यस वर्षको मजदुर दिवस वा श्रमिक दिवस हिजो बुधवार में १ मा नेपालमा र संसारभर विभिन्न कार्यक्रम गरेर मनाइयो । कार्यक्रममा श्रमिक नेता तथा दलका नेताहरुले श्रमको सम्मान गर्नुपर्ने श्रमिकको आत्मसम्मानको सुरक्षा गर्नुपर्ने लगाएतका चिल्ला कुरा गरे । र दर्शक÷श्रोता दीर्घमा रहेका श्रमिक ले मख्ख पर्दै जोशिलो तालि बजाए । मजदुर दिवसका ¥याली र सभा हेरेर फर्के पछि लेख्न बसेको म मा नेपालमा मजदुरको मजदुरीको मूल्य र सम्मान त छैन नैं उनिहरुको आत्मसम्मानको रक्षामा कसैको चासो छैन भन्ने कुरामा शतप्रतिशत विश्वस्त भएको छु । यहाँ मजदुरको मजदुरीको मूल्य र आत्मसम्मान सम्वन्धि केही सन्दर्भ प्रस्तुत गरेर विषयलाई अगाडी बढाउन चाहन्छु ।
नेपाल पत्रकार महासंघ तनहुँकी उपसभापती समेत रहेकी ग्यालेक्सी टीभीको तनहुँ सम्बाददाता अस्मिता खनालले मजदुर दिवसको दिन पारेर गृहमन्त्रीलाई सम्वोधन गर्दै लेखिन “हेलो गृहमन्त्रीज्यू, ग्यालेक्सी टिभीका मालिक जिबी राई कहाँ छन् ? हामी श्रमजिबीको पारिश्रमिक कहिले आउँछ ? सरकार बाहिर रहँदा जिबी राई कहाँ छन् भन्ने आफूलाई थाहा भएको र आफु गृहमन्त्री भए एकहप्तामा पक्राउ गर्ने वचन दिएका रवि लामिछाने गृहमन्त्री बनेको सात दिन होइन सात हप्ता पनि नाघि सक्यो । तर जिबीराई पक्राउ परेका छैनन् । गैरकानुनी रुपमा सहकारीको रकम टिभीमा लगानी गरेर हजारौं सहकारी बचतकर्ताको विचल्ली वनाएका जिवीले आफ्नै सहकर्मीलाई समेत पारिश्रमिक नदिएको उपसभापती खनालको फेसबुक स्टेटसले बताउँछ ।
यतिबेला ब्यास नगरपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकहरुको धमाधम सरुवा भएको छ । दरबन्दी मिलान नाम दिएर गरिएको यो स्थानान्तरण का क्रममा कतिपय शिक्षकहरुसंग सामान्य सोधनी समेत नपाले नगरेको गुनासो शिक्षकहरुको छ । तर उनीहरु गुनासो गर्ने मै सिमित हुने पक्का छ । किनभने एकतिर तिनै शिक्षकको मतले संघ, संगठन वा महासंघको नेतृत्वमा पुगेकाहरु आफु अनुकुल निर्णय गराएर अन्य शिक्षकका बारेमा तै चुप मै चुपको अवस्थामा छन् । अर्कोतिर व्यवस्थापन समितिको नेतृत्वसँग सल्लाह गरेर मात्र सरुवा गरिएको भन्दै दोषबाट उम्कन खोज्दै तथा पानी माथिको ओभानो बनेको
छ । तर संवेदनशील कुरा के हो भने यहाँ चेतनाका संवाद भनिने मजदुरको आत्मसम्मानमा लात हान्ने काम भएको छ । र दुखको कुरा न त जनप्रतिनिधि, न ब्यवस्थापन समिति, न शिक्षकका संघ–संगठनको नेतृत्वले यसलाई आत्मसाथ गरेको छ । विब्यसलाई आफूलाई मन नपरेको शिक्षक पठाउनु छ, जनप्रतिनिधिलाई राजनीतिको रोटी सेक्नु छ वा हुक्के बैठकेको स्वार्थ पूर्ति गर्नुछ अनि पेशागत संगठनका नेतालाई आफ्ना आफन्तलाई पायक ल्याउनु छ । अरुको आत्म सम्मान, सुविधाको कसलाई चिन्ता ?
केही महिना अगाडी ब्यास नपा भित्रकै एक सरकारी कार्यालयमा निर्माण सम्बन्धी काम गर्न मजदुरहरू आए । २०–२२ जनाको त्यो मजदुर समूहले काम सम्पन्न गरे । काम नसकिंदा सम्म सरकारी काममा पैसा आउदैन भनेर दालभात खान र साबुन–मञ्जन किन्न पैसा दिने ठेकेदार काम सम्पन्न भएपछि सम्पर्क मै
आएन । कागजी प्रक्रिया नमिलेको होला । मिल्नासाथ आएर हाम्रो पारिश्रमिक दिन्छन भन्ने आशले उनीहरु वसिरहे तर जब सम्वन्धित कार्यालयले ठेकेदारले सम्पूर्ण भुक्तानी लागिसकेको बतायो तब उनीहरु छाँगाबाट खसेजस्ता
भए । लत्ता कपडा फेर्ने, घरमा पैसा पठाउने त परको कुरा भयो उनीहरुसंग महिनौं काम गरेर न त पसलमा उधारो चुक्त गर्ने पैसा थियो न त घर फर्कने भाडा । ठेकेदारलाई भेट्न पाए ‘घर जाने भाडा सम्म दिनुस अरु हामीलाई चाहिएन भन्न हुन्थ्यो’ भन्दै कारुणिक अनुहार,
रसिला आँखा र भोकोपेट लिएर बसेका ति मजदुरको अवस्था साँच्चै दयनीय थियो ।
मजदुरलाई भोकै र नाङ्गै बस्न बाध्य पारिएका अनि आत्मसम्मान मा लात हानिएका यि प्रतिनिधि पात्र उदाहरण मात्रै हुन् । महिनाभरी या वर्षौ घरेलु कामदारको रुपमा काम लगाउने तर जब पारिश्रमिक दिने बेला हुन्छ तव अनेक खोट लगाएर अझ चोरीजस्तो निकृष्ट आरोप लगाएर मजदुरीको मूल्य र आत्मसम्मान दुवैबाट वन्चित गरी निकाला गरेका घटना हामिले देखेका सुनेका छौं । एउटा मजदुर महिनौ होटलमा भाँडा माझ्छ । यो क्रममा उसका खुट्टा र हातका औलाका काप समेत कुहिन्छन् । तर जब उसले आफ्नो श्रमको मूल्य माग्छ, तब उसलाई काममा खोट लगाएर निकम्मा प्रमाणित गर्न खोज्दै धम्क्याएर निकालिन्छ । यसरी हेर्दै जाँदा त्यस्तो कुनै क्षेत्र छैन जहाँ मजदूरको मजदुरीको सम्मानजनक मूल्य दिइएको
होस् । उसको आत्म सम्मानमा ठेस नलाग्ने गरी काम भएको
होस् ।
महासंघ उपसभापती खनालको स्टेट्स भन्छ, श्रमको सम्मान गर्नुपर्छ भनेर अरुलाई सचेत गर्दै भोक तिर्खाको पर्वाह नगरी भोक तिर्खा नभनी हिड्ने राज्यको चौथो अंगका काँधहरु श्रमको मूल्य नपाएर विलखमन्दमा छन् । संगै ब्यासको सम्वन्धित शिक्षकसंग विना सोधपुछ गरिएको सरुवा भन्छ, चेतनाका संवाहक शिक्षक नामका मजदुरको आत्मसम्मानमा कसरी निर्मम लात हानिन्छ । राज्यको औपचारिक क्षेत्रमा काम गर्ने मजदुरको श्रमको मूल्य र आत्म सम्मानको त यस्तो दयनीय अवस्था छ । निर्माण क्षेत्र होटल घरेलु काम लगाएतका अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको हालत के होला ? माथी उल्लेख गरिए भन्दा भिन्न
होला ? के उनीहरुले श्रमको उचित मूल्य पाएका होलान ? के उनीहरुले सम्मान पूर्ण ब्यवहार पाएका होलान ? सायद यि प्रश्नको सकारात्मक उत्तर पाउनु कठिन छ ।
हातमा डाडु पन्यु लिएकाहरुमा श्रमिकलाई उसको श्रमको उचित मूल्य र आत्मसम्मान दिने बुद्धि
पलाओस् । श्रमिक वा मजदुरहरु पनि श्रमको उचित मूल्य र आत्मसम्मान पूर्ण व्यवहारको प्राप्तीमा लागि रहुन र छिट्टै दुवै प्राप्त होस । मजदुर दिवशको शुभकामना ।
खै श्रमको मूल्य र श्रमिकको आत्मसम्मान ?
previous post