पृष्ठभूमिः
नयाँ घर बनाउनेले भवन तथा योजना मापदण्ड २०५८ र नेपाल राष्ट्रिय भवन निर्माण संहिता २०६० जान्नै पर्दछ । मापदण्ड र संहिता कसरी कार्यान्वयन भैरहेको छ घर निर्माण गर्दै गरेका घरधनीहरुको चासो र सरोकारको विषय हो ।
नगरपालिकाको प्रबन्धः
नगरपालिकाले घर बनाउनेहरुका लागि दुईथान दरखास्त फारम एक हजार भन्दा बढीमा विक्री गर्दछ । नगरपालिकामा राख्ने प्रतिमा सहीछाप समेतका वैधानिक प्रावधान पुरा भएको हुन्छ । विशेषतः यसमा नक्सापास सम्बन्धी जानकारी, सम्झौता पत्र, निवेदन, सुपरिवेक्षण सम्बन्धी जानकारी, भूकम्प प्रतिरोधी घर, भवन निर्माण संहिता, मापदण्ड, भवन निर्माण अनुमतिका प्रमुख प्रक्रिया, भवन निर्माण प्रक्रियामा संलग्न व्यक्तिहरुको भूमिका र जिम्मेवारी, निर्माण सामाग्रीमा हुनुपर्ने गुणस्तर, निर्माण गुणस्तर र व्यवस्थापन, भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी आधारभूत जानकारी, नक्सा पास प्रक्रिया, घरधनी र निमार्णकर्मि वीचको सम्झौता, घर निर्माणको समयमा प्रयोग गर्ने जाँच सूचीहरु, भवन निर्माण सामग्री र मावन स्रोतको विवरण जस्ता विषयहरु समावेश गरिएको छ ।
बन्दै गरेको घरधनीको समस्याः
घर बनाउन लागेको घर धनीले दरखास्त फारम कमैले पढ्न भ्याएका हुन्छन् । पढेका घरधनीले मध्ये कमैले कार्यान्वयन गर्न सकेका हुन्छन् । सिद्धान्तर र व्यवहारको फरक हुन्छ भनेर प्राविधिकहरुले सुपरिवेक्षणलाई हल्का रुपमा लिईदिन्छन् तर आफ्नो सुपरिवेक्षण शुल्क भने लिएकै हुन्छन् ।
सुपरिवेक्षणको दाइत्वः
नयाँ घर निर्माण उपभोक्ताले रड सिमेन्छ भूकम्प प्रतिरोधी घरको लागि चाहिने खरिद गरेको हुन्छ । तर सुपरिवेक्षणको जिम्मेवारी लिएको संस्था वा व्यक्तिले भूकम्प प्रतिरोधी घर नबन्दाको जिम्मेवारी लिनुपर्ने गरी जिम्मेवार बनाईनु पर्दछ । नयाँ घर भूकम्प प्रतिरोधी हुनु पर्दछ । यो नक्सा पास गर्ने निकायको जिम्मेवारी हो ।
घर सम्पन्नको झन्झटः
मापदण्डलाई मिचेर घर बनाएका हुन्छन् । कतिले घर निर्माण सम्पन्न लिई सकेपछि पुनः तला थप्ने पनि गरेका हुन्छन् । कतिले मापदण्डलाई मिचेर बनाएका हुन्छन् । घरसम्पन्न दिने वेलामा नक्सा बमोजिम इमानदारी पूर्वक घरबनाउनेलाई पनि झण्झट र हैरानी दिएकै छन् ।
निष्कर्षः
भवन निर्माण संहिता र मापदण्डको जानकारी अप्रयाप्त छ । कस्तो अवस्थामा कति प्रतिशत जग्गा छोड्न पर्ने हो खुलेको हुनुपर्दछ । जमिन मुनिको निर्माणमा सुपरिवेक्षण फोटोको आधार होइन फिल्डबाटै हुनुपर्दछ । सुपरिवेक्षणलाई पहूँचले प्रभाव पार्नु हुँदैन । खर्च गरेपछि भूकम्प प्रतिरोधी घर बन्नु पर्दछ । पानी र विजुली नक्सापाससंगै अधिकारको रुपमा दिनुपर्दछ । नयाँ घरनिर्माण उपभोक्ता संगठित हुन सके नक्सापासको बेला दिईने रकमी झन्झट कम गराउन सकिन्छ ।
जान्नै पर्ने भवन निर्माण संहिता
previous post