इन्टरनेटको प्रयोगले हाम्रो मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे मैले अघिल्लो अंकमा चर्चा गरेको थिए । मेरा आदरणिय पाठकहरुलाई म पहिले यो जानकारी गराउँ कि इन्टरनेटको प्रयोगले हाम्रो मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावबारेको म ज्ञाता होइन बरु मैले व्यवहारिक रुपमा हेर्दा र भोगेका यथार्थहरुलाई प्रस्तुत गर्ने प्रयत्न गरेको हुँ ।
भनिन्छ, चिनी पनि धेरै खायो भने तितो हुन्छ । त्यसरी नै इन्टरनेटको प्रयोग पनि बढी भएमा त्यसले हाम्रो शरीरिक स्वास्थ्यमा पार्ने नकारात्मक असर त छँदैछ यसले हाम्रो मानसिक स्वास्थ्मा समेत गम्भीर नकारात्मक असर पार्दछ । पछिल्लो समय इन्टरनेटमा हामी यति निर्भर हुँदै गएका छौं कि एकछिन पनि इन्टरनेट विना समय कटाउन हामीलाई कठिन लाग्न थालेको छ । कतै पाहुन हुन जाउँ वा कुनै सभा समारोह भएका हलहरुमा हाम्रो ध्यान सर्वप्रथम त्यहाँ इन्टरनेट सुविधा भए नभएको खोज्ने तर्फ हुन्छ । तर यो खालको लत राम्रो
होइन । यसले निम्त्याउन सक्ने शारीरिक का अतिरिक्त थुप्रै मानसिक समस्याहरु रहेका
छन् ।
त्यसैले एकछिन् इन्टरनेटले मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक असर बारे चर्चा गरौं । शरीरको दुखाइ, अनिद्रा, दृष्टि समस्या, र तौल बढ्ने÷घट्ने हानि भनेको इन्टरनेटको कारणले भोग्न सक्ने केही शारीरिक समस्याहरू हुन् जब शारीरिक समस्या हुन्छ तब स्वाभाविक रुपमा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ । इन्टरनेट प्रयोगको भावनात्मक प्रभावहरूमा अवसाद, बेइमानी, चिन्ता, सामाजिक अलगाव, आक्रामकता, र मूड स्विङहरू समावेश हुन सक्छन्। कम्प्युटर र प्रविधिले हाम्रो दैनिक जीवन जिउने तरिका परिवर्तन गरेको छ। तिनीहरू हाम्रो दैनिक दिनचर्याको अंश बनेका छन् र हामीले सामाजिककरण गर्ने तरिका परिवर्तन गरेका छन्। इन्टरनेट आधुनिक प्रविधिको एक उदाहरण हो जसले धेरै फाइदाहरू प्रदान गर्दछ, तर नकारात्मक साइड इफेक्टहरू पनि । इन्टरनेटको एउटा प्रमुख साइड इफेक्ट भनेको लत हो । इन्टरनेटको बडी प्रयोगले धेरै साइड इफेक्टहरू निम्त्याउन सक्छ जसले तपाईंको सामाजिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई हानि पु¥याउन सक्छ । इन्टरनेटको प्रयोगमा हामी यसरी मस्त हुन्छौं कि रातको १२ वा १ बजेको थाहा नै हुँदैन । यसका कारण अनिन्द्रा हुन्छ र यसले मानिसक तथा शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्दछ । यसैगरी ईन्टरनेटको प्रयोगले मानिसको आत्मबल कमजोर हुने, छिट्टै आवेगमा आउने जस्ता समस्या देखिने कुरा अध्ययनहरुले देखाएका छन् ।
साइड इफेक्टहरूको पहिलो प्रमुख श्रेणीमा सामाजिक स्वास्थ्यलाई असर गर्ने समस्याहरू समावेश छन् । इन्टरनेटको प्रभाव परिवार र साथीहरूबाट धेरै अलग हुनु हो। आजको दिन र युगमा, मानिसहरूले आमनेसामने कुराकानी गर्न कम समय र स्क्रिनमा अनुहार अन्तरक्रिया गर्न धेरै समय खर्च गरिरहेका छन् । यसले परिवारका सदस्यहरू र साथीहरू बीचको सामाजिक विकासलाई असर गर्न सक्छ । भिडियो कल, च्याट आदि गरेर इन्टरनेटमा भेटिएका साथीहरुसंग घण्टौं विताउँदा हामीले आफ्नो वास्तविक परिवारसँगको समयलाई अवास्तविक परिवारसंग खर्चिरहेका हुन्छौं । आमाले घरमा पकाएको लोकल कुखुराको मासु खान भुलेर भर्चुअल गेममा चिकन रोष्ट खाएको भन्दै मखख परिरहेका हुन्छौ जुन अवास्तविक हो र यसले हाम्रो पेट भर्दैन । घरको खाना छोडेर जब हामी खेलको चिकन रोष्टको कुरा गर्न थाल्छौं तब हामीमा स्वास्थ्य समस्या आउँछ र यसले मानसिक समस्या पनि निम्त्याउँछ । यो इन्टरनेटबाट विकसित सामाजिक समस्या हो र यसले हाम्रो मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर गरिरहेको हुन्छ ।
सामान्य इन्टरनेट लत साइड इफेक्ट को अर्को श्रेणी शारीरिक स्वास्थ्य मा छ। जब कुनै व्यक्ति इन्टरनेट प्रयोग गरिरहेको हुन्छ, ९९% समय ऊ बसेको वा सुतिरहेको हुन्छ। तिनीहरू तिनीहरूको ल्यापटप, डेस्कटप वा मोबाइल उपकरणमा हुन सक्छन् । धेरै मानिसहरू आफ्नो कम्प्युटर कुर्सीमा स्क्रिन तिर अगाडि झुक्नेछन् । यसले असमान मुद्राको साथ ढाड र घाँटीको समस्या निम्त्याउन सक्छ । साथै, कम्प्यूटरमा धेरै समय भनेको कम समय व्यायाम गर्नु हो, जसले धेरै मानिसहरूको वजन बढाउँछ । यसको अर्थ मानिस अनावश्यक मोटोपन आउँछ । हामीले मोटोपनका कारण देखिने विभिन्न शारीरिक तथा मानिसक समस्याहरु देखेका छौं । जब मानिसमा शारीरिक समास्या हुन्छ तब मानसिक स्वास्थ्यमा समस्या आइहाल्छ । इन्टरनेटले हामीले सामाजिककरण गर्ने तरिका परिवर्तन गरेको छ र दुर्भाग्यवश यसले युवाहरूलाई निराश हुन सक्ने नयाँ तरिकाहरू सिर्जना गरेको छ । इन्टरनेटले खराब बानीहरू निम्त्याउन सक्छ । इन्टरनेटको प्रयोगले खासगरी किशोर किशोरीहरुमा आत्महत्याको दर बढ्दै गएको पनि अध्ययनले देखाएको छ । यसको प्रमुख कारण भनेको इन्टरनेटले मानसिक स्वास्थ्यमा ल्याएको समस्या नै हो ।
इन्टरनेटको प्रयोग अहिले अपरिहार्य भएको छ । तर यसको अधिक प्रयोगले हाम्रो मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक असर तिर ध्यान दिएर प्रयोगमा सावधानी अपनाउनु जरुरी छ ।