चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको महाभारत वर्णन र भगवान् रामको १४ वर्ष वनवास पूरा गरी कार्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक दिन अयोध्यामा दिपावली मनाइएको, दिपावलीको छैठौं दिनमा छठ पूजा गर्ने शास्त्रीय बर्णनका आधारमा धर्म, संस्कार, रितिरिवाज, परम्परा बन्दै आएको यो पर्व कलियुगको उत्कर्षमा पनि उत्तिकै महत्वका साथ मनाईन्छ ।
विशेष गरी तराईभेगमा चारदिनसम्म विशेष महत्वका साथ मनाइने यो पर्वलाई नेपाल सरकारले पनि मान्यता प्रदान गरेर पछिल्लो चौथो दिनमा सार्वजनिक विदा दिने प्रचलन रहि आएको छ । तराई मधेसका हिन्दू धर्मावलम्बीले मात्र मनाउने यो छठ पर्व अहिले हरेक समुदाय, हरेक जात, हरेक धर्मावलम्वीले मनाउन थालेका छन् । विशेष गरी नेपाल र भारतमा मात्र मनाईने यो पर्वले अन्तराष्ट्रिय रुपमा स्थान पाउन थालेको छ ।
आस्था र विश्वासका आधारमा यो चार दिन सूर्यलाइ अर्घ चढाएर उपाशना गर्दा द्रौपदीले पाण्डपहरुलाई सत्ताको बागडोरो फिर्ता दिलाउने मनोकाँक्षा पुरा भएको विश्वास गरिन्छ । त्यसैगरी राजा दशरथकी पत्नि कौशल्याले यही ब्रत गरेर रामलाइ बनबासबाट फिर्ता ल्याइ सत्तारोहण गराउने मनोकाँक्षा पुरा भएको विश्वास रहिआएको छ । त्यसै गरी १४ बर्षको बनवासमा रहँदा बस्दा ब्रह्महत्याको दोषबाट मुक्त हुन आफ्ना गुरु बशिष्ठको सल्लाह बमोजिम भगवान रामले पनि सूर्यको उपशासन गरेका थिए । यो छठ पर्वको मान्यता अनुसार नै सूर्यको उपशना सकेपछि मात्रै भगवान रामले सत्ताको बागडोरो सम्हालेको र रामराज्यको आर्दश शासन सञ्चालन गर्न सफल भएको शास्त्रीय मान्यता रहिआएको छ । सूर्यवंशी राजा भगवान रामचन्द्रका आराध्यदेवको मान्यता पाएका सूर्य भगवानको उपाशनको महिमा जोडिएको कारणले पनि छठ पर्वको महिमा ओजिलो बनेको छ । कुष्ठरोगी राजा छठ व्रत र सूर्य पूजन पश्चात् रोग निवृत्त भएको, महायज्ञबाट पुत्रलाभ गरेका राजाको पुत्र मृत जन्मिएपछि षष्ठी माताको उपशासना गरेर पुनः जीवन पाएको विश्वासमा मनाईने यो पर्वमा भक्तजनहरुको मनोकामना षष्ठी माताले पुरा
गरिदिउन्– शुभकामना ।
छठ पर्वको महिमा-सम्पादकीय
previous post