अस्ती मंगलबार अर्थात फागुन २४ गते (मार्च ८) मा दिगो भोलिका लागि आज लैङ्कि समानता (न्भलमभच भत्रगबष्तिथ तयमबथ ायच ब कगकतबष्लबदभि तयmयचचयध) विश्वव्यापी नारा तथा राष्ट्रिय रुपमा सामाजिक न्याय र लंैगिक समानताःदिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । यो वर्ष अर्थात सन् २०२२ को विश्वव्यापी नाराले लैङ्गिक समान संसारको कल्पना गर्न विश्व समुदायलाई आग्रह गरको छ । जुन संसार पूर्वाग्रह, स्टिरियोटाइप मनोविज्ञान र भेदभाव मुक्त हुनेछ । यो संसार समानता र समावेशी संसार हुनेछ । यस्तो संसारजहाँ हामी महिला समानता स्थापना गर्न सक्छौं । सामूहिक रूपमा हामी सबै
रमेश विकल
(Gender equality today for a sustainable tomorrow पूर्वाग्रह तोड्न सक्षम हुनेछौं । महिलाहरुको उपलब्धिमा उत्सव मनाउन सक्छौं । त्यसैले नाराको साराशं हो, पूर्वाग्रह विरुद्ध चेतना जगाउन र समानताको लागि कदम चाल्न आउनुहोस् संगसंगै पाइला चालौं ।
हुनपनि नेपाली समाजमा महिलाका प्रति अनेकौं पूर्वाग्रहहरु छन् । स्टेरियोटाइप मनोविज्ञान विद्यमान छन् र अनेकौं विभेदहरु छन् । त्यही पूर्वाग्रह, स्टेरियोटाइप मनोविज्ञान र असमानता बोल्न थालेको थियो चर्काे स्वरमा केही दिन अगाडी देखि र अहिलेपनि मधौरु स्वरमा नै किन नहोस् बोलिरहेको छ । यति भन्दा पाठकहरुले बुझ्नु भएको होला,अवश्य मैले कुन सन्दर्भको कुरा गरेको हुँ भनेर । र पनि दोहो¥याउन चाहन्छु, त्यो हो । एउटी नाबालिका माथि प्रसिद्धीको आवरणमा एक सिने नायक तथा मोडलले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा परेको जाहेरी र सो सम्बन्धमा कतिपय मानिसबाट व्यक्त धारणाको कुरा मैले यहाँ गर्न खोजेको हुँ ।
असमानताका अनकौं उदाहरणहरु छन्, महिलाका सन्दर्भमा । पहिले स्टेरियोटाइप मनोविज्ञानका बारेमा चर्चा
गरौं । र कसरी अहिले बहसमा रहेको नाबालिका करणी सम्बन्धमा यो धारणा देखियो भनेर चर्चा गर्नेछु । सामाजिक मनोविज्ञानमा स्टेरियोटाइप एक वर्गका मानिसहरुप्रति राखिने एक निस्चित धारणा हो । स्टेरियोटाइप एक वर्गको मानिसबाट आशा गरिने व्यवहार हो । इस्टेरियोटाइपले एउटा वर्गलाई धेरै जसो अत्याधिक रुपमा एक कोणिय ढंगबाट हेर्छ र नयाँ जानकारीको प्रतिरोध गर्छ । त्यही स्टेरियोटाइप मानेविज्ञानको प्रतिनिधित्व गर्दै माथि उल्लेखित प्रकरणमा आफुलाई सामाजिक अभियन्ता भन्ने पुण्य गौतम,अभिनेता शोभित वस्नेत तथा शर्मीला वाइवा लगाएतका केही युुट्युबर र अनलाईन टीभीका पत्रकारहरु दमौलीमा जम्मा भएर अभियुक्तका पक्षमा नाराबाजी गर्न थाले । अनि मिसियो नाबालिकाको सहयोगी भनिएका दुर्गेश थापा, मुर्दावादको नारा । स्टेरियोटाइप यति जबरजस्त छ कि यसले पिडित भनिएकी नाबालिकाको पक्षमा बोल्नै नसकिने वा बोलेको खण्डमा समाजिक सञ्जाल वा युट्युवमा आक्रमणको तारो बन्ने अवस्था तयार भयो । जो ति नाबालिकाको पक्षमा बोल्छ, त्यो माथि अनेक कपोलकल्पित लन्छना लागाउने एउटा जमात नै तयार थियो । नाबालिकाका पक्षमा बोल्नेहरुलाई जिउँदै हार्दिक श्रद्धाञ्जली भन्न
थालियो ।
उदेकलाग्दो कुरा अभियुक्तको रिहाईका लागि उ निर्दाेश भएको जिकिर गर्दै नारा जुलुस गर्ने र प्रहरी कार्यालय अगाडी भिडभाड गर्ने अनि पिडकको न्यायका लागि अपिल गर्नेमा पिडित नबालिकाको उमेर समूहका युवतीहरु थिए । उनीहरुलाई स्टेरियोटाइप मनोविज्ञानले यसरी गाँजेको थियो कि जबरजस्ती करणीलाई आफुहरुले प्रोत्साहन दिएको भोली आफुपनि त्यसको शीकार हुने सम्भावनाको ख्याल गर्नै भ्याएनन् ।
सिनेमाको नायिका भनेको नायक(पुरुष) को वरपर गितको सुरतालमा नाच्ने गाउने मात्र हो भन्ने स्टेरियोटाइप मनोविज्ञानले ग्रस्त नायिका पुजा शर्माको अभिव्यक्ति झन विष्मित तुल्याउने खालको थियो । आफ्नो शारिरीक बनौटको बारेमा एउटा सार्वजनिक सञ्चार माध्यममा कुरा गर्दा आफुलाई हरस्मन्ट( सताउने काम) गरिएको भन्दै हार गुहार गर्ने उनी अभियुक्तको तस्विर अंकित टिसर्ट लगाएर सार्वजनिक मात्र भइनन् पिडित भनिएकी बालिकाको लुगा च्यातिएको नदेखिएकाले जवरजस्ती करणी भएको भन्न नसकिने तथा अभियुक्तले त्यस्तो गर्नै नसक्ने दावी गर्दै थिइन् । महिला गलत हुन्छन् सर्वथा र पुरुषले कहिल्यै गल्ती गर्दैनन् वा उनीहरुलाई गल्ती गर्ने छुट रहन्छ भन्ने बनिबनाउ अवधारणा जसमा मानिस हत्तपत्त परिवर्तन गर्न तयार हुँदैन स्टेरियोटाइप मनोेविज्ञानले पुण्य गौतम देखि पुजा शर्मासम्मलाई नराम्ररी गाँजेको देखिन्छ । उनीहरुलाई लाग्छ, जबरजस्ती करणी हुन करणी कर्ता हिंस्रक देखिनु पर्छ, अट्टहास गर्नुपर्छ, बालिकाले हार गुहार गर्दै चिच्याउनु पछ्र्र अनि बालिकाका कपडाहरु च्यातिएको हुनुपर्छ । अर्धनग्न अवस्थामा बालिका भेटिनु पर्छ । यो सरासर स्टेरियोटाइप मनोविज्ञान नै
हो ।
अब एकछिन् महिला माथि हुने विभेदका विषयमा पनि चर्चा गरौं । ६ दशक अगाडीसम्म नेपाली महिलालाई मताधिकार
थिएन । सती प्रथा कायम थियो त्यसको केही वर्ष अगाडी
सम्म । यस्तो विभेद अहिले छैन तर अनकौं विभेद छन् । समान ज्यालाका लागि आन्दोलन हुन थालेको शताब्दी नाघीसक्यो तर कतिपय स्थानमा समान ज्यालको कुरा कार्यान्वयनमा आएको छैन । एउटी महिला पुरुषसंगै बेल्चा चलाउँछे, गाह्रो लगाउँछे तर ज्याला पाउने बेला पुरुषको तुलनामा कम
पाउँछे । समाजिक, सांस्कृतिक, धार्मीक, राजनैतिक तथा आर्थिक लगाएत क्षेत्रमा महिलामाथिको विभेद कायमै छ । यी कुनैपनि क्षेत्रमा महिलाका लागि समान अवसर, समान अधिकार प्राप्त छैन । सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने महिला कार्यस्थलमा हुने दुव्र्यवहारबाट पिडित छन् । जबरजस्ती करणी, बेचविखन, बाल विवाह, अनमेल विवाह, जबरजस्ती वेश्यावृतिमा लगाउने जस्ता थुप्रै प्रकारका हिंसाको शिकार छन्, नेपाली महिला ।
देउकी र झुमा अनि कुमारी बन्नु पर्ने महिला । तर घरको धार्मीक तथा सांस्कृतिक कर्ममा सहभागी हुन नपाउने पनि महिला । बाबुआमाको क्रिया गर्नबाट महिला बञ्चित छन् । कुनै कुरामा अग्रसर भएर बोल्दा पोथी बासेको भन्ने वचन बाँण बाट घायल हुनुपर्ने पनि महिला नै हुन् ।
यो वर्षको नाराले भने झैं सामाजिक न्याय प्रदान गर्ने र त्यसको अनुभूति महिलालाई गराउने तथा लैङ्गिक समानता कायम गरेर दिगो विकासमा सहयोग गर्न अब सबै तत्पर रहौं । स्टेरियोटाइपबाट माथि उठेर नयाँ विचारहरुलाई आत्मसाथ गर्न सक्ने मानव समाजको निर्माण होस् । महिलाहरुका प्रतिको पूर्वाग्रह त्यागौं । महिला भएर जन्मनु परेकोमा कुनै पनि महिलाले हिनता पाल्नु पर्ने वा पिडामा वस्नुपर्ने अवस्थाको अन्त्य
होस् । छोरीको रुपमा जन्मेकोमा गर्व गर्ने वातावरण तयार हुँदै जाओस् ।