाज वा घटनाले बनाउँदैन कि उसको क्रियाकलाप र व्यवसायीक निष्ठाको पतनले बनाउँछ । पत्रुकारको अपस्वाह समाजमा तीन गुणा तीब्र गतिले मानिसमानिसको मनस्थितिमा चित्रित हुनपुग्छ । समाजमा असन्तोषको वायु पत्रकारको अपरिपक्व प्रश्नले उब्जाउँछ र छिटै बायुमण्डलमा फैलिन पुग्छ । त्यो वायुमण्डलमा फैैलिएको अफवाह जोडसँग आएको मुषलधारे वर्षाले पनि पखाल्न असजिलो मान्छ ।
पत्रकार र लेखकमा थुप्रै विषयवस्तुमा फरक छन् । पत्रकार चुलबुले, चटपटे र सतही खालको हुन्छन् । लेखक अध्ययनशील, भद्र र गहन हुन्छन् । पत्रकारले देखेको कुरा च्वास्स बोल्छन्, लेख्छन् र मिडियाका माध्यमद्वारा संसारभर तिब्र गतिमा फिँजाउँछन् । अर्काेतिर लेखकले देखेको कुरालाई मात्र विश्वास गर्दैनन् अपितु त्यस्तो देखिनाको कारण खोज्छन् । कारण खोतल्दै, सम्बन्धित विषय वस्तुलाई विगत र भविष्यको वास्तविकतासँग जोड्दै, थप अनुसन्धान गर्दै अगाडि बढ्छन् । अन्ततः सम्भव भएसम्म निदानका उपायहरूमा पनि दृष्टि साध्न सक्छन् । त्यसको असर वा प्रभावबारे पुनः लेखाजोखा वा गहन खोज गर्न सक्छन् । पत्रकार विगत र भविष्यसँगको सम्बन्धमा खासै चाख लिदैनन् । लिन्छन् त केवल आफ्ना अगाडि घटित घटनाको । उनीहरू पस्र्केर हेर्दैनन् र विगतलाई कोट्याइरहन पनि मनासिब ठान्दैनन् । उनीहरू विविध समाचारहरू सङ्कलन गर्दै पत्रपत्रिका, बुलेटिन, रेडियो, सूचना केन्द्र साथै टेलिभिजन वरिपरि छाइरहेका हुन्छन् । यो नै तिनीहरूको धर्म हो । यदा कदा रोजीरोटीको इमान्दारिताको प्रतिक पनि ।
पत्रकारसँग कतिपय नेता, समाजसेवी, शिक्षक, जन प्रतिनिधी वा सर्वसाधारण डराउँछन् । काँप्छन् । मुख सुकाउछन् । कतिपय त डिपे्रशनको शिकार समेत हुन पुग्छन् । कतै कतै त आफ्नो योजना वा त्रिस्याकलाप बारे पत्रकारले थाहा पाउने भयो । ‘लौ अब के हुने हो ? अब मैले समाजमा कसरी मुख देखाउने हो ? भनी आफुलाई स।यमी बनाउन नसकी आत्महत्या समेत गरेका थुप्रै उदाहरणहरू पढ्न र सुन्न पाइन्छ । हो आफुले गल्ती गरेपछि भगवान् र पत्रकार मात्र होइन जीवन स।गिनीसँग पनि डराउनुपर्छ । तर गल्तीको कारणले आत्महत्या भने कसै नगर्नु होला, मेरो अनुरोध छ ।
पत्रकारको धर्म कुनै घटना, समस्या वा समसामयिक विषयमा शिष्टपूर्वक प्रश्न सोध्नु हो । त्यस घटनाबाट उब्जने सकारात्मक वा नकारात्मक जे जस्तो अवस्था छ त्यसको बारेमा सही अवधारणाहरू वा सूचनाहरू सम्प्रेशण गर्नु वा अरु समक्ष पु¥याउनको लागि विविध मिडियालाई प्रयोग गर्नु हो । पत्रकारको धर्म तातो घटनालाई शब्दका माध्यमद्वार सम्बन्धित पक्ष समक्ष शीतलता प्रदान गराउनु हो । राहत महसुस गराउनु हो । लुकाउनु र पस्ुकाउनु, तोड्नु र जोड्नु होइन । भनिन्छ पनि – सद्विचार मनमा जागरण गराउन सक्नेको खुबीले दुष्कर्मबाट जोगाउन मद्दत पुग्छ । म भन्छु – यस सम्बन्धमा पत्रकारले आफ्नो निश्चित धर्महरू पालना गरेकै हुनुपर्छ ।
पत्रकार आफै न्यायलय वा न्यायलयको न्यायधिस होइन । उ कुनै अर्थमा पनि पुलीस प्रशासक होइन । पत्रकार कसैको पेवा र एकलौटी व्यवहार प्रदर्शन गर्ने नक्कली साधु पनि होइन । पत्रकार हातमा बन्दुक वा नाङ्गो खुकुरी बोक्ने डरलाग्दो मानिस पनि होइन । उ कसैको लागि हुँदैन । उ सबैको लागि हुन्छ । पत्रकार आवाज, शब्द र मिडियाका हिमायती हुन् । ती उपकरण बाहेकको पत्रकार सिमित आँगनका खेलौना मात्र हुन् । जुन पत्रकारको आवाज, शब्द र मिडियामा पहुच छ उसैको नाम अन्त्स्करणबाटै लिन्छन् ।
प्रजातन्त्र भएका मुलुकहरूमा सञ्चारलाई एउटा ठूलो महत्वपूर्ण निकायको रुपमा लिइन्छ । पत्रकारहरूको गहन भूमिकालाई निश्पक्ष मुल्याङ्कन गरी सम्मान दिइन्छ । कसैको चरित्रको खिल्ली उडाउने वा किर्ते घटना वा राष्ट्र विरोधि कार्यगर्ने पत्रकारलाई तु कारबाही गरिन्छ । त्यसैले ती देशहरूका पत्रकारहरू वा सञ्चारमाध्यममा स।म्लग्न जो कोही पनि इमान्दार र विश्वासनीय समाचारप्रति प्रतिबध्यता हुन्छन् । त्यसैले त ती राज्यहरूले सञ्चारलाई चौथो अ।ङ्गको रुपमा स्वीकार गरेका छन् । खुसीको कुरा छ कि हाम्रो राज्यले पनि त्यो अनुसरण गरेको छ ।
अविकसित वा विकासोन्मुख देशका सञ्चार माध्यममा काम गर्ने रिपोर्टर हुन, वा पत्रकार वा सिजनल लेखक, उनीहरूको चरित्र अलि आत्रस्मक, चिढचिढावट र प्रश्नमाथि थप अर्काे प्रश्नको घान पस्कने किसिमको प्रतित हुन्छन् । उनीहरूमा प्रश्नको उत्तर सुन्ने, बुझ्ने र सञ्चय गर्ने क्षमतामा ह्रास आएको पाइन्छ । उनीहरूमा गम्भिरता, सहनशिलता र धैर्यता भन्दा पनि बडप्पन र आफूमा कुनै प्रकारको दाग नलागेको पवित्र प्रमाणत्र–धारी मानवको रुपमा उभ्याउन चाहन्छन् । स्वतन्त्र सञ्चार सम्प्रेषणभन्दा पनि कुनै न कुनै आसयलाई कसरी हुन्छ पचहत्तर प्रतिशत नकारात्मक आवरणमा आकर्षित गर्न उद्यत हुन्छन्् ।
कुनै पनि पत्रकार होस् वा रिपोर्टर सम्बन्धित ठाउँमा गएर प्रतिवेदन तयार पार्नु वा लेख लेख्नु छ भने त्यस ठाउँको थोर बहुत सम्बन्धित पक्षले गरेको, भोगेको वा उसप्रति वाह्यि पक्षले कस्तो धारणा विकास गरेका छन् बुभस््न हदै जरुरी हुन्छ । रिपोर्टर वा पत्रकारले मानिस लडेको घटनालाई मात्र नहेरेर त्यसको पृष्टभूमिको पनि थोर बहुत सुक्ष्म अनुसन्धान, खोज, सोधपुछ वा विश्लेषण ग¥यो भने त्यसको वास्तविकता सजिलैसँग पहिचान मात्र हुँदैन कि सो खबर पढेपछि मानिसमा खास किसिमको अवधारणा बन्दछ । तर छिटो समाचर सम्प्रेषण गर्ने नाउँमा मान्छे लडेको मात्रै चित्रको समाचार सम्प्रेषण हुन्छ भने त्यसमा व्यक्ति पिच्छेकै अवधारणा बन्न सक्छ । जसको वास्तविक चित्रणबाट न त स्वयम् समाचार प्रेशक सन्तुष्ट हुन सक्छ न त अन्यहरू ।
गत श्रावणको अन्त्यतिर एक जना पत्रकार महोदय भिमाद आएर शैक्षिक अवलोकनको शिलसिलामा विद्यालयका सञ्चालक, अध्यक्ष्य, प्र.अ. साथै नगरपालिकाका मेयरसँग लिइएको अन्तरवार्ता खल्लो, उराठ लाग्दो र हतार हतारमा गरिएको कृत्य जस्तो लाग्यो । ४, ५ महिनादेखि शिक्षा क्षेत्र स्तब्ध हुँदा परेको चिन्ताले त्यहाँका अभिभावक, शिक्षक र सिंगो नगरपालिका मुर्छित अवस्थामा थियो । त्यस्तो परिस्थितिबाट केही हदसम्म भए पनि शिक्षा क्षेत्रलाई चलायमान बनाउनको लागि विद्यालयका शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई सिकाई सहजीकरणको लागि स्थानीय चौतारी, सामुदायीक भवन, आमा भवन, मन्दिरका प्राङ्गणहरू प्रयोग गरेर दैनिक वा हप्तामा केही घण्टा आ–आफ्नो विषय वस्तुको बारेमा प्रकाश पार्न सुरु गरेका थिए । त्यसै सिलसिलामा विद्यालय आसपास रहेका विद्यार्थीहरूलाई सोही प्रयोजनको लागि सम्बन्धित विद्यालयमै जाने गरेका थिए । विद्यार्थीहरूलाई स्कुल वा अन्य स्थानहरूमा बोलाउँदा सबै सुरक्षाका उपायहरू अवलम्बन गरिएको पनि थियो । सुरक्षाको सन्दर्भमा कुनै प्रकारको अनावश्यक हर्कत वा बल मिच्याई नगरिएको व्यहोरा स्वयम् पत्रकारले प्रसारण गरेको लाइभ भिडियोबाट प्रष्ट हुन्थ्यो । यती संयमित अपनाएर सम्बन्धित पक्षले केही विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गरेको प्रश।सनीय कार्यलाई पूरै रङ्ग दलेर नकारात्मक तरिकाले विष्पसेट गराएकोमा हामी भिमाद बासीलाई हदै दुस्ख लागेको छ । नगरपालिकाका मेयर मेखबहादुर थापालाई पत्रकार महोदयले सोधेको प्रश्नमा कहि कतै सिष्ट, शालिन र लजिक देखिएन । हजारौँ जनताको मत जितेर आएका कर्मठ युवा मेयरलाई अपराधी जस्तो गरेर पत्रकार महोदयले एकै पटक झ्याम्मै ‘‘के चाला हो तपार्इँको र तपाईँले यो अधिकार कहाँबाट प्राप्त गर्नुभयो र तपाईँले माथिको आदेश मान्नु पर्दैन र भनेर प्रश्न सोध्नुले पत्रकारीताको पिध खाली रहेको पुष्टयाई गर्छ कि गर्दैन रु भिमाद नगरपालिकाका मेयरले ‘भिमाद नगरपालिका भित्र पर्ने सबै स्कुलहरू सञ्चालन गर्नु भनेर सर्कुलर गरेका छन् कि छैनन् र त्यस बारेमा बुझ्ने कोशिस किन गरिएन र कोविड १९ को कहरको कारण सरकारले दिएको ५ वटा वैकल्पिक सिकाइ सहजीकरणलाई ‘‘स्थानीय परिवेश र वस्तुस्थिति हेरेर तत्कालै लागु गर्नुपर्छु भन्ने सायद उनी नै प्रथम मेयरमा पर्न सक्छन् । किनभने मन्त्रालयको पत्र प्राप्त हुनासाथ उनले नगर शिक्षा समितिको बैठक बोलाएर यस विषयमा व्यापक छलपस्ल गरेका थिए ।
म यसै सम्बन्धमा भन्न चाहन्छु –उनकै नेतृत्वमा भिमाद न.पा.का हरेक कुना काप्चामा बाटो, पानी, विजुली पुगेको अवस्था छ । नगरपालिका आसपासदेखि थुप्रै परका क्षेत्रहरूमा समेत जन–सहभागितामा पिचबाटो सम्पन्न भइसकेका छन् । सम्पूर्ण नगरपालिकाभित्र टोल विकास समितिहरू गठन गरेर टोलटोलमा जनचेतना जगाउने काम भएको छ । टोलबासीहरूलाई डस्टविन, गमला, खसी, बोका, रागा, आधुनीक हलो, आधुनिक चुलो, ट्राक्टर, थ्रेसर, उन्नत जातका मल, विऊ, विरुवा वितरण गरेर किसानहरूको जीवनोस्तर उकास्नको लागि दिलो ज्यान दिएको प्रष्टै छ । उनैको नेतृत्व र सपस्ल व्यवस्थापनले गर्दा आजसम्म स्थानीय भिमादबासीहरूमा कोरोनाको कहरबाट एक जना पनि त्रसित हुनु परेको छैन । यस्ता अहम सवालहरूलाई लत्याएर असान्दर्भीक प्रश्नमाथि प्रश्न गर्नु पक्कै पनि नगरवासीहरूको मनमा चोट पु¥याउनु हो ।
एकादुई अभिभावक जो शिक्षाको उज्यालो घामबाट आफ्ना बाल बालिकालाई सुखद परिस्थितिमा पनि ओभस्ेलमा पार्न चाहन्छन् ले लगाएको चुक्लीबाट पत्रकार महोदय उक्सिन भन्दा (केही बढी समय लिई) स्थलगत स्वातविकता बुभस्ेर व्यवस्थित तरिकाले आंशिक कक्षाहरू चलेकोमा मेयर महोदयलाई धन्यवाद दिनु पर्ने थियो । तर त्यसो नभई एउटा पत्रकारले आफ्नो कर्तव्य निर्वाह गर्दा स्मार्टनेस, डेलिजेन्स र पिस्यरलेसनेस गुमाएको भान भयो ।