राजनीति पेशा कि सेवा पहिलो चरणमै अलमल परें । राजनीति देश वा राज्य संचालन गर्ने तरिका वा विधि होइन र ? राजनीति पढेर कि गरेर सिक्ने हो । समृद्ध राज्यको निम्ति राजनीतिका निम्ति धेरै भन्दा धेरै पार्टी नै आवश्यक हो र ? आवश्यक हो भने बेलायत, अमेरिका, चीन, जापान आदि देशहरुमा पार्टीको संख्या हेरौं न । नेपालका राजनीतिज्ञ र राजनीति शास्त्री के के गर्दै छन् ? खै के खै के ? नागरिकहरू अलमल पनि किन नपरून त, अहिले एउटा कुरा एकछिन पछि फेरि अर्कै कुरा गर्छन् नेताहरू । नेपालका राजनेताहरू राज्यको हितमा लाग्नु पर्ने हो । राज्यको विकास सबैको साझा हुनुपर्ने हो । यहां जनप्रतिनिधिहरू आउंदो निर्वाचनमा आफ्नो पक्षमा मत पार्न ठुला दीर्घकालिन योजना निर्माणतिर भन्दा साना गल्ली क्षणिक लाभ पाइने ठाउँमा बजेट खन्याएको स्पष्ट देखिन्छ । के अब सचेत हुनु पर्दैन र ? के राज्यको विकासको लागि नागरिकहरू आफ्नो रोज्ने कि राम्रो रोज्ने ? बेला आएको छ । नेताहरूले सकरात्मक सोंच राखि नागरिकको मतको कदर गर्नुपर्छ । पाँच वर्षको निम्ति निर्वाचन गरि पठाएको जनप्रतिनिधि नै एकआपसमा ठुलो पदका लागि लडिरहेका छन् । नागरिकको आधारभूत आवश्यकता उपलब्ध गराउनु परै जाओस् । पार्टीका नेताहरूको वर्तमान कार्यशैलीबाट आम नागरिकहरूमा पार्टीप्रति वितृष्णा जाग्यो भने पार्टी रहला त ? बहुलवाद जोगाउन पार्टीहरू आवश्यक छैनन् र ? पार्टीलाई ठुलो, मजबुत र नागरिकको मन जित्न गर्नुपर्ने असल र राम्रा काम ग¥यो भने आमनागरिको पनि पार्टीप्रति आस्था बढ्दै जाने त हो। नागरिकले असल नेता भएको अवस्थामा जिताउनु नै पर्ने हुन्छ । ‘सौताको रिसले पोइको काखमा…’ भन्ने नेपाली नसुनेका कमै नागरिक होलान् । जेहोस् नागरिकहरूले आगामी निर्वाचनमा निस्वार्थ भावनाले आफ्नो देशलाई सुहाउँदा नेता, पार्टीलाई आफ्नो मत दिन उत्सुक बनाईनु पर्दछ । किन कि हामी नेपाली नेपालको विकास, समृद्धि,रोजगारी, सुख, शान्ति आदिको लागि अग्रसर हुनै पर्छ ।
नेपालको राजनीतिः खै के खै के?
previous post