सानोमा ठुलो मान्छे बन्नुपर्छ भन्ने भुत म मा एकदमै चढेको थियो । बाआमाले गफ गरको कति पल्ट सुनेको थिए । फलनोको छोरो डाक्टर भयो , इन्जिनियर भयो पुलिस भयो याता उति । अब उस्को बाआमालाइ कति सुख हुने भयो है । यो कुराकानी मेरो कानमा सधैं जस्तो गुन्जीरहेको हुन्थ्यो । मलाई पनि अब जसरी भए पनि ठुलो मान्छे बन्नुपर्छ भन्ने अठोट सधैं जागेर आउन्थ्यो ।
ठुलो मान्छे हुने झोकमा कहिले डाक्टर हुने मन पलाउन्थ्यो त कहिले केहि ।
गाई ,भैंसी देखि कुकुरसम्मलाई सुइ लागाइयो अनि अाफुलाइ लग्थ्यो अब त नामि डाक्टर भैइन्छ ठुलो भएसी । कहिले इन्जिनियरको हाउभाउमा कति बदमासी गरीयो लेखा जोखा छैन होला। अनि घरको फीता चोरेर जग्गा नापजाँच गर्ने ,पुलको लम्बाई चौडाइ नाप्दै हीडीयो सथिहरुसङ । अनि आफुलाइ लगथ्यो तेति बेला अब त नामि इन्जिनियर साब नै बन्छु होला ठुलो भएसी । येस्तै अनेकौं काण्ड त कति गरीयो गरीयो । चोर पुलीस खेलको प्रसङमा कहिल्यै चोर बन्न नरुचाउने म पुलिस बनेर वरिपरिको साथीहरू अनि छीमेकीहरुलाइ जहिले सताइरहेको हुन्थे । चोर खोज्दै कहिले छीमेकीको घरमा गएर खोज तलासी गर्ने । त कहिले करेसा बारीमा काठको बन्दुक बोकेर दुस्मनलाई लखेट्छु भन्दै चोरको अभिनय गरेको साथीलाइ खुब सास्ती दिइन्थ्यो चोर पुलिसको खेलमा। अनि त्यो बेला लग्थ्यो अब त म पुलिस बन्छु ठुलो भएसी । बदमासीको कारणले छीमेकमा आमा–आमा बिच झगडा गराउने–एक नम्बरमा पर्न सफल हुन्थे म ।
गाउँ घरमा नेपाली सिनेमा खुब हेरीन्थ्यो । त्यसमा पनि हिरोको पात्र एकदमै मन पर्ने मलाई । जब गुन्डाले नायिकालाइलाई जिस्काउदा हिरोले बचाउ गरे झै । मैले केटीहरुलाइ जिस्काएको देखि नसहने अनि लुकेर ढुङ्गाले हिर्काउनी बानी भैसकेको थियो । आफुलाइ हिरो भएको आभास हुन्थ्यो अनि ठुलो भएसी हिरो हुन मन जाग्थ्यो ।
त्यो बेलाको एकदमै चलेको गीत (डाइबर म माइलो मोटर चलाउदै) सुन्दा अब म डाइबर बन्छु । बाआमालाई गाडीमा राखेर थुप्रो ठाँउ घुमाउने सपना बुन्दै खेलौना गाडी कति कुदाइयो कुदाइयो । मनमनै खुसी भएर अब बुबाआमालाइ पछि सुखमा रक्छु भन्दै खुसी हुन्थे कैयौं पटक ।
के थाहा मलाई तेतिबेलाको बालापनमा गरेको बदमासीले बाआमा दुखित छन् भन्नेकुरा । जे भए पनि सानो तिनो बदमासी गरिरहेको थिए । आमालाई गोठालो बनाएको थिए मेरो बिहान बेलुका खोजेर लयाउनु पर्ने ।
बिस्तारै ठूलो हुँदै गैइयो । बाल्यकालमा सोचेका सपनाहरु पूरा गर्ने गाह्रो हुन थल्यो । अफैलाई खुसी पार्ने त नसक्ने अवस्था भएको बेला बाबुआमालाई खुसी राखन सकिन्छ त ? भन्ने प्रश्न मा सधैं मेरो जवाफ मौनता हुन्थ्यो। केही गर्न खोज्दा खुट्टा तान्न्र,पछार्ने,खसाल्ने जस्ता प्रहारको सिकार सधैं जसो भैरहन्थ्ये म । अनि थोत्रो राजनीती, देशको अवस्थां,नयाँ काम गर्न खोज्दा राज्यले चासो न देखाउने । हरेक कामकाजमा पैसाको लेनदेन। पैसा बिना केही कामनै न बन्ने परिस्थितिको सिकारमा अल्झाउने सरकार । आफुले गर्ने खोजेका काम, सपनाहरु एकएक गरेर मर्न थाले । हरेक कुरामा नक्कली मीलावोट,डाक्टर देखि मान्छेले खाने जागीर सम्म नक्कली। होटेल,स्कुलहरु नक्कली ,साथी पनि देखावटी ,मत्लबी ।
यस्तो कुराले त्रशीत भएर कसरी जिवनमा अगाडिको बाटो छान्न सकिन्छ भने कुराले सधै पिरोलिरहन्थ्यो । ठुलो मान्छे त बनियो तर जिउडालले
मात्रै । बरु लाग्छ त्यो बाल्यकाल नै रमाइलो थियो । अफ्नै दुनियाँ थियो । सफा मन भएका सथिहरु। भविस्य को चिन्ता हुँदैन थीयो।
हो मेरो आफनै बाल्यकाल अनि त्यो बाल्यकालको दुनियाँ कस्तो रमाइलो थियो ।
उजाडिएका बालापनका सपनाहरु
previous post