- छविदीप आले
(गत अंकबाट क्रमश )भनाउँदाहरुको कब्जा छ । उनीहरुकै बोलबाला र हाली मुहाली छ । अनि हामी तीन करोड नेपाली जनता ति २,४ जनाको इशारामा नाचिरहेका छौं । तिनै २,४ जनासंग थर्कमान भएर बाँचिरहेका छौं । हाम्रो हालत आज पनि एउटा गुलामको भन्दा माथि भएजस्तो लाग्दैन । एउटा नेताले जे भन्यो हामी हुरुरु त्यसकै पछाडि दौडिन्छौं । नेताको कुरा सुनेर एक आपसमा गाली गलौज गछौैं । पिटापिट गर्छाै, जसरी हिजो एउटा गुलामले आफ्नो मालिकको लागि गथ्र्याे । हामी करोडौंको विवेकमा तिनै २,४ जनाको विचारले शासन गरको छ । त्यसैले त हामी विवेक शुन्य भएका छौं । सहि र गलत छुट्याउन नसक्ने भएका छौं । गलत थाहा पाइहाले पनि बोल्न नसक्ने भएका छौं ।
राजनीतिक रुपमा कुनै पार्टीको विचारधारा प्रति आस्था राख्ने, नराख्ने, पार्टीमा संलगन हुने वा स्वतन्त्र रहने यो व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रतको कुार हो । तर अहिले मानिसहरुबाट यो स्वतन्त्रता छिनिएको छ । हरेका मानिसलाई कुनै न कुनै पार्टीप्रति झुकाव राख्न बाध्य पारिएको
छ । विद्यार्थीहरुलाई, शिक्षकहरुलाई, कर्मचारीहरुलाई, व्यवसायीहरु सबै सबैलाई हक अधिकारको संरक्षण र आवश्यकता पर्दा सहयोग गर्ने प्रलोभनमा पार्टीकरण गरिएको
छ । एक हिसाबले स्वतन्त्र र निष्पक्ष भएरबाच्न पाइने अवस्था नै छैन भन्दापनि हुन्छ । कसैले स्वेच्छाले राजनैतिक झुकाव राख्नु अलग कुरा हो । तर प्रलोभन र असहयोगको नीति अपनाएरै भएपनि कुनै पार्टीप्रति झुकाब राख्न बाध्य बनाईनु पनि दासता कै एउटा उदाहरण हो । अरु त अरु समाज र राष्ट्रका सुरक्षा र शान्ति सुव्यवस्था कायम गराउने सेना तथा प्रहरीलाई पनि राजनीतिले छुनु भनेको गम्भीर अनिष्ठको संकेत हो ।
कसैलाई स्वीकार्य होला या नहोला, नेपाली राजनीतिको एउटा मुहार यहाँ प्रस्तुत गर्न चाहन्छु । यहाँ कार्यकर्ता तहमा चिया परलमा चिया पिउँदा पनि अर्काे पार्टीको मानिसको नजिक परिन्छ कि भनेर तर्किएर हिँड्नु पर्ने अवस्था छ ।
फरक पार्टीको भन्ने वित्तिकै जहाँ भेट भयो त्यही बाझा बाझ र गाली गलौज गर्ने अवस्था छ । नेतृत्व तहबाट कार्यकर्तालाई त्यही अनुसारको स्कुलिङ गराउने चलन छ । तर पार्टीका प्रमुख भनिनेहरुले साँझ संगै बसेर डिनर गरेकै छन् । डिनर मात्रै किन पारिवारिक सम्बन्ध पनि जोडेकै छन् । पार्टी प्रमुखले भनेपछि कांग्रेसले माओवादीलाई भोट हालिदिनु पर्र्न, हामी त मिल्यौं भनेपछि एमाले र माओवादीका कार्यकर्ताले परस्पर अंकमाल गरिदिनु पर्ने, फेरी हामी त छुट्टीने भयौं भनेपछि आपसमा गाली गलौजमा उत्रिदिनुपर्ने यो कस्तो राजनैतिक संस्कार हो
हाम्रो ? तल्लो तहका कार्यकर्ताले चाहिँ पार्टीको नीति निमय, विधान सबै मान्नु पर्ने ।
माथिल्लो तहका नेता भनाउँदा हरुले भने नीति, नियम र नैतिकता सबै गोजीमा पोको पारेर जे गर्दिएपनि हुने ? भ्रष्टाचार गर्दिए नि हुने, अर्कै पार्टीसंग सुटुक्क सांठगाँठ गर्दिएपनि हुने । सानालाई ऐन ठूलालाई चैन भन्ने उखानको चरितार्थ हुनेगरी राजनैतिक पार्टीको नेतृत्व तहले गर्ने मनोमानी र कार्यकर्ता माथिको थिचोमिचो पनि राजनैतिक दासत्व नै हो ।
जनताको सेवा गर्ने प्रतिवद्धता गरेर चुनाव जितेकाहरु आफ्नो स्वागत र सम्मानमा फूलमाला र अविर कम भएको गुनासो गर्नसम्म पछि पर्दैनन् । उनीहरु आफूलाई नागरिकको सेवक होइन मालिक हुँ
भन्ठान्छन् । चुनाबकै समयमा पनि कार्यकर्ता तथा आम नागरिकको इच्छा र आकांक्षा अनुसारका उम्मेदबारहरु हुँदेनन् । ठूला नेता भनाउँदाहरुको भाग र कोटाको आधारमा उम्मेदबार आउनेछन् ।
पार्टीले निर्र्णय गरेपछि ग¥यो । कार्यकर्ताको भावनाको कुनै कदर हुँदैन । उसले चाहेरपनि यस्ता कुराहरुको विरोध गर्न
सक्दैन । होइन भने उसको राजनीतिक भविष्य खत्तम । चुपचाप माथिको निर्णय सहन बाध्य छन् कार्यकर्ताहरु । यो किसिमको दमन पनि त राजनैतिक दासत्व होइन र ? समाज, राज्यको उन्नति र समृद्धिको लागि त यो खालको कुसंस्कृतिको, यो प्रवृत्तिको दासताको पनि अन्त्य हुनपर्छ । होइन र ?
बदलिँदो समाज र परिस्थिति अनुसार राजनीतिक दासता पनि परिवर्तन हुँदै जान्छ । सायद राजनीतिक दासताको पूर्ण अन्त्य सम्भव पनि नहोला तर यसलाई नियन्त्रण र न्यूनिकरण गर्ने जिम्मेबारी हर एक पार्टीको शिक्षित र समझदार कार्यकर्ताको जिम्मेबारी हो ।
खैर यो त भयो राजनैतिक दासताको कुरा । तर राजनीतिक दासता भन्दा पनि अझ खतरनाक र भय पूर्ण दासत्वबाट शासित छौं आजका हामी शिक्षित र सभ्य भनिएको मानव समाज, त्यो हो विकृत मानिसकताको दासता । खोक्रो आडम्बरको दासता । अनि देखावटी पनको दासता । हो आजको समयका अधिकांश मानिसहरु आफ्नो यिनै गलत सोचाई र बुझाईको दासताबाट स्वतन्त्र हुन सकेका छैनन् बरु झन बढी दास बनेका छन् ।
आज अधिकांश मानिसहरु आफ्नो लागि आफ्नो जीवन बाँचिरहेका छैनन् । अरुलाई देखाउनका लागि बाँचिरहको
छन् । अरुलाई आफु खुसी र सुखी देखाउने चक्करमा आफुसंग भएको धेरथोर खुसीको पनि हत्या गरिरहेका छन् । आज मानिसको लवाई खवाई हिँडाई, बोलाई हरेक कुरा अरुलाई देखाउनको लागि भएको छ । आफुसंग होस्–नहोेस्, पुगोस– नपुगोस् ठूलो घर
चाहियो । मोटर गाडी चाहियो, खर्च गरेर देखाउन सक्नु प¥यो । के को लागि आफ्नो खुसीको लागि ? अहँ, होइन । अरुलाई देखाउनको लािग । समाजमा आफ्नो खोक्रो आडम्बर देखाउनका
लागि । समाजमा आफु प्रतिष्ठित र इज्जतदार हुनको
लागि । समाजले आफुलाई हुने खाने वर्गमा गणना गरोस् भन्नका लागी । यीनै कुराहरुको लागि मानिस दिनरात दौडधुप गरिरहेको हुन्छ । यो शिससिलामा कतिबेला आफ्नो घरको खुसी लुटियो, घर अस्तव्यस्त बन्यो, घरको सुख, शान्ति हरायो थाहै पाउँदेन । यस्तो गलत सोचाईको पछाडि लागेर जीवन पर्यन्त मनमा शान्ति नलिइ बाँचिने जिन्दगी पनि दासको सरह नै हुन्छ । सधैं दुःखी ।
आज हामी झूठ र भ्रमको सहारामा बाँच्ने भएका छौं । लोभ र लालचमा र फसेर स्वार्थी भएका छौं । शाक्ति र सम्पत्ति नै हाम्रो लागि सबैथोक भएको छ । हामी व्यक्तिबादी भएका छौं । आफैले आफैलाई ठूलो ठान्न थालेका छौं । मनमा कालो तर ओठमा झूठो मुस्कान प्रस्तुत गरेर बाँच्ने भएका छौं । आफैले आफ्नो तारिफ गरेर, आफैले आफूलाई ठूलो ठानेर भ्रममा बाँच्न सिकेका छौं । समाजमा आफ्नो स्थान, मान सम्मान र इज्जत विर्सेर सस्तो लोकप्रियतामा रमाउने भएका
छौं । आफ्नो विकृत मानसिकताको दास बनेर हत्या, हिँसा, बलात्कार जस्ता जघन्य अपराधहरु बढाइरहेका छौं । यसलाई हामी हाम्रो खराब मानसिकताको दास भएको भन्न मिल्दैन र ?
हिजो भन्दा आजको समय भिन्दैछ । समाज फेरिएको छ । भोली अझ फेरिने छ । हिजो जो शक्तिशाली थियो, सर्वसर्वा थियो विस्तारै सम्पत्तिवाला सर्वेसर्वा भयो । सम्पत्तीको अगाडि शारीरिक शक्ति निरिह भयो । आज जोसंग शक्ति र सम्पत्ति छ उ सर्वेसर्वा छ । तर कानुनी राज्यमा निमय कानुनले हुने नहुने शक्तिमान्, शक्तिहिन सबैलाई सन्तुलनमा राख्छ । नियम कानुन र संविधानको नियन्त्रण भन्दा पर हुने भनेको हाम्रो सोचाई हो । हाम्रो मानसिकता र सिद्धान्त हो । अरु सबै दासत्वबाट मुक्त भएपनि हामी हाम्रो सोचाइको गुलामीबाट मुक्त हुन सक्दैनौं । किनभने जबसम्म हामी रहन्छौं तबसम्म हाम्रो सोचाइ रहन्छ । त्यसैले हामी हाम्रो सोचाइलाई विकृत हुनबाट जोगाऔं । हाम्रो मानसिकता माथि राजनैतिक दासत्व हावी हुन
नदिउँ । हामी स्वयम पनि स्वार्थी मानसिकताको नबनौं । शारीरिक दासत्व भन्दा बौद्धिक दासत्व अझ खतरनाक हुन्छ । त्यसैले हामीले सदैव प्रयास गर्नुपर्छ कि हामी आफ्नो अरुको कसैको पनि खराब बौद्धिकताको दास नबनौं । हाम्रो मस्तिष्क अरुको गुलामीबाट स्वतन्त्र रहन सकोस् तब मात्र हाम्रो समाज अझ सुन्दर हुनेछ ।