क्रमशः अघिल्लो अंकबाट
उक्त ग्राउन्डको रनवेमा हिँड्दै दायँबायाँका सुन्दर दृष्यहरु आकाशसङ्ग टाउको जोडेका हिमाल,हिमालको काखमा सुन्दर पहाडहरु जता हेर्यो उतै मनमोहक दृष्यहरु । पहाडको बिचमा थुपुक्क रहेका बस्तिहरु । उक्त हवाइ ग्राउण्ड अहिले संचालनमा छैन । त्यहाँका बस्तिहरु नियाल्दै हामी पुनः गाडी चढ्यौ अलिकती अगाडि बढेपछि फेरि अर्को सानो तर निलो पानी भएको सुन्दर ताल रहेछ । त्यस तालमा पुगेपछी हाम्रो सबै साथीहरु जम्मा भैयो तालको अबस्थाका साथै ताल वरिपरिको दृष्याबलोकन र सामुहिक तस्बिर लिएपछी पुन हामी हाम्रो गन्तव्य तर्फ लम्क्यौं ।
त्यसपछी कतै स्याउका बगैँचा, कतै फापर बारी, खोला, पुल गाडि बाटै हेर्दै मुङ्जे ,भ्राका गाउँ हुँदै मनाङ गांउलाई दाहिने पार्दै फर्कदा घुम्ने सर्त सहित हल्का सिमसिम पानीका साथ हामी पहिलो दिनको गन्तव्य खाङ्सार भन्ने गाउंमा पुगियो । दिन बांकी नै भएकोले र खाङ्सार हाम्रा लागि नितान्त नयां गाउँ भएकाले गाउँ घुम्ने काम गरियो त्यस गांउको शैक्षिक धरोहर तिलिचो आ.वि. लगाएतका गुम्वा घरहरुको बनावट आदि कुराहरु अबलोकन
गरियो । पर्यटकिय क्षेत्र भएको कारणले सुविधाजनक होटेल हरु प्रसस्त रहेछन । गाउँ घुम्ने क्रममा लगभग ३० ओटा घोडामा मान्छे हरु चढेर सङ्गै कतै जान लागेको जस्तो देखियो पछि बुझ्दा त्यस गांउको एउटा चाड यार्तुङ ( घोडे जात्रा) रहेछ त्यस गाउँ भन्दा माथी डांडाको टुप्पोमा जहाँ पुग्न २÷३ घण्टा लाग्ने कुरो बुझियो । त्यस कार्यक्रममा गांउका हरेक घरबाट अनिबार्य एक घोडा सहित उपस्थिती हुनुपर्ने नियम रहेछ । त्यसपछी तेहि गांउमा रहनुभएका हाम्रा सेवाक्षेत्रका तर त्यहिको बिध्यालयमा कार्यरत एक शिक्षक साथी तिल बहादुर गुरुङ सरको समन्वयमा निर्धारित गरिएको माया होटेलमा हामी बास बस्न पुग्यौं । होटेल पसिसकेपछी साथीहरु आ–आफ्नो हिसाबले मोबाइल हेर्ने,गफ गर्ने, तास खेल्ने गरेर मनोरन्जन गरेपछी खाना खाने समय भयो र हामीले इच्छानुसार खाना वा फापरको ढिडों खायौ। खाना ठाउँठाउँमा सुस्ताउदै, झोलामा बोकिएका खानेकुराहरु खांदै, पानी पिउँदै गफ गर्दै अगाडि बढिरह्यौँ जाँदा जाँदै एक दुई ठांउमा एकदमै अप्ठ्यारो बाटो आयो । एक अर्काको सहयोगमा समात्दै लौरोको सहायतामा पार गरियो । हिड्दा हिड्दै मनमा धेरै कुरा उब्ज,े हामी एकदिन हिड्दा त यति गार्हो अनुभव भयो भने सधैँ त्यही बाटोमा भारी बोकेर जीवनयापन गर्नेलाई कस्तो होला ? दाइ पद्मराजलाई अरुको तुलनामा त्यो भिरालो बाटोमा अल्लि गाह्रो भयो । बाटो पनी साह्रै जोखिम युक्त मसिनो गिटी बालुवा मिश्रीत जुत्ता स्लिप खाने जहाँ खुट्टाले बाटो छोड्दा बाच्ने कुनै सम्भावना नभएको एकैचोटी मस्र्याङ्दीमा डुबिने । जसोतसो गफका तालमा प्राकृतिक सुन्दरता नियाल्दै हामी करिब ५ घण्टाको पैदल यात्रा पछि तिलिचो बेसक्याम्पमा पुग्यौं । यतिबेला एक बजेको थियो। पहिला गइसकेका साथीहरुका अनुसार बेसक्याम्पमा धेरै विकास भएको रहेछ । ८÷९ वटा सुविधा सम्पन्न होटेलहरु बनेका रहेछन। तिनै ८÷९ वटा होटेल मध्येमा साथी चेकमान र खाङ्सारका शिक्षक साथी तिलबहादुरको समन्वयमा निर्धारण गरिएको मुनलेक होटेलमा पुगेर झोला बिसाइयो र सुस्ताउन थालियो । केही समय पश्चात् खाना खाने मन कसैलाई नभएकोले थुक्पा खाएर पेट भर्ने काम गरियो र ५ घण्टाको पैदल यात्राले लखतरान भएको ज्यानलाई आराम दिलाउनका लागि आ–आफ्ना कोठामा पसियोे । त्यहाँ मोबाइल नेटवर्क रहेनछ तर वाइफाइको राम्रो सुविधा रहेछ । करिब एक डेढ घण्टाको सुस्ताई पछि फेरि साथीहरु जुर्मुराएर उठी कोहि खेलवाड तिर लागे कोहि सानो एरिया भएपनी घुम्दै भिडियो बनाउन लागे भने कोहि वाइफाईमा ब्यस्त रहे । करिब ७ः०० बजे खाना खाने समय भएको जानकारी आएपश्चात खाना खाएर भोलि बिहान ४ बजे तिलिचोको यात्रा शुरु गर्ने सल्लाह गरी दोश्रो दिनको यात्रालाई बिट मार्दै सबै आआफ्ना गुंडतिर लागियो ।
तेस्रो दिनः २०८१ भाद्र ३ ः
साथीहरु रातभरी निदाएनन जस्तो लाग्छ त्यो रात त एक बजे देखि नै उठेर यताउता गर्न थालेका थिए । म पनि छिन छिनमा ब्यूँझिरहेको थिएंँ । म र चेकमान सर एउटा रुममा थियौं हामी पनि उठ्यौं ३ बजे तिरै । त्यस्तो ठांउमा पनि पुरै अट्याच बाथरूमको सुबिधा सम्पन्न होटेलमा बस्न पाइएको थियो । त्यहाँ बाट तिलिचो ताल पुग्न ४ घण्टा जति लाग्ने कुरा थाहा भएको थियो मानिसहरु त्यहाँ अनिवार्य बास बस्नुपर्ने रहेछ । एउटा अल्टिच्युड म्यन्टेन गर्नु पर्ने कारण त अर्को त्यहाँभन्दा माथी बस्ने ठाउँ नहुनु । त्यहाँ बास बसेर बिहानै ३÷३ः३० मा नै उठेर हिड्ने प्रचलन रहेछ तर रातीमा हिडिदैन ५ बजे हिड्ने भनेर पद्मराज दाइको अडानले हाम्रो ग्रुपफेरी दुइटा भए । रबिन सर, ज्योती म्याम, भुमिका म्याम लगायतका साथीहरु लगभग ४ बजे तिर हिडे भने हामी पद्मराज दाइ, चन्द्रमणी दाइ, विशाल भाइ, चेकमान सर, सफल भतिज, रेशम सर लगाएतका साथीहरु करिब ४ः४५ तिर बेस क्याम्पबाट प्रस्थान गरियो । रातको समय पुरै अँध्यारो थियो । एउटा हातमा मोबाइलको लाइट बाल्दै अर्को हातले लौरो टेक्दै हिडियो । हिड्दै जांदा ग्रुप फेरि फुट्यो । चेकमान सर अगाडि एक्लै हिडिरहनु भयो पछाडी म एक्लै आफ्नै गतिमा हिडिरहें पछाडि पद्मराज दाइ, रेशम सरहरु आफ्नै गतिमा आइरहनुभयो । हामीहरु करिब ४५०० मि.उचाइमा हिड्दै थियौं । हामीले बुझे अनुसार उचाईमा हिड्दा धेरै बस्ने अनि हिड्दा कस्सिएर हिड्ने गर्नु हुँदैन । आफ्नो एउटा सामान्य गतिमा एकहोरो हिडिराख्नु पर्छ भन्ने मान्यता अनुसार म हिड्दै थिए । दुर्भाग्य हिड्दा हिड्दै हिमाली भेगमा पर्ने सिमसिम पानी पर्यो। सुरुमा त कुनै प्रवाह गरिएन तर बिस्तारै पानी बढदै गयो। उज्यालो बढ्दै जाँदा हल्का क्षितिज देखिन थाल्यो । पानीलाई जति पर्वाह नगर्दा पनि उपाय भएन । डाउन जाकेट भिज्न लागिसक्यो त्यसपछी आफुलाई रोकेर झोलामा भएको प्लास्टिक निकालेर ओढें । चेकमान सर अगाडिका साथीहरुलाई भेटिसक्नुभएको थियो २२ घुम्ती भन्ने ठाउँमा । अब म पनि भेट्टाउछु भन्ने मनोबलका साथी पानीमा भिज्दै अगि बढिरहे । देख्दा नजिकै देखिन्छ, एकछिनमा भेटिन्छ जस्तो लाग्छ तर सोचे भन्दा धेरै समय लाग्ने उक्त ठाउँमा पुग्न यो चाहिँ उचाइको हिडाइमा हुने बिशेषता रहेछ । २२ घुम्तिको फेदिमा पुगे त्यतिखेरसम्म म एक्लै नै थिएँ । त्यहाँ पुगेपछी चेकमान सर लगाएत मनकुमारी भाउजुहरुलाई भेटें । ज्यान पुरै भिजिसकेको थियो । प्लास्टिकलाई अझ मिलाएर ओढेर यात्रुहरुका लागि बनाइएको शौचालयमा दिसा पिसाब गरी झोलामा भएका इनर्जी दिने खालका खानेकुराहरु खाँदै २२ घुम्ती चढ्न थालियो । ठाडो उकालोलाई घुम्ती बनाइएको रहेछ जम्मा जम्मी २२ घुम्ती भएछन । सोही अनुसार ठाउँको नामाकरण भएको रहेछ । धेरै जसो मानिसहरु त्यही उकालोमा पुग्दा स्वास्थ्य समस्या देखिएर या कठिनाईका यात्रा अन्त्य गरी फर्कँदा रहेछन । त्यस २२ घुम्ती सकुसल पार गर्ने मान्छे तिलिचोमा टेक्न सफल हुने रहेछ । हामीहरुले भने आफ्नै गतिमा लौरोको सहारामा २२ घुम्ती पार गरियो । त्यसपछिको बाटो खासै ठाडो उकालो रहेनछ भने २२ घुम्ती भन्दा अगाडि पनि त्यस्तो ठाडो उकालो थिएन । उकालो पार गरिसकेपछी थाहा भो अब धेरैमा जति सुस्त हिडेपनी १ घण्टामा ताल पुगिन्छ । मनमा साहस आयो । अगाडिको टिमका साथीहरु पनि भेटियो भने पछाडिका साथीहरुलाई पनि २२ घुम्तिको फेदीमा देखियो । अनिल सर र पद्मराज दाइ र विशाल भाइलाई अल्लि गाह्रो भएछ । यद्यपि जसो तसो आइराख्नु भएको थियो । अघिल्लो ग्रुपसंग भेटेर केही प्लास्टिक ओढेका त्यो मनमोहक बिहानीको दृष्यमा केही फोटा खिची अगाडि
बढियो ।
आफ्नै गतिमा गफ गर्दै दायाँबायाँ चम्किएका हिमाली दृष्यहरु नियाल्दै थकानलाई टाढा पन्छाउदै एउटा खर्क वा पाटन के भनौ पुगियो । मन पुलकित हुँदै थियो अब त तिलिचो ताल पुग्न सकियो कि भनेर । पाटनमा रमाउदै ढुङ्गा हान्दै, खेल्दै, फोटा खिच्दै अगाडि बढ्यौं । तेर्सो बाटो आनन्दको प्राकृतिक हिमाली भ्यु नियाल्दै केही समय हिडेपछी तालको पेरिफेरी देखियो अनि अलिकती उकालो जस्तो बाटो काटेपछी हामी गन्तव्यमा पुग्न सफल भयौं । मन साह्रै रमायो । हामी लगभग ८ः४५ तिर ताल पुग्न सफल भएका थियौं । बेसक्याम्पबाट नै अर्को ताचै भन्ने गाँउका मेडमहरुको ग्रुप थियो । उहाँहरु बिहान ३ बजे नै हिडेर ७ः३० तिरै तालमा पुगिसक्नुभएको रहेछ ।
अहा ! तिलोचोको सुन्दरता । जाँदाजाँदै तिलिचो ताल ४९१९ मि. लेखेको बोर्डमा लौरो टेकि उभिएर फोटो खिचियो । त्यसपछी उक्त ताललाई धार्मिक स्थलको रुपमा विकास गर्ने उद्देश्यले बनाइएका दुइटा ठुला गौतम बुद्धको र महादेवको मुर्ती नारेर बनाएको त्यो देख्ने बित्तिकै मनमा आयो वास्तवमा धार्मीक सहिष्णुताको आधार भनेको नै यही हो । तिबेतियनहरुमा धेरै जुनसुकै शुभ–अशुभ कार्यमा पनि खादाको अत्याधिक प्रयोग हुने हुँदा ती मुर्तिहरु पुरै खादाले पुरिएका थिए । हामीले पनि उक्त मुर्तिमा एक–एक खादा लगाइदिएर दर्शन गर्यौं । त्यसपछी तालको सुन्दरतालाई नियाल्न थाल्यौ तर एउटा अनुभव के गरियो भने तिलिचो तालमा जाने सिजन त्यो होइन रहेछ किनभने छिन छिनमा मौसम परिवर्तन भै जुन खालको दृश्य देख्न पाइन्थ्यो त्यसलाई बादल, हुस्सुले डिस्टर्ब गरिरहने रहेछ । यद्यपि तालको पेरिफेरिमा कताकती हुस्सुसहितका टल्किएका हिमाल, कुनै ठुला रुख बिरुवा छैनन्, मरुभुमी नै भनिहाल्न नमिल्ने सार्है मन लोभ्याउने दृश्यहरु अबलोकन गर्दै जाँदा एकछिन टोलाएछु कारण जलबायु परिबर्तन । जस्को प्रभाव हिमाली भेगमा धेरै पर्न थालेको अनुभूति भयो । भुसुक्कै हिउँले भरिने हिमालमा हिउँ नभै कालापत्थरको क्षेत्रफल बढ्न थालेको अनुभव भयो । पहिला गएका साथीहरुको अनुभव अनुसार तालको प्रकृति पनि फेरिएको रहेछ । पानीको मात्रा घट्न जाँदा तालको सतह धेरै गहिरिएछ । तालको पानी छुनको लागि अर्को आधा घण्टा हिड्नुपर्ने भएछ । थाकेको शरीरले थकान बिर्साउने उभिएरै देखिएको सुन्दरताले शरीर त्यहाँभन्दा अगाडि बढ्न र तल तालमा झर्न मानेन । साथीहरु यता उता गर्दै रमाउदै तस्बिर लिँदै भिडिओ बनाउदै हुनुहुन्थ्यो । त्यसको केही समय अगाडि नै पछि रहनुभएका साथीहरुको टोली स्वां स्वां गर्दै आइपुगेर आराम गर्दै हुनुहुँदो रहेछ । त्यो दिन जनै पुर्णिमाको दिन थियो । जनै बाध्ने कार्यक्रम पनि थियो हाम्रो । पद्मराज दाइले त्यसको व्यबस्थापन गर्नु भएको थियो । त्यो तालको दृश्यावलोकनको स्वाद लिइसक्दा मन पटक्कै अघाएको थिएन । साथीहरु जम्मा भएर खाजा खाने काम भयो । सबैले आआफ्ना झोलाबाट लगिएको खाजा निकालेर एकठाउँमा मिसाइ गफ गर्दै त्यो सुन्दर प्राकृतिक सौन्दर्य नियाल्दै खांदा नमिठो लाग्ने के नै हुन्थ्यो र ?
मलाई अलिकती टाउको भारी भएको अनुभव भएको थियो कता कता मन डराएको थियो । अब एक समुह फर्किने र जनै बाध्ने कार्यक्रम गर्ने र अर्को समुह तालको एउटा घेरो घुम्ने योजना सहित हिड्यो । म भने जनै बाध्ने कार्यक्रममा लागँे । त्यही तलको पानी आएर बनेको अर्को सानो तालमा पुगेर पद्मराज दाइले जनै मन्तर्ने काम पुजा आजा सहित गर्नुभएको थियो जहाँ रेशम सर र म सहभागी भएर जनै फेर्ने, जनै बाध्ने काम सम्पन्न गरी आँखाभरी तिलिचोको दृश्य र मन भरी अबिस्मरणिय यात्रा अनुभवलाई पोको पार्दै पुनः गएको बाटो फिर्ता भै करिब १२ बजे बेसक्याम्पमा आइपुगियो । बेसक्याम्प पुगेर जाँदाको उकाली यात्रा र झर्दाको ओराली यात्राले शरीर कुहिएको कर्कलो जस्तो गलेको भएपनी मनमा आनन्द थियो । आफुलाई बिश्व बिजय गरेको अनुभूति भैरहेको थियो । एकछिन हिजो बसेकै होटलको रूममा गएर सुस्ताइयो जहाँ आफ्ना झोला तथा सामानहरु छाडेर गइएको थियो र केही समयपछी उठेर खाना खाइयो र पछाडिका साथीहरु प्रतीक्षा गरियो । उक्त समयमा त्यहाँ भएका साथीहरुलाई जनै बाँध्ने काम भयो । अब अगाडि बढ्नु पर्छ ढिला होला कि भन्दा भन्दै पछाडिका साथीहरु पनि आइपुगे ।
चेकमान सर अगाडि आइपुग्नु भयो भने रबिन सर लगाएत साथीहरु एकछिन पछि आइपुगे । साथीहरुलाई बेस क्याम्पमा भेटेपछी ल हजुरहरु खाना खाएर आराम गरेर आउनुहोस हामी अगि बढ्दै गर्छौ भनेर हाम्रो ग्रुप अगाडि बढ्यो उहीँ हिजो हिडेको बाटो मसिनो गिटी बालुवा मिसिएको खुर्खेरे बाटो थाकेको ज्यानलाई मस्र्याङ्दी नदीमा गुडिल्किन नदिइकन अडिएर ताते ताते गर्दै खुट्टा अड्याउदै उकाली ओरालीमा खुइय गर्दै बिश्राम गर्दै पानी पिउँदै गफ गर्दै झन्डै ४ घण्टाको अबिराम यात्रा पछि करिव ७ बजे हाम्रो टोली खाङ्सार आइपुग्यो । तिलिचो यात्रामा गर्नुपर्ने पैदल यात्रा पूरा गरी गाडी समिपमा पुग्दा फेरि अर्को खालको आनन्दको महसुस भयो र फेरि पछाडिका साथिहरुलाई कुर्दै अघिल्लो दिन बसेको माया होटेलमा तातो पानी, चिया पिउदै सुस्ताइयो । झण्डै एक घण्टा पछी साथीहरु आइपुगे अनि गाडी चढेर खाङ्सारबाट अघिबढी मनाङ गाउँ आएर बास बसियो । समग्रमा मनाङ गाउँको बसाइ होटेलको सेवा खासै सन्तोषजनक नभएपनि थाकेका हामी खाना खाएर आ–आफ्नो रुममा गएर सुतियो ।
चौथो दिन २०८१ भाद्र ४
बिहान ६ बजे नै उठेर सबै नित्यकर्म गरी अगिल्लो दिनको होटेलको सेवा चित्त बुझ्दो नहुँदा साथीहरुले त्यहाँ चिया समेत नपिउने निर्णय गरि मनाङ गाउँ घुम्दै हिडेर अर्को होटेलमा गएर ब्रेकफास्ट बनाउन लगाइ खाने काम भयो । म भने बिहानै निस्केर एक्लै घुम्दै एक साथी भेटेर दुई घण्टा जस्तै भलाकुसारी गरी फर्किदा साथीहरुले ब्रेक फास्ट खाइसक्नु भएको थियो । मनाङ गाउँ त्यस्तो ठाउँ हो त्यहाँ असोज कार्तिकको समयमा ठमेलको झल्को पाईन्छ । अहिले अफ सिजन हुँदा खासै चहलपहल नभएपनी प्राकृतिक दृष्य, फापर फुलेर गलैचा ओछ्याए जस्तो देखिने फाँट, वारीपारी हिंउले चुसेका नाङ्गा पहाड , सल्लाका कोणधारी जङ्गल, गुम्वाहरु, पुरै ढुङ्गा बिछ्याइएको बाटो, आफ्नै संस्कृती, आफ्नै चालचलन, देशको कानुन भन्दा गाउँको कानुन माथी भएको ठाउँ, जहाँ ठुला ठुला केसहरु पनि गाउँकै कानुन अनुसार समाधान हुन्छन् ।
गाउँभन्दा बाहिर किनारामा पटुकिको फेरो झै बगेको मस्र्याङ्दी, मस्र्याङ्दीकै समिपमा रहेको सुन्दर गङ्गापूर्ण ताल ,पुराना माटोको छाना भएका घरहरु, अल्लि पर रहेको भ्राका गाउँ खोइ कति बयान गरुँ त्यो वातावरण, त्यति खेरको त्यो न चिसो न तातोको मौसम, त्यो भुगोल सधै त्यहीँ नै जमेर बसौ कि भन्ने भावना उत्पन्न भयो । हुन त म पहिला पनि त्यो ठाउँमा पुगेको हो तै पनि आँखा नअघाउने सुन्दर दृश्य र मनोरम वातावरणले जति गए पनि जति बसेपनी धित नमर्ने । लगभग सबै साथीहरुले मनाङ गाउँलाई नियालेर सुन्दर दृश्यपान गरिसकेपछी अब मनाङ छाड्ने निर्णय गरियो । आफ्ना झोलाहरु बोकेर गाडी भएतिर लम्क्यौ र मनाङ गाउँलाई फेरि भेट्न आउने वाचा सहित हिडियो । गाडी ढुकुरपोखरी आएर रोकियो र करिब १२ः३० बजे बिहानको खाना खाइयो। ढुकुरपोखरीको बारेमा पहिलो दिनमा नै चर्चा गरिसकिएको छ । खाना खाएर त्यहाँबाट हिडियो र गाडी आएर रोकियो चामेमा । चामेमा सामान्य चामेका शिक्षक कर्मचारी साथीहरुसङ्ग भेट्घाट र शिक्षा इकाइमा विद्यालयकोे सानो काम गरेर चिया पिएर हामी हिड्यौं र करिब ४ः३० बजे हाम्रो कार्यथलो मनाङ जिल्लाको थोंचे गाउँमा आएर तिलिचो यात्रामा पुर्ण बिराम लाग्यो ।