बर्मा देखि अफगानिस्तानसम्म फैलिएको २५ सय किमी लामो हिमालय श्रृङ्खलामा पर्ने भएकाले नेपाल भूकम्पीय जोखिममा रहेको छ । अझ भनौं नेपाल भूकम्पीय जोखिमका हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा पर्दछ ।
२०७२ बैशाख १२ र सोही महिना २९ गतेको महाभूकम्प पछि नेपाली समाज भूकम्पका सम्वन्धका चासो राख्ने भएको छ । आठ हजारभन्दा बढी आफन्त, दाजुभाइ, छिमेकी र संगिसाथी गुमाउनुको पिडा अझै कम भएको छैन । हजारौ घरहरु भत्किए, हाम्रा सम्पदाहरु नष्ट भए । तर सबैभन्दा ठूलो कुरा त हामीले व्यहोरेको मानविय क्षति नै हो । निकट विगतमा यस्तो क्षति व्यहोरेका , आफु बस्दै आएको घर गल्र्यामगुर्लुम ढलेको देखेका र छाना, नाना र खानाविहिन बनेका हामीमा भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने विषयमा पर्याप्त ज्ञानको अभावमा छ । यसैका कारण भूकम्प प्रतिरोधी संरचना निर्माण हाम्रो प्राथमिकतामा पर्न सकेको छैन । तर यथार्थमा भूकम्पले पु¥याउने क्षतिमा हाम्रो भौतिक संरचनामा भएका कमजोरीका कारण सबैभन्दा धेरै मानविय क्षति हुने गरेको पाइएको छ ।
नेपालमा सबैखाले प्राकृतिक प्रकोपका कारण दैनिक २ देखि ३ जनाले ज्यान गुमाइरहेको तथ्याङ्क छ । भूकम्प आएका बखत शरीरको आयतनलाई सकेसम्म कम गराई शरिरका संवेदनशिल अंगहरु टाउको, छाती र मेरुदण्डलाई चोट पुग्नबाट बचाउनु पर्ने हुन्छ । यसका लागि “घुँडा टेकी गुडुल्की ओत लागि समात ” लाई कार्यान्वयन गर्नु पर्छ ।
भूकम्प प्रविधी राष्ट्रिय समाजका अनुसार भूकम्पका बेला हुने मानविय क्षतिमध्ये हाम्रो भौतिक संरचना कमजोर भएका कारण हुने मानविय क्षति सबै भन्दा धेरै ८० प्रतिशत रहेको छ । भौतिक संरचना भन्नाले हामीले सरल भाषामा हाम्रो घर भन्ने बुझ्नु जरुरी छ । समयमै उद्दारको अभावमा ८ प्रतिशत, आपत्कालिन स्वास्थ्य सेवा दुरुस्त नहूँदा ८ प्रतिशत र भूकम्प पछिको आगलागि, भूकम्प सृजित पहिरो आदिका कारण ४ प्रतिशत मानविय क्षति हुने गरेको पाइएको छ । त्यसैले भूकम्पबाट जोगिने प्रमुख उपाय भनेको बलियो घर बनाउनु नै हो ।
बर्मा देखि अफगानिस्तानसम्म फैलिएको २५ सय किमी लामो हिमालय श्रृङ्खलामा पर्ने भएकाले नेपाल भूकम्पीय जोखिममा रहेको छ । अझ भनौं नेपाल भूकम्पीय जोखिमका हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा पर्दछ । विगतका भूकम्पहरुबाट पाठ सिक्दै विपद् जोखिम न्यूनिकरण र पूर्वतयारीका योजना निर्माणमा हाम्रो ध्यान जानु जरुरी छ । भनिन्छ, भूकम्पले आफै मानिस मार्दैन अर्थात मानविय क्षति गर्दैन तर भूकम्पका बेला हाम्रा कमजोर संरचनका कारण हामीले भूकम्पका बेला ठूलो मानविय र भौतिक क्षति व्यहोर्दै आएका छौं ।
भूकम्प प्रतिरोधी घर भनेको सानो तिनो भूइँचालोमा खासै केही नहुने, मध्यम खालको भूइँचालोमा हल्का क्षति हुने र ठूलो भूइँचालोमा चर्कने, लच्कने तर गल्र्याम गुर्लुम नलड्ने घर नै भूकम्प प्रतिरोधी घर हो । नेपालको सन्दर्भमा ९ इनटेन्सिटी सम्मको कम्पन धान्ने घरलाई भूकम्प प्रतिरोधी घर भनिन्छ । हामी सामान्य भाषामा कति रेक्टर स्केलको भूकम्प धान्ने घर भनेर सोध्छौं । तर रेक्टर स्केल भन्नाले भुइँचालो गएको बेला त्ससको केन्द्र विन्दु, जसलाई इपिसेन्टर भनिन्छ, मा कति उर्जा निश्रृत भयो वा उत्सर्जन भयो भनेर नाप्ने नाप हो । अनि हामीले भूकम्प प्रतिरोधी भनेका घरहरुले त्यो उर्जा निश्रृत हुँदा पृथ्वीमा उत्पन्न हुने कम्पन कति धान्छ भन्ने हो । त्यो कम्पनलाई नाप्ने एकाई मोडिफाइड मर्काल्ली इन्टेन्सिटी नाप (ःयमषष्भम ःभचअबििष् क्ष्लतभलकष्तथ क्अबभि(ःःक्ष्) छोटकरीमा इन्टेन्सिटी भनिन्छ । हाम्रा घरहरुले इन्टेन्सिटी धान्ने हो, रेक्टर स्केल होइन । यसलाई नाप्न १ देखि १२ सम्मको परिमाणको प्रयोग गरिन्छ ।
आजभोली खासगरी २ प्रकारका घरहरु निर्माण गरिन्छन् । एउटा हो पिलरवाला घर, जसमा घरको सम्पूर्ण भार पिलरले थेग्नु पर्ने हुन्छ भने अर्काे गारोवाला घर । यि दुवैखाले घरहरु निर्माणका क्रममा भूकम्पलाई विचार नगरी बनाउँदा र भूकम्प प्रतिरोधी बनाउँदा कूल लागतमा ८ प्रतिशत मात्र बढी खर्च लाग्ने अध्ययनहरुले देखाएका छन् । तर यो थप ८ प्रतिशत खर्चलाई त्यसबाट प्राप्त गर्न सकिने भूर्इँचालोको सुरक्षासंग तुलना गरेर हेर्ने हो भने त्यो कुनै खर्च नै होइन । केही प्रतिशत बढी लगानी गरेर सुरक्षित घर बनाउने कि खर्च बचाउने नाममा आफ्नो जीवन नै जोखिममा राख्ने अब हाम्रै हातमा छ ।
गारोवाला घरहरुमा निम्न कमजोरीका कारण भुइँचालोका बखत ढल्ने गर्दछन् । पहिलो कुरा त दुईतिरबाट आएका गारोहरुको बीचमा जोर्नीहरु राम्रोसंग नबाँधिनु , गारो लगाउँदा ढुङ्गा वा ईट्टाको जोर नकाटिनु, घरको सम्पूर्ण गारोहरुलाई एकैसाथ नउठाएर पहिला एउटा गारो माथि पु¥याउने र पछि अर्का गारो लगाउने गर्नु, ढुङ्गे गारोको बीचभागमा धेरैमात्रामा स–साना टुक्रे ढुङ्गा वा माटो वा मसलाले मात्र भर्नु आदि । धेरै कुना भएका, अनियमित आकारका अनि घरको लम्बाइ–चौडाइको तिन गुणाभन्दा बढी भएका घरहरु तुलनात्मक रुपमा कमजोर हुन्छन् । त्यसैले हामीले गारो वाला घर बनाउँदा यी कुराहरुमा ध्यानपु¥याउनु पर्ने हुन्छ । यस्ता सामान्य कुरामा ध्यान दिन नसक्दा वा ध्यान नदिंदा भूकम्पका बेला हामीले ठूलो क्षति व्यहोर्नु पर्र्ने हुन सक्छ । त्यसो त पिलरवाला घर पनि सबै भूकम्प प्रतिरोधी हुँदैनन् । पिलरका रिङहरुको बनौट नमिलेको, रिङहरुबीचको दूरी नमिलेको, पिलर भन्दा विम ठूलो भएको आदि अवस्थामा यस्ता घरहरु पनि सुरक्षित हुँदैनन् ।
के के मा ध्यान दिने ः
भूकम्पबाट सुरक्षित हुन घर निर्माणमा मात्र होइन, जग्गाको छनौटमा पनि ध्यान दिनु पर्दछ । पानीको दलदल नभएको, खोला वा नदी किनार भन्दा परको, पुरुवा माटो नभएको जग्गा छनौट गर्नु पर्ने हुन्छ । गारोवाला घर बनाउँदा नियमित आकारको घर बनाउने, सकेसम्म कम कुना भएको घर बनाउने, घरको सबै कुना र झ्याल ढोकाको छेउमा ठाडो डण्डी राख्ने, झ्याल तथा ढोका घरको कुनाबाट कम्तिमा ३ फिट पर राख्ने अनि झ्याल ढोकाहरु धेरै नराख्ने आदि गरेर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ ।
पिलरवाल घर बनाउँदा पनि पिलरबीचको दूरी बराबर राख्ने, बीम र स्ल्यावको ढलान एकैसाथ गर्ने, सिमेन्ट, गिटी र वालुवाको मिश्रण अनुपात सहि बनाउने, मसला बनाउँदा पानी आवश्यक मात्रामा मात्र प्रयोग गर्ने, मसला बनाउन मिक्चरको प्रयोग गर्ने, खाँदन भाइब्रेटरको प्रयोग गर्ने, पिलर बाँध्ने रिङहरुको दूरी मिलाउने, आदि गर्नु जरुरी छ ।
यतीमात्र होइन्, निर्माण सामग्रिको छनौटमा पनि उत्तिकै ध्यान दिनु पर्दछ । राम्ररी पाकेको अर्थात सबैतिर समान रातो भएका, ३ फीट माथिबाट खसाल्दा नफुट्ने, परस्पर ठोकिंदा फलाम ठोकिए जस्तो आवाज आउने इट्टा छान्नु पर्छ । साथै प्रयोग गर्ने बेला निर्माण गरेको २ महिना भन्दा कम समय भएको, डल्ला नपरेको, हावा नछिर्ने ठाउँमा भण्डार गरिएको सिमेन्ट छनौट गर्नु पर्दछ । सफा, दानादार र खस्रो वालुवा जसको चिसोपन कम छ, त्यस्तो वालुवा छनौट गनु वुद्धिमानी हुन्छ । छडको छनौट गर्दा खिया नलागेको, सबै तिर समान साइज भएको, चिरा नपरेको छड छनौट गर्नुपर्दछ । पिलरको साइज अनुसारको छड छान्नु पर्ने हुन्छ । छड मोटो राख्दैमा घर बलियो हुँदैन । ढलान वा पिलरकोबीच बाट विद्युल वायरिङको पाइप राख्नु राम्रो होइन ।
हाम्रो देशको अहिले सम्मको अवस्था हेर्ने हो भने कहिले प्राकृतिक विपत्ति आउला र उद्धारका कार्यहरु सञ्चालन गर्ने भनेर विपत्तिको प्रतिक्षा गर्ने अवस्था नै छ भन्दा अन्यथा हुँदैन । राज्यका तर्फबाट प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न र क्षति बढ्न नदिन गरिएका प्रयत्नलाई पनि हामीले आवश्यक साथ दिएको पाइएको छैन । भूकम्पीय जोखिम कै कुरा गर्दा पनि हामी भवन संहिता कार्यान्यनमा आनाकानी गरिरहेको अवस्था कायमै छ । भूकम्पिय सुरक्षाका उपायहरु अवलम्वन गरेर सुरक्षित हुने मार्ग अपनाउनु हाम्रो पनि कर्तव्य हो । सामान्य खर्च बढ्ने कुरा गरेर भूकम्पको जोखिमलाई वेवास्ता गर्दै आफ्नै जीवनसंग खेलवाड नगरौं । घर बलियो बनाएर मात्र पनि भूकम्पबाट पूर्ण रुपमा सुरक्षित हुन नसकिने भएकाले घर भित्रका सामानको रखाई पनि जोखिम रहित बनाउँ । किनभने सुरक्षित जीवनको आधार भनेकै भूकम्प प्रतिरोधी घर हो ।