प्रेम के हो ? मायाँ के हो ? फरक फरक मानिसको व्यक्तिगत अनुभव, भोगाई र बुझाई अनुसार मायाँ र प्रेमको फरक फरक परिभाषा पाउन सकिन्छ । प्रेम किन गरिन्छ ? कसरी गरिन्छ ? प्रेम गरिन्छ या आफै हुन्छ ? एउटा आमाले आफ्नो सन्तानलाई गर्ने प्रेम, एउटा मित्रले अर्को मित्रलाई गर्ने प्रेम, एउटा गुरुले आफ्नो शिष्यलाई गर्ने प्रेम, एउटा तरुण युवकले तरुणी युवतीलाई गर्ने प्रेम के यी सबै प्रेमहरुमा कहि न कहि केही न केही समानता छन् या यी एक अर्काबाट नितान्त भिन्न छन् । के विल्कुलै निस्वार्थ र साँचो प्रेम गर्नु सम्भव हुन्छ । या साँचो प्रेम केवल सिद्धान्त र कल्पनाको कुरा मात्र हो ? प्रेम सम्बन्धी प्रसंगमा कुरा गर्ने हो भने यस्ता अनगिन्ति प्रश्नहरु छन् । जो आज पनि अनुत्तरित छन् या त उत्तरमा मतभिन्नता छन् ।
माथि उल्लेख गरे जस्तै प्रेम भिन्न प्रकारका छन् । एउटा मातृत्वको प्रेम, मित्र मित्र बीचको प्रेम, गुरु शिष्य बीचको प्रेम, आदि इत्यादी । तर अक्सर प्रेम भन्ने वित्तिकै अधिकाँश मानिसको मष्तिष्कमा महिला र पुरुष वा भनौं युवा र युवती दुई विपरित लिंगी बीचको प्रेमकै कुरा आउँछ । एउटा युवा र युवती बीच प्रेम गर्ने उपयुक्त उमेर कुन हो ? उनिहरु बीच आफै प्रेम हुन्छ या प्रेम गर्छु भनेर भैदिन्छ ? फेरी पनि कुरा उही अनुत्तरित प्रश्नहरुमा आएर अड्किन्छ । तर यथार्थ चाहि के हो भने आफै भएर होस् या गर्छु भनेर होस् प्रेम भैदिन्छ । मायाँप्रेमसंग सम्बन्धित थुप्रै घटनाहरु हाम्रा समाजमा छन् । ती हिजो पनि थिए । आज पनि छन् र भोलि पनि पक्कै हुनेछन् । प्रेमले नै कसैको जीवनलाई स्वर्ग बनाई दिएको छ भने कसैको जीवनलाई नर्क । प्रेमले नै कसैको घर बसाई दिएको छ भने कसैको विगारि दिएको पनि छ । भनिन्छ, प्रेमको अभावमा जीवन खल्लो हुन्छ । तर गलत प्रभावमा त्यो भन्दा पनि गय गुज्रेको हुन सक्छ । आध्यामिक साधु सन्तहरु भन्छन् । मायाँ प्रेम यी सबै संसारिक मोहहरु हुन् । यी सबबाट टाढा रहन सकेको खण्डमा मात्र जीवनबाट मोक्ष पाईन्छ । तर साधु सन्त र महन्तहरु संसारमा सीमित मात्रामा छन् । बाँकी अधिकाँश मानिसहरु सामान्य मनुष्य बर्गका छन् । जो मायाँ प्रेम जस्ता सांसारिक मोहको कुराबाट पृथक रहन सक्दैनन् । पंक्तिकार आफै पनि एक दमै सामान्य मनुष्य बर्गको प्राणी हो । अतः सांसारिक मोहको कुराबाट म पनि अलग र अछुतो छुईन ।
प्रेमको अभावमा जीवन खल्लो हुन्छ तर गलत प्रभाव झन खाल्लो हुन्छ । मेरो सौभाग्य मानौ या दुर्भाग्य, यी दुवै कुराको अनुभव गर्ने मौका मैले पाएको छु । जीवनको गतीमा धेरै नारीहरुसंग साक्षात्कार भयो । विद्यालयका दिनहरुमा, क्याम्पसका दिनहरुमा र त्यो भन्दा पछिका दिनहरुमा पनि । कोही केवल साथी मात्र बने, बीचमा छुट्टिए कोही । अत्यन्तै हितैसी मित्र बने । आजका दिनसम्म पनि छन् । कसैले हृदयमा अमिट छाप छोडेर गए त कसैले मिठो यादहरुको उपहारहरु दिएर गए । सायद किशोर अवस्था उमेरको प्रभाव हो या अन्य केही कारण धेरै युवातीहरु सुन्दर पनि लागे । कसैलाई मनमनै मनपराइयो, कसैको कल्पनामै हराइयो । कसैसंग बोल्नसम्म पनि डराइयो । विद्यालय र क्याम्पसका ती दिनहरु, ति रमाईला पलहरु । जीवनको अविश्मरणीय क्षणको दस्तावेजको रुपमा सँधै सुरक्षित छ । ती साथीहरु कोही आजसम्म पनि मेरा हितैसी मित्रहरु छन् । कोही कहाँ छन् के गर्दैछन् केही थाहा छैन । सायद थाहा पाउने चेष्टा नगरेकोले पनि होला । ती मित्रहरुसंग बसेर विगतका स्मृतिलाई केलाउँदा आज पनि किशोर अवस्थाको ति क्षणहरु ताजै याद आउँछ ।
साथी भाई, ख्याल ठट्टा यसरी नै क्याम्पसका दिनहरु वितिरहेका थिए । सबै कुरा राम्रै थियो । रमाईलै थियो । तै पनि कहिले काँही एक्लोपन महसुस हुन्थ्यो । अवश्य हुन्थ्यो । झन फलानो साथीको फलानोसंग चक्कर छ रे भनेको सुन्दा एकातर्फ साथीको लागि खुशी लाग्थ्यो भने अर्को तर्फ इष्र्या पनि जागेर आउँथ्यो । सायद त्यो उमेर त्यो समय नै त्यस्तै थियो । मेरो सौभाग्य भनौं या के भनौं, एक्लोपनको महसुस गर्दै क्याम्पसका दिनहरु धेरै विताउनु परेन । त्यो दिन कता कता आफ्नो एक्लो पन अब पुरा भएको हो कि भन्ने महसुस भयो । जब उसलाई मैले पहिलो पटक देखें । गाउँमै एउटा विहेमा जन्ति आएकी थिईन उनि, घमक्क सजिएर । उनलाई देखेपछि भित्रदेखि हृदयका कुनाहरु तरंगित भएर आयो । बोल्नु मन लाग्यो । तर आँट आएन । साथीहरुको सहयोगले उसको बारेमा पत्ता लगाए । तत्काल केही गर्न सक्ने अवस्था थिएन । केही माहिनाहरु यसै विते । संयोगबस केही महिना पछि पुनः उनिसंग साक्षात्कार भयो । यस पटक हिम्मत गरेर उनिसंग बोल्ने आँट गरें । उनले नकारात्मक प्रतिक्रिया दिईन । हामी सहजै साथि बन्यौं । फोन नं. साटासाट ग¥यौं । त्यसपछिका जीवनका पानाहरु साधाबाट एकाएक रंगिन पुग्यो । जीवन आफैलाई रमाईलो लाग्न थाल्यो । यो होइन कि जिवन पहिले रमाईलो थिएन । तर नपुगेको केही कुरा पुरा भएजस्तो लाग्यो । उनि रुपमा मात्रै सुन्दर थिईनन् । बुद्धिमा पनि तेज थिईन । अनि व्यवहारमा पनि निडर । उनको बोल्ने शैली व्यक्तित्व हरेक कुराबाट म प्रभावित थिएँ । उनि निडर थिईन हरेक कुरा खुलस्त भन्थिन् । हाम्रो सम्बन्धमा शंकाको गुञ्जायस गर्ने ठाउँ थिएन । उनिबाट म यति प्रभावित थिए कि कहिले काही उम्रन लागेको शंकाको बीऊलाई पनि मनमनौ निमोठि दिन्थें । म हरेक कुरामा सतर्क थिए । हाम्रो सम्बन्धलाई लिएर सतर्क यो मानेमा कि म बाट कुनै गल्ति नहोस् । उनिप्रतिको मेरो प्रेममा कमि नहोस् । मेरो अरु व्यक्तिगत कारणहरुले हाम्रो सम्बन्धमा असर नपु¥याओस् । कहिलेकाही म अनायसै प्रश्न गरिदिन्थे । मलाई छोडेर त जाँदैनौ तिमी ? उ मलाई आश्वस्थ बनाउँथि र साधै साथ दिने कुरा गर्थि । भविष्यको मिठो मिठो सपनाहरु सुनाउँथि । योजनाहरु बनाउँथि । म पनि उसको मिठो सपनाहरुमा डुब्दै सुन्दर भविष्यको कल्पनामा रहाउँथे । दिनहरु राम्रै वितिरहेको थियो । हामी एक अर्कासंग सम्बन्धमा रहेको पनि लामो समय विति सकेको थियो । एक दिन अचानक उसले मलाई अब हाम्रो सम्बन्धको अन्त्य गर्नुपर्ने कुरा सुनाई । मलाई विश्वास लागेन । लाग्थ्यो उनि मजाग गर्दै थिईन । तर अहँ उसले मजाग गरेको होईन रहेछ । विल्कुलै होइन रहेछ । मैले कारण जान्ने धेरै प्रयास गर्ं । तर सकिन । सँधै खुलस्त कुरा गर्ने उ यो विषयमा खै किन हो, खुलेर बोल्नै चाहिन । नबोलेरै जित्न वेश ठानी । मेरो लाख कोशीस पनि हाम्रो सम्बन्धको अन्त्य गर्नुपर्ने कारण बताउन चाहिन । बस्, दार्शनिक रुपमा यति उत्तर दिईन कि प्राप्ति मात्र प्रेम होइन, त्याग पनि प्रेम हो । हाम्रो जीवन हिजो पनि चलेकै थियो र भोलि पनि चलि नै रहनेछ । बीचको यो समयलाई चाहन्छौं भने यादहरु बनाएर संगाल । नभए सपना सम्झेर भुलिदिनु । अल विदा । उनको यो अप्रत्यासित जवाफले म अवाक भएँ । केही बोलिन, केही भनिन । भनौं भने पनि आखिर के भनौं र ?
आज धेरै बर्ष पछि खै कहाँबाट फेस बुकमा उसको तस्विर देखें । त्यो दिन त मैले भनिन तर मलाई भन्न मन छ, ‘तिमी बेला बेलामा सोध्थ्यौं नि …….. म कस्तो छु भनेर । तिमी त नेता जस्तो रहिछौं । बोलीको भर नभएको ? मिठो मिठो सपना देखाएर रंगिन भविष्यको आशा बाँडेर अरुको मनसंग खेल्ने । विन्ति छ तिमी राजनीतिमा चाहि कहिल्यै नआउनु है । मायाँको खेलमा त तिमीले मेरो मनसंग मेरो सपनासंग नराम्ररी खेलवाड ग¥यौ । राजनीतिको खेलमा आयौं भने त नजाने कतिको मनसंग खेल्छौ, कतिको सपना भताभुङ्ग पाछर््यौ ।’
बर्षौदेखि गुम्सिएका पीडा एकै पटक पोख्न मन छ, तर थाहा छैन उ कस्तो दुनियामा छ, के गर्दैछ । यतिकुरा उसलाई भनि हालौं या दोधारमा छु ।
तिमी त नेता जस्तै रहिछौ
previous post