केही साता अघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत दिएको अभिव्यक्ति र सोही दलका अर्का नेता प्रकाशशरण महतले प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् नामक कार्यक्रम मार्फत अभिव्यक्त विचारले काभिड–१९ को मात्र चर्चा भइरहेका बेला धेरैको ध्यान अन्यत्र मोड्यो । आखिर के भनेका थिए ति नेताले जसका कारण कांग्रेसकै युवा नेताहरु आफ्नै वरिष्ठ नेता र अर्का एक नेताको भनाइको खण्डनमा उत्रनु प¥यो, भन्ने विषयमा र उत्पन्न तरङ्गबारे समेत यस पटक चर्चा गर्न चाहन्छु ।
कोभिड–१९ को संक्रमण दर बढ्न रोक्ने उद्देश्यले गरिएको लक डाउनको पहिलो साता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल फेसबुकमा लाइभ आए र संक्रमणबाट जोगिन लक डाउनको पालना गर्न आम नागरिकलाई आग्रह गरे । सभामुख तथा उप प्रधानमन्त्री र पटक–पटक मन्त्री भैसकेको नेताबाट आम नागरिकलाई यस्तो आग्रह गरिनु आवश्यक थियो र जन अपेक्षित पनि । देश संकटमा परेका बेला जिम्मेबार प्रतिपक्षका नाताले कांग्रेस सरकारलाई हर तरहले सहयोग गर्न तयार रहेछ भनेर आम नागरिकलाई जानकारी गराउनु र सबैसंगै भएकाले कोरोनालाई परास्त गर्न हामी सक्षम हुन्छौं भनेर आस्वश्त पार्न पनि पौडेल र पौडेल जस्ता अन्य नेताको सम्बोधन आवश्यक थियो । तर नेता पौडेलले लाइभका क्रममा जे भने त्यो विवादित बन्यो । उनले भनेका थिए, संकटबाट पार पाउन सबैको सहयोग र सहमतीको आवश्यकता पर्दछ । आवश्यक प¥यो भने राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न पनि सकिन्छ र यस्तो अभ्यास अन्यत्रपनि भएको थियो । सरकारमा सहभागी गराउन नसकेपनि सबैको सहमती र सहयोग सरकारले लिनु आवश्यक हुन्छ । पौडेलको यो भनाइले नेपाली कांग्रेस दुइवर्ष सत्ताबाट बाहिरबस्नु पर्दैमा अत्तालिएको र संकटको बहानामा सरकारमा सहभागी हुन चाहेका भन्ने अर्थ लाग्यो । नेता पौडेललाई सत्ताबाट बाहिर बस्न नसक्ने नेताको रुपमा कांग्रेस भित्रै र बाहिर पनि चर्चा गरिन्छ । बहुदलिय व्यवस्थाको पुनःस्थापना पछिको कालखण्डलाई नियाल्ने हो भने त्यस्तै देखिन्छ पनि । तर पौडेलले भने झै राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था अहिले छैन । बन्यो नै भनेपनि पौडेल सरकारमा सहभागी हुन पाउने सम्भावना छैन किनभने उनी प्रतिनिधि सभाका सदस्य होइनन् । यस्तो कुरा पौडेलले बुझेका छैनन् कसरी भन्नु । बुझेका भए यस्तो बेसुरा राग किन अलापेका पौडेलले कांग्रेस कार्यकर्ता विष्मयमा छन् ।
पौडेलको यही अभिव्यक्तिका कारण विपक्षीलाई फेरी कांग्रेसीहरु सत्तालोलुप हुन्छन् भनेर कुरा गर्ने मसला मिलेका छ । तर आम कांग्रेस कार्यकर्ताले यतिबेला कांग्रेस सरकारमा सहभागी होस भन्ने चाहेका छैनन् । उनीहरुको चाहना छ, कांग्रेस नेताहरु यो फुर्सदको समयमा गाउँ गाउँ र कार्यकर्ता तथा शुभेच्छुकको घरघरमा पुगेर उनीहरुका पिर मर्का सुनुन, उनीहरुका सुख दुखमा सहाभगी होउन अनि संगठन गरुन् । विगतमा कांग्रेसका कतिपय नेताले गरेका गलत कामका कारण आम मतदातामा व्याप्त वितृष्णालाई कम गर्दै फेरी आम नेपालीको आस्थाको केन्द बनाउने गरी जनतासंग बसेर जनहितका काम गरुन् । कार्यकर्तालाई प्रशिक्षित र असल संस्कारले दीक्षित गरुन् । तर पौडेलको उक्त अभिव्यक्तिका कारण पदलोलुपको अभियोगले अभिषप्त हुन बाध्य छन्, कांग्रेस कार्यकर्ता र शुभेच्छुक ।
अर्का नेता प्रकाश शरण महतले आफ्नो निजी विचार भन्दै वर्तमान सरकार पूर्णत असफल भएको र कोभिड–१९ का कारण सिर्जित संकट समाधान भएसंगै देश मध्यावधि निर्वाचनमा जानु पर्छ । नेकपाकै अन्य नेताको नेतृत्वले पनि देशलाई विकास र समृद्धिको मार्गमा लैजान नसक्ने महतले अन्तवार्ताका क्रममा जिकिर गरेका थिए । महतलाई सरकार सर्वत असफल भएकाले मध्यावधि निर्वाचनमा जाँदा कांग्रेसको अवस्था अलि सुविधाजनक हुने लागेको हुनसक्छ । तर यथार्थ के हो भने विगतका कांग्रेस नेतृत्वले गरे भन्दा धेरै असंगत काम वर्तमान सरकारले गरेको भएपनि कांग्रेसकै अक्षमताका कारण त्यसका बारेमा आम नागरिक जानकार हुन पाएका छैनन् । यति छोटो अवधिमा यति धेरै असंगत काम कांग्रेसले गरेको भए कम्युनिस्ट कार्यकर्ताले सडकमा आगो बाली सक्थे तर असल प्रतिपक्ष बन्ने स्वाङ गरेर कांग्रेस चुपचाप बसिरहेको छ । अनि यो बेला मध्यावधि निर्वाचन नै भएपनि कांग्रेसको अवस्था अहिलेको भन्दा सुधार हुने आंकलन कमसेकम तल्लो तहका तथा वास्तविकता बुझेका कार्यकर्ता र शुभेच्छुकले गरेका छैनन् ।
पौडेल र महतका भनाइले कांग्रेसलाई कति असजिलोमा पा¥यो भने प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल सामाजिक सञ्जाल ट्वीटर मार्फत दुवैका विचार नितान्त निजी भएको भन्दै खण्डन गरे । उनले भने “ व्यक्तिगत मतहरु केवल व्यक्तिगत हुन्छन् । पार्टीलाई गाँसेर अतिरंजित नगरौं । संस्थागत रुपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ– न सहमतिको सरकार न चुनाव । यो संकटको घडि जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ,तर ढिलासुस्ती, अनियमितता र भष्टाचार विरुद्ध खरो खबरदारी ।” आफ्ना नेताहको विचारको खरो खण्डन शर्माका लागि सहज थिएन तर बाध्यता भने बनेको थियो । अर्का युवा नेता गगन थापाको प्रतिक्रिया झन खरो छ । उनले लेखेका छन्, “कहिले सहमतिको सरकार, कहिले मध्यावधि निर्वातन । लक डाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै लक गरिखिनुहोस् । यस्ता विषय बहसमा आइदिँदा सरकारी अजासु हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो । ” अर्का युवा नेता प्रदिप पौडेल तथा नेवि संघकी नेतृ एलिजा ढकालको विचार पनि दुबै नेताको विचार समयानुकुल नभएको भन्ने नै छ । नेतृत्वले बोल्ने बेला विचार पु¥याउनु पर्ने र अनावश्यक बोलेर पार्टीलाई असजिलोमा पार्नु हुँदैन भन्ने कुरा पौडेल र महतको अभिव्यक्तिले ल्याएको तरंगबाट अन्य नेताहरुले पनि सिकुन्, यहि कामना ।
काँग्रेस नेता पौडेल र महत अभिव्यक्तिले सिर्जित तरंग
previous post