पृष्ठभूमिः
अंशियारा बीच कुरा मिलेको अवस्थामा निजी आर्जन र सगोलीको खासै विवाद रहँदैन । तर कतिपय अवस्थामा एकासगोलमा रहेका अंशियारा नाउँमा भएको सम्पत्ति बण्डा नलाग्ने निजी आर्जनको हुन सक्दछ । कुरा नमिलेमा विवाद भै मुद्धा मामिलामा जान्छ ।
सगोलको सम्पत्तिः
निजी आर्जनको सम्पत्ति के कस्तो हो भनेर बुझ्नको लागि पहिला सगोलको सम्पत्ति के के हो भनेर बुझ्न सक्दा प्रभावकारी बुझाई हुन सक्दछ । विशेषतः पुर्खौली स्रोतबाट अंशियाराको नाउँमा सरी आएको सम्पत्ति सगोलको सम्पत्ति हुन्छ । अब यहाँ निजी आर्जनको पुष्टि हुन नसक्ने, पुष्टि गर्न नसकेका सम्पत्ति पनि सगोली सम्पत्ति नै हुन्छ भनेर बुझ्नु पर्ने हुन्छ । सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति पनि सोगलकै हुन्छ । सगोलको सम्पत्ति भन्दा यहाँ दाजूभाईको सगोलको र पतिपत्निको सगोलको अलि फरक प्रकृतिको हुन्छ भनेर बुझ्नु पर्ने हुन्छ । कानुन बमोजिम छुट्टभिन्न भएको अवस्थामा बाहेक पति वा पत्निले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्निको हकमा सगोली हुन्छ ।
अपवादः
निजी आर्जनको सम्पत्ति भनेको पुख्र्यौली सम्पत्ति भनेर बुझ्दा बाबु, आमा र छोरी बीच बण्डा हुने बेला बाबु आमाको निजी आर्जनको सम्पत्ति छोरा छोरीको लागि बण्डा हुन्छ कि हुँदैन भन्ने उठ्न सक्दछ । पति पत्निको आर्जन सगोली हुने प्रष्ट कानुनी व्यवस्था छ । त्यस्तै गरी बाबुआमाको निजी आर्जनको सम्पत्ति छोरा छोरीको हकमा सगोली नै मानिन्छ । पुख्र्यौली नै मानिन्छ ।
नखुलेको तथ्यः
छोरा छोरीको निजी आर्जनको कमाई बाबु आमाले अंशमा दावी गर्न पाउने कि नपाउने ? यस सम्बन्धमा कानुनले स्पष्ट बोलेको भेटिदैन । छोरा छोरीको निजी आर्जनको कमाईमा पिता माताको अंश लाग्ने देखिदैन । तर पितामाता प्रतिको कर्तब्य भने रहन्छ ।
निजी आर्जनको सम्पत्तिः
आफ्नो ज्ञान सीप र प्रयासबाट आर्जन गरेको सम्पत्ति निजी आर्जनको हुन्छ । त्यसैगरी दान, बकस वा अपुताली स्वरुप प्राप्त गरेको सम्पत्ति, चिठ्ठा वा उपहार स्वरुप प्राप्त गरेको सम्पत्ति, पारिश्रमिक, उपदान, निबृत्तिभरण, उपचार खर्च, सञ्चयकोष, बीमा वा अन्य सामाजिक सुरक्षण बापत प्राप्त गरेको सम्पत्ति, बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरुप प्राप्त गरेको सम्पत्ति, मानो छुट्टिएपछिको जुनसुकै कमाई, महिलाले विवाह पूर्व आर्जन गरेको, विवाहमा माईतीबाट प्राप्त गरेको सम्पत्ति, पति वा पतिका तर्फका अंशियारहरुको मन्जुरी एकलौटी हुनेगरी दिएको चल अचल सम्पत्ति निजी आर्जन हुन्छ ।
निष्कर्षः
कर्ममा विश्वास गर्न सक्नु पर्दछ । कर्मको विश्वासमा परेर कमाएको सम्पत्ति स्थायी हुन्छ । लोभको भकारी कहिल्यै भरिदैन । निजी आर्जनको सम्पत्तिलाई स्वीकार गर्दा पारिवारिक मिलन जिवन्त र मजबुद हुन्छ ।
निजी सम्पत्ती पुष्टि गर्ने आधार
previous post