राजनीति समाज सुधार र विकास केन्द्रित हुँदामात्र सम्पन्नता सम्भव हुन्छ । विचार र चिन्तमा सम्पन्नता भएमा मात्र उत्कृष्ठ व्यवस्थाको सृजना हुन्छ । गरिबीमा हुर्किएको दरिद्री मानसिकतामा विदेशीद्वारा लेखिएका थोत्रा किताब पढेर १८ औं शताब्दीको दिमागको उपज राम्रो र वैज्ञानिक भनिरहेका छन् । मनमा पिडा, कुण्ठा, द्वैष, इष्र्या, हिनताबोध, गरिबी, डाहा, बोकेको व्यक्ति गरिबी र अज्ञानता भएका बस्तीमा पसेर हुने नहुने कुरा सिकाएर ठूलो भिड जम्मा गर्दै क्रान्ति गर्नु पर्दछ रे । कसका लागि, किन, लोभ, प्रलोभन, आस्वासन दिएर,विदेशीको इशारामा चलाइएको व्यक्ति धेरै छन् , यहाँ । राष्ट्रियता, प्रजातन्त्र, धर्म, संस्कृति लोप भएको छ । समाजवादको अर्थ वास्तवमा के हो ? अहिले परिभाष बदलिएको छ । नयाँ नेपालको नाममा परम्परा, संस्कारमाथि क्रिश्चियन होलीवाइनको झोला बोकेर हिडिरहेका दृष्य सबैका सामु छर्लङ्ग छ । नयाँ र परानो नेपाल बीचमा के फरक छ ? थाहा छैन ।
देश पनि कहिले नयाँ र कहिले पुरानो हुन्छ र ? त्यस्तै तनहँ पनि कहिले नयाँ र कहिले पुरानो हुन्छ र ? डा. बाबुराम र प्रचण्ड अनि केपी ओली र माधव नेपालहरु नयाँ भए होलान भएका छन् । किनकी चप्पल, जुत्ता खुट्टा मा नभएका आज कार, पजेरो चढ्ने भएका छन् । देशको समाजको विकास गरेर कि औद्योगिक क्रान्ति गरेर ? यहा व्यक्ति नयाँ भए–विकास पुरानो भन्दा पनि तल गएको छ । यो वास्तविकता हो । समाज नयाँ भएन । चिन्तन नयाँ भएन । किनकी चिन्तनको क्षमता नै नभएका व्यक्तिसंग नयाँ सोचको अपेक्षा गर्नु मुर्खता सिवाय केही होइन । यो सम्पूर्ण बौद्धिक जगतको विश्लेषण हो । विकासको आधारशीला तयार हुने सोच देखिएन । नयाँ नयाँ उद्योगको स्थापना, औद्योगिक प्रतिष्ठानको निर्माण, जनताको सेवा सुविधामा वृद्धि, निर्यातमूलक र आयात प्रतिस्थापन उद्योगको स्थापना, प्रत्येक स्थानीय निकायमा फलफूल प्रशोधन तथा भण्डारण उद्योगको स्थापनार्थ अनुदान तथा अन्तराष्ट्रिय बजारमा विक्रिको प्रवन्ध, स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योग तथा कुटिर उद्योग, न्यून आय भएका र विपन्न वर्गलाई रोजगारीको अवसर जस्ता नविनतम सोच वर्तमान समयमा जनताको माग हो । माग सम्वोधन गर्ने वातावरण सृजना भएको देखिंदैन । राजनीति केही व्यक्तिको स्तरउन्नति गर्ने कारखाना भएको छ ।
सामाज र राष्ट्रलाई एकताको सुत्रमा लैजाने भिजन राजनैतिक नेतृत्वमा देखिएन । राज्यको राजश्व निर्वाचित प्रतिनिधिको खल्तीमा खसालियो । जलस्रोतको भण्डार भएको देशमा बिजुली निकालिएन, पानी फिल्टर गर्ने उद्योग खोलएन, ठूलाठूला जलविद्युत गृहहरु बन्ने सम्भावना भएन, विदेशबाट गत आव २०७४/०७५ मा एक करोड १५ लाखको मिनरल वाटर नेपाल भित्रिएको तथ्याङ्क हामीसंग छ । बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सबाट देश चलेको छ । विदेशी जेलमा हजार भन्दा बढी युवाहरु थुनिएर बसेका छन् । युवालाई संवोधन गर्ने राष्ट्रिय गौरबका आयोजना बनाई दैनिक एक हजार रुपैया देखि दुईहजार रुपैयाँ सम्म दिने रोजगारीमूलक राष्ट्रिय उद्योग , मोटर कार बनाउने कम्पनी, ठूला जलविद्युत आयोजना ल्याइदिए मात्रै पनि स्वतः स्फुर्त विकास प्रारम्भ हुन्थ्यो कि ?
प्राकृतिक सम्पदा, जल सम्पदा, वन सम्पदा , खनिज सम्पदा, औषधि जडिबुटी उद्योग मात्रै बनाईदिने पनि नेपालीका प्रतिव्यक्ति आय वार्षिक २०-२५ हजार डलरमा ल्याउन सकिन्छ । Hydro dollar नदीबाट बगेको बग्यै छ । यसका निम्ती वर्तमानमा लुटको हैकम मच्चाउनेलाई विस्थापन गरी नौजवान युवा शक्तिलाई केन्द्र सरकारको केन्द्रमा पदस्थापन गर्न सक्यो भने देशको आर्थिक विकासले कोल्टो फेर्न सक्दछ । विज्ञ प्रशासक, कुसल योजनाकार, साहासिक युवालाई आगामि दिनमा शासन सत्तामा लगिनु पर्न अवस्था भन्दा अर्काे विकल्प छैन । राष्ट्रवादी र विकासवादी चिन्तनको पर्खाइमा बसेका छन्– दूर दराजका नेपाली नागरिकहरु । सम्वृद्ध नेपालको थालनी गरौं । विकासमा पछाडि नपरौं । शुभ सन्देश– सुधारको शुभकामना !