विदेशीको चासो !
कुनै पनि देशका आ–आफ्नै पहिचानहरु हुन्छन् । यदि पहिचानले नै को को कस्ता छन् भनेर छुट्याउन सकिन्छ । कुनमा के कस्ता विशेषता वा महत्वका चिज रहेछन् वा उ आफैमा कति संपन्नसाली, शुन्यवान र विधिले भरिपूर्ण छ भन्ने पनि यिनै पहिचानका आधार बाट प्रस्ट हुन्छ । प्रत्येक भूगोलका आ–आफ्नै पहिचान छन् । यति मात्र होइन व्यक्ति व्यक्तिका पनि पहिचान छन् । शहर, बजार, कलकारखाना, सरकारी, गैरसरकारी कार्यालय संघ संस्थान विद्यालय कलेज सबैका आ–आफ्ना विशेषता हुन्छ । ती विशेषताले नै त्यसठाउँको वा व्यक्तिको चिनारी दिइरहेको हुन्छ । बिना चिनारीका सायद कुनै वस्तु छैनन् होला । यदि बिना चिनारीका वस्तु छन् भने कि त्यसको अस्तीत्व छैन कि मानव दृष्टि भन्दा बाहिर । पृथ्वीको आफ्नै पहिचान हो, यो ग्रह हो । यस ग्रहलाई भागवण्डा गरि कति राज्य बने सबैका आ–आफ्नै पहिचान छन् । जस्तै आ–आफ्नो झण्डा, भाषा, लेख्य लिपी, संस्कार संस्कृति, भोषभुष आदी । प्रकृतिले प्रत्येक वस्तु फरक सृजना गरिदिएर पहिचान कायम गरिदिएको हुन्छ । काँही जन्मजात कालो, जन्मजात गोरो, अग्लो, होचो, नाक चुच्चे, थ्याप्चे, खैरे आदीले कुन स्थान विशेषको मान्छे भनेर सोध्न नपर्ने स्वतः उसको पहिचान झल्की हाल्छ, कसैले सोध्न र जवाफ सुन्ने कस्ट गर्न पदैन । खोला नाला, वन जंगल, हिमाल, पहाड, तराई जस्ता स्थान विषेशलाई एक अर्का बाट चिन्न र चिनाउन पनि आफ्नै विशेषता रहेको हुन्छ । यि सबै अदाहरणहरु एक अर्काबाट कसरी चिन्ने भन्ने नै हो । यदि एउटै नामका दुइवटा वा सो भन्दा धेरै भएका चिन्न गाह्रो हुन्छ यानिकि कसको विशेषता लुप्त हुन्छ निक्र्योल गर्न कठीन प्राय बन्न सक्छ । जस्तो कि हरि नाम गरेका धेरै भए कुनहरी भनी खोज्न थालिन्छ । साथै एउटै व्यक्तिका फरकफरक पहिचान वा नाम भए ता पनि मुख्य पात्र कुन हो त ? वास्तविक उसको पहिचान के हो भनेर खोजिन थाल्छ र त्यहा एक किसिमको भ्रम पैदा हुन्छ । या अनावस्यक शंकाको शंका उत्पादन हु्न जान्छ । पहिचान, स्वरुप, गुण, विचार, ढाँचा, व्यवहार, निहित कला कौशलता, विद्वत्सता, सामर्थे, वैभव, प्रशिद्धि आदी मध्ये कुनै न कुनै फरक विशेषताले एक अर्कालाई अलग्याएको हुनाले मानिसलाई चिन्न, पहिचान गर्न, ठम्याउन र वास्तविक कर्ता पुग्न सजिलो भएको छ । त्यसैले हरेक कुराको नाम राखिएको हुन्छ । भाषागत रुपमा एकै चिजको फरक नाम हुन सक्छ तर केलाउँदै जाँदा अन्ततोगत्व उक्त कर्ता एउटै हुन्छ । कुनै नयाँ वा नौलो ठाउँमा पुगेको व्यक्तिले एउटै नाम भएका २÷३ वथा ठाउँ भए गन्तव्यमा सहजै पुग्न सक्ला त ? सक्दैन । लेखाइ र भाषिक भिन्नताले पनि कहिले काहि भ्रम सृजना गरिरहेको हुन्छ । कुनै एक ठाउँमा एउटा वोर्ड टांसिएको रहेछ –त्यहाँ लेखिएको थियो ‘पाती सबैले संरक्षण गरौं !’ मलाइ लाग्यो औषधिय गुणले युक्त वनस्पती पाती संरक्षण गर्न लागिएको रहेछ । अलि पर पुगेपछि एकजना स्थानिय व्यक्ति सँग सोध्दै पातीको के काम लिन खोज्नु भएर संरक्षण गर्न लाग्नु भएको ? यो सुनेपछि हाँस्दै जवाफ आयो यो झारको कुरा होइन उ त्यो पाती भन्दै ‘प्रतिक्षालय’ यानिकि पाटी । मलाइ अचम्म लाग्यो । पाटी वरपर पाती उम्रेर छिचोली सक्नु थिएन, किनकी सबैले पाती संरक्षण गर्ने बुझेकाले त्यो पाटी वरपर उम्रेको पाती कसैले काटेको थिएन । यो हो भाषिक भिन्नता भ्रम । यसरिनै हामी नेपालीलाई सामान्य मानिएता पनि विदेशीको लागी ज्यादै अलमलर भ्रमको विषय बन्दोरहेछ । पहिला त एक रुप थियो तर विचमा आएर विद्वानहरुले केहि शव्दको लेखाइलाई भ्रम सिर्जना गरिदिए । जुन तत्काल प्रयोगमा आइहाल्यो । निर्देशक निकायबाट आदेश जारी भयाृ , क कसले आफ्ना साइनवोर्ड वदले क कसले बदलेनन् तर एउटै खालको सस्थामा दुई फरक वोर्डहरु झुण्डीए त्यो हो ‘विद्यालय’ र ‘विद्यालय’ । त्यसको टुङ्गो लाग्यो भनिन्छ तर अहिले सम्म फरक फरक वोर्ड झुण्डी रहेको देख्न पाइन्छ । यसैगरि आधारभूत विद्यालय र प्राथमिक विद्यालय । कही प्राथमिक (१–५ कक्षा संचालीत) विद्यालयमा फलानो आधारभूत विद्यालय त कहि सोहि १–५ कक्षा संचालीत फलानो प्राथमिक विद्यालय लेखिएका साइनवोर्ड छ्यापछ्प्ती छन् । यसमा पनि सम्बन्धीत निकायले कागजमा निर्णय भएहोलान् तर व्यवहारीक रुपमा लेखाइकमा एकरुपता अहिलेसम्म ल्याउन सकेको हैन । नियामक निकाय एकरुपताको लागि सजग भएको देखिदैंन । फरकफरक लेखाइका वोर्ड अहिले पनि स्वागतद्वारमै झुण्डीएकै छन् । तर विदेशीलाइ भने यो खालको लेखाइले निकै दुविधा परेको मलाइ एक विदेशीले प्रश्न सोधे ‘Is basic and the primary same?’ मैले जवाफ दिए ‘Same’ उनलाई चित्त बुझेन छ । उसले फेरी सोध्यो Some where it runs 1-5, some where 1-8, why? मैले जवाफ दिन सकिन अलि माथिल्लै तहमा पढाउने मित्रलाई जवाफ लिन भने । खै उनले के भने, त्यो विदेसीले अझै बुझेनछ । फेरी मसँग भेटेर भन्यो ‘I am confused yet ।’ नेपालीले यस्ता धेरै ठाउँ देखे होलान् कुनै मतलब वा चासो छैन तर विदेशी यसमा ससंकित छन् । उनले धेरै विद्यालयमा लगानी गरेका छन्, विद्यालय भवन बनाउन, शैक्षिक स्तर उकास्न, सिकाइ उपलब्धी वृद्धि गर्न तर सोहि विद्यालयको वाहीर प्राथमिक देख्छन् भित्र आधारभूत देख्दा आश्चर्य चकित छन् । यो विषयमा न त शिक्षकलाई मतलब, न त विव्यसलाई, न त नियामक निकायलाई । सबैको मार्ग निर्देशक क्षेत्र शिक्षाको नै यस्तो स्थिति छ भने अरुको के हालत होला, तिनको कुरै छाडौ ।