बहस हरेक कुरा र शिर्षकमा गर्न सकिन्छ । यहाँसम्म कि कुनै पनि शिर्षकमा बहस गर्न सकिन्छ या सकिदैन भन्ने विषयमा पनि बहस गर्न सकिन्छ । त्यसकारण हरेक विषयमा बहस सम्भव छ किनभने संसारमा पूर्ण सत्य र पूर्ण असत्य भन्ने कुरा केहि पनि हुँदैन । सत्य, असत्य, ठीक बेठीकको कुरा सापेक्षतामा अध्ययन र विश्लेषण गरिनुपर्ने कुराहरु हुन् । कुनै पनि शिर्षकमा बहस गरिनु यो मानेमा पनि आवश्यक छ कि बहसबाट नै कुरोको चुरो निस्कन्छ । जस्तो कि मोहिलाई नचलाई राख्ने हो भने त्यसबाट नौनी निस्कदैन । नौनीलाई पनि तातोमा नखार्ने हो भने त्यो घिउ बन्दैन । दुध आफैमा स्वादिलो र पोषिलो चिज हो तर फाट्दैमा दुध खेर जाँदैन । स्वादिलो पनिर बन्न दुध फाट्नै पर्छ । अँगेनामा आगो राम्रोसँग बल्न पनि बेलाबेलामा अगुल्टो जुधाउनै पर्छ । सर्लक्क परेको धानको नलहरु पनि वस्तुभाउको स्वादिलो खुराक पराल बन्न गोरुको खुट्टाले किच्नै पर्दछ । हिजो जे सत्य थियो त्यो आज सत्य नहुन सक्दछ । आज जे कुरालाई हामी सत्य मानिरहेका छौं, त्यो भोलि सत्य नहुन सक्दछ । आजको आवश्यकता हिजको भन्दा फरक छ, बेग्लै छ । भोलिको आवश्यकता आजको भन्दा फरक नहोला भन्न सकिदैन । त्यसकारणले हरेक विषयमा समय सापेक्ष बहस हुन जरुरी छ । आजको यो आलेख पनि निष्कर्ष होइन, बहसको एउटा प्रयास मात्र हो । आज उठान गर्न लागिएको विषयमा खुलेर स्वच्छ र स्वस्थ बहस आवश्यक भएको हो कि भन्ने बुझाईको प्रतिविम्व मात्र हो ।
विषय बस्तुको उठान गर्नुपूर्व कुनै पनि पक्षप्रति आग्रह, पूर्वाग्रह नभएको कुरा प्रष्ट पार्न चाहन्छु । साथै एउटा नेपाली नागरिक भएको नाताले नेपालको प्रचलित नियम कानुनको पूर्ण पालना र सम्मान गर्ने कुराप्रति पनि कुनै सन्देह र दुईमत नरहेको कुरा पनि स्पष्ट पार्न चाहन्छु । आफ्नो देशको नियम कानुनप्रति असन्तुष्टी रहे, चित्त नबुझे वाक स्वतन्त्रताको प्रयोग गर्दै सभ्य तरिकाले असन्तुष्टि व्यक्त गर्न हरेक नागरिकलाई संविधानले छुट दिएको छ । तर कानुन परिवर्तन नभैसक्दाको अवस्थासम्म प्रचलित कानुनको सम्मान पूर्वक पालना गर्नु हरेक जिम्मेवार नागरिकको कर्तब्य हो । नागरिकले पुरा गर्नुपर्ने यो कर्तब्यप्रति सदैव सचेत र सजग रहेको र भावि दिनमा पनि रहने प्रतिबद्धता जाहेर गर्दै आजको विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु ।
आजको यो आलेखमा मैले उठान गर्न चाहिरहेको विषयवस्तु हो, नावालिका बलात्कार सम्बन्धीको विषयवस्तु । पछिल्लो समयमा नेपालमा सनसनी मच्चाई रहेको एउटा घटना हो– नेपालको एक नामी खेलाडीले एउटी नावालिकालाई बलात्कार गरेको सम्बन्धी घटना । स्मरण रहोस् झण्डै यही प्रकृतिको घटना नेपालमा केही समय पहिले एउटा चर्चित चलचित्र अभिनेता र चर्चित गायिका बीचमा पनि भएको थियो ।
नेपालको कानुनले १८ बर्षभन्दा कम उमेरकी किसोरी या वालिकासंग सहमतिमै राखिने शारीरिक सम्पर्क पनि बलात्कार नै हो भनेर परिभाषित गरेको छ । हामीले आमरुपमा बुझ्ने गरेको बलात्कारको दृष्य र चलचित्रहरुमा देखाईने गरेको दृष्य भन्दा यो फरक छ । र पनि कानुनले गरेको परिभाषा र व्यवस्था भएको कारणले यसलाई हामीले मान्नै पर्दछ । त्यसकारण अहिले आरोपित पात्र जस्ले खेलकूदको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउन ठूलो मद्धत गरे, उनिमाथि लागेको आरोप प्रमाणित हुन्छ र सम्मानित अदालतले उनलाई दोषी ठहर गर्दछ भने उनि जतिसुकै लोकप्रिय भएपनि उनलाई प्रचलित कानुन बमोजिम सजाय हुनै पर्दछ र उनले स्वीकार्नै पर्दछ । तर अदालतले उनिमाथि लागेको आरोप प्रमाणित गरिसकेपछि मात्र ।
अहिले ती खेलाडी आरोपित मात्र छन् । उनलाई प्रहरीले पक्राउ गरी सकेको छैन । उनको अपराध प्रमाणित भैसकेको छैन । कानुनी कारवाहीको प्रक्रिायहरु बाँकी नै छन् । यस्तो अवस्थामा सामाजिक सञ्जालहरुमा मानिसहरु जसरी पक्ष र विपक्षमा विभाजित भएर भनाभन गरिरहेका छन् (नायक र गायिकाको समयमा जस्तै) एउटा पक्षको समर्थकले अर्कोलाई गलत सावित गर्ने प्रयास गरिरहेका छन् । के यो साच्चै आवश्यक छ ? किनभने अन्तिम निर्णय दिने काम सम्मानित अदालतको हो । र अदालतले भावना होइन प्रमाणको आधारमा न्याय दिन्छ । बरु आरोपित मात्रले पनि कानुन र न्यायालयको सम्मान गर्दै निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुए
पर्दछ । यदि उनि साच्चै निर्दोष छन् भने भोलि पक्कै पनि न्याय पाईहाल्ने नै छन् । आत्मसम्मानमा ठेस नपुगोस् भनेर बलात्कारको मुद्धामा पीडितको पहिचान गोप्य राखिन्छ तर आरोपित पीडकको पनि अपराध प्रमाणित नभएसम्म उनि अपराधी होइनन्, अहिले जसरी अरोपित पात्रको पहिचान खुल्ला गराएर अन्तराष्ट्रिय जगतमै राष्ट्रको इज्जत उछाल्ने काम भैरहेको छ । यो सायद ठिक भैरहेको छैन कि ?आरोपितको पहिचान कति हदसम्म खोल्ने, कति हदसम्म गोप्य राख्ने भन्ने कुरामा प्रहरी प्रशासनले अलिक ध्यान दिन पर्ने हो कि ?
न्यायालय, कानुन, प्रहरी प्रशासनले के कसरी काम गर्दछ वा गर्नु पर्दछ भन्दा पनि ज्यादा बहस गर्नुपर्ने विषय हो । पछिल्लो समयमा यस्ता घटनाहरु किन भटाभट घटीरहेको छन् ? नेपाली सेलीब्रेटीहरु किन तारोमा परिरहेका छन् ? वा भनौं उनिहरु यस्ता घटनामा कि सम्मिलित भैरहेका छन् ? वर्तमानमा यस्ता घटनाहरु साँच्चैनै बढी भएका हुन् वा पहिले पनि हुन्थे ? सतहमा अहिले आएका हुन् ? यस्ता घटनाबाट आममानिसले बुझ्ने के होः सेलीब्रेटी भनिएका व्यक्तिहरुको पनि सफेद सार्वजनिक जीवनको पर्दा पछाडि कालो जिन्दगी पनि हुन्छ भनेर बुझ्ने हो ? या वर्तमान समयका किसोरीहरु कानुनको कमजोरी फाईदा उठाउँदैछन् भनेर बुझ्ने ? सोच्नु पर्ने र बहस गर्नु पर्ने यस्ता कैयौं प्रश्नहरु छन् ।
स्वास्थ्य विज्ञानले भनेको छ कि १८ बर्ष भन्दा कम उमेरका किसोर किसोरीहरुको मष्तिष्क पूर्ण रुपमा विकसित भैसकेको हुँदैन । उनिहरु परिपक्व निर्णय गर्न सक्षम हुँदैनन् । विज्ञानले भनेको यो कुरा पनि आफ्नो ठाउँमा ठीक होला तर १८ बर्ष पुरा भएको र १८ बर्ष पुग्न दुई चार महिना बाँकी भएकी किसोरीको सोच्ने र निर्णय गर्ने क्षमतामा कति ज्यादा फरक पर्ला ? के यो कुरा पनि ९९९ सम्म सय नै हो । एक थपिएपछि सयबाट हजार भने जस्तै होला र ? भरखर ४÷५ कक्षा पढ्दै गरेकी एउटी दश बाह्र बर्षकि बालिका बलात्कृत हुनु र उच्च शिक्षा लिदै गरेकी १७ साढे सत्र बर्ष की किसोरी बलात्कृत हुनुलाई एउटै नजरले विश्लेषण गर्न मिल्छ ? के ललाई फकाई गरेर पर्लोभोनमा पारिएर बलाकृत हुनु र स्वयम आकर्षित भएर बालात्कृत हुनुमा अलिकति पनि फरक छँदै छैन त ?
पछिल्लो घटनामा पीडित बहिनीप्रति पंक्तिकारको पूर्ण सहानुभूति छ । यदि उनी साँच्चैनै पीडित भएकी रहीछन् भने पक्कै पनि उनले न्याय पाउँछिन्, पाउनु पर्दछ । ती पीडित किसोरीले न्याय पाउनु पर्दछ र दोषिलाई कारवाही हुनुपर्दछ भन्दै गर्दा मेरो मनमा फेरी पनि केही प्रश्नहरु उब्जिरहेका छन् । मानेकी ती बहिनी साढे सत्र बर्षकि मात्र छिन् । कानुनको नजरमा उनि नावालिग हुन् र विज्ञानको नजरमा अपरिपक्व तर उनि यति साह्रै अपरिपक्व थिईन
त ? राजधानीमा बसेर उच्च शिक्षा लिँदै गरेकी उनलाई पहिलो (नायक गायीका) घटनाहरुको बारेमा केही जानकारी नै भएन ? भोलि मलाई पनि त्यस्तो पर्ला म सचेत हुनु पर्दछ भनेर कहिल्यै पनि सोंचाई आएन ? घुम्न गएकै दिनको कुरा गर्ने हो भने पनि उनकै शब्दको सहयोगमा आरोपित पात्रले मदिरा सेवन गर्दै गर्दा, जानजान होस्टेल पु¥याउन ढिलो गर्दा, होटलमा एउटै मात्र कोठा बुक गर्दा कहिंकतै पनि केही गलत हुँदैछ है भन्ने एकरती पनि लागेन ? उनकै शब्दमा भन्नु पर्दा आरोपित पात्रले भोलिपल्टै उनलाई फेशबुक, इष्टाग्राम, ह्वाट्सयाप लगाएतका सामाजिक सञ्जालमा ब्लक गरेपछि मानसिक रुपमा विछिप्त भएको र साथीको सल्लाहमा उजुरी गरेको भनेकी छिन् । त्यसो हो भने यदि तिमीलाई उसले ब्लक नगरेको भए के तिमी भविष्यमा पनि फेरी फेरी बलात्कृत हुन तयार थियौ त बहिनी ? कहिले काही यो दृष्टिकोणबाट पनि बहश हुनुपर्दछ कि ? बहसको लागि यी प्रश्नहरु उठान गर्दै गर्दा पनि पंक्तिकार एउटा के कुरामा स्पष्ट छ भने आरोपितको दोष प्रमाणित हुन्छ भने नियमानुसार सजाय हुनै पर्दछ ।
यहाँनेर मलाई उठान गर्न मन लागेको अर्को कुरा के पनि हो भने कि एउटा केटा र केटीले बन्द कोठामा रात विताउँदैमा उनिहरु बीच सहवास भयो नै भन्ने हुन्छ ? सहवास भएनभएको प्रमाणित गर्ने वैज्ञानिक आधारहरु पनि छन् । तर कति दिनसम्म ? कन्याजालीकै मात्र कुरा गर्ने हो भने त त्यो जसरी पनि फाट्न सक्दछ । वा अरु कसैसंगको सहवासमा पनि फाटेको हुन सक्दछ ।
योनी भित्र भेटिने बृयका अंशहरु पनि निश्चित समय पछि त नष्ट होलान् । अथवा भनौ उसले सुरक्षा साधन (कन्डम) को प्रयोग गरेको भए वा बृय स्खलन योनीभित्र नगरेको भए ? यसरी सोंच्ने हो भने त आधुनिकतालाई पनि माथ दिएर उत्तरआधुनिकताको अभ्यास गरिरहेको नेपाली समाजले केटा र केटी बन्द कोठामा हुँदैमा बलात्कार नै गरिहाल्यो भनेर पनि कसरी भन्ने ?
हामीले सोंच्नु पर्ने, बुझाउन सक्नु पर्ने अर्को कुरा पनि छ, सेलिब्रेटी हुनु भनेको जे पनि गर्नलाई छुट पाउनु होइन । सेलीब्रेटी भएपछि आफ्नो स्टाटसको पनि ख्याल गर्न सक्नु पर्दछ । समाजको लागि रोलमोडेल बन्न सक्नु
पर्दछ । केही राम्रो गरेर देखाउनु पर्दछ ।
सेलीब्रेटी भनेको त ज्ञानले भरिएको खुला किताब जस्तो हुनु पर्दछ । हरकोहीले पढ्न सक्ने, जुन पाना पढेपनि ज्ञान
पाईने । किन हाम्रो सेलीब्रेटीहरुले यी कुरा बुझ्दैनन् र किसोरी बहिनीहरु पनि सचेत रहन अत्यन्तै आवश्यक छ । किन तिमीहरु स्टार बनेपछि यसरी मरीहत्य गर्छौ ?
किन सजिलै आफ्नो सर्वस्व सुम्पिन तयार हुन्छौ । किसोरीहरु १८ बर्ष नपुगेसम्म मानसिक रुपमा परिपक्व हुँदैनन् भन्ने आडमा कति गल्ति गरिरहन्छौ ? अरु माथि घटेको घटना देखेर पनि त केही सिक्ने कोशिस गर ।
बहसका यी प्रश्नहरु गर्दागर्दै याद आयो लोभलालचमा परेर या आफै आकर्षित भएर राखेको शारीरिक सम्पर्क पछि म नावालिग बलाकृत भएँ, मलाई न्याय चाहियो भनेर न्याय खोजी रहेका यी किसोरीहरुलाई देख्दा निर्मला पन्थ र भागिरथी भट्टका आत्माहरुले के भनि रहेको हुँदो होला खै ?
के भन्दै होलान् निर्मला र भागिरथीहरु ?
previous post