पृष्ठभूमि:
अपराध अनुसन्धानबाट वास्तविक रूपमा अभियुक्त पहिचान हुन्छ, किटानी जाहेरीवाट हुदैन भन्ने अनुसन्धान अधिकृतहरूमा एकखालको मनोविज्ञान रहेको पाईन्छ । अर्को अनुसन्धान अधिकृतहरू नै किटानी जाहेरी लिएर आउन सुझाई रहेका हुन्छन् । अपराध अनुसन्धानका क्रममा पाईएका यस्ता मनोविज्ञान विगत २२ बर्षको पंतिकारको अदालती अभ्यासका प्रतिफल हुन् ।
किटानी जाहेरी:
अभियुक्त किटान गरेर जाहेरी दिन कुनै पनि अपराध पीडितका लागि सहज कार्य हुदैन । पीडितलाई न्याय चाहिएको हुन्छ । दुस्मनि कमाउन चाहदैनन् । होस्टाईल रहर होईन परिवन्दले निम्त्याएको वाध्यता हो । अपराध अनुसन्धान प्रभावित हुदैन भन्ने विश्वास जगाउन सकेका बखत कुनै पनि वास्तविक पीडितले किटानी जाहेरी हाल्न चाहदैन । नक्कली पीडितले प्रतिषोधपूर्ण जाहेरी दिंदा किटानी नभएमा हुँदै नभएको अपराध अनुसन्धान गरी प्रमाण संकलन गर्न सहज नहुने अवस्थामा मात्रै किटानी जाहेरीले अनुसन्धानलाई सहज तुल्याउने हो । मेरो अनुभवमा एउटा कसुर अभद्र व्यवहारमा अनुसन्धान भएर जबरजस्ती करणी उद्योगमा मुद्दा दायर भएकै छन् । समूह कसुरमा जाहेरी नपरेको व्यक्तिलाई अभियोग लगाईएकै छ । किटानी जाहेरीले अनुसन्धानलाई सीमित तुल्याई दियो भनेर प्रहरीबाट आएको तर्क कानुन र व्यवहार संम्मत दुवै होईन । किटानी जाहेरीले अनुसन्धानलाई सीमित तुल्याउछ भन्ने एक अनुसन्धान अधिकृतबाट चुहिएको तर्कलाई पीडितमा आफ्नै कानुन व्यवसायीप्रति अविस्वास सिर्जना गरिदिने प्रोपोगाण्डा मात्रै बुझ्न सकिन्छ ।
खुल्ला जाहेरी:
अपराध अनुसन्धान भएको जाहेरी दिएर अभियुक्त पत्ता लगाउने खुल्ला बाटो अनुसन्धान अधिकृतलाई दिएमा पूर्ण अनुसन्धान गरि वास्तविक अभियुक्त पहिचान गर्ने अवसर प्रदान गरेमा अपराध र अपराधी कानुनी कारवाहीबाट उम्कन नपाउने तर्क पनि एक अर्थमा सही हो । हाम्रो अपराध अनुसन्धान प्रणाली अब्बल छ । तर यदाकदा अपवादमा प्रभावित भएको, अभियुक्तलाई उन्मुक्ति दिलाएको र निरपराधलाई अभियोग लगाउन सिफारिस गरेको चर्चाले पनि किटानी जाहेरीको अभ्यासलाई बढाएको हुन सक्छ ।
जनअपेक्षा:
व्यवसायीक निष्ठा पूर्वक कानुनको दायराभित्र रहेर, भनसुन, माथिको आदेशको प्रभावमा नपरी अपराध अनुसन्धान गरेको हुनु पर्दछ । आमनागरिकमा निर्दोषलाई आरोपित गर्ने, सामर्थ्य, चाहाना र मार्ग पहिचान नहुन पनि सक्छ । विचौलिया, दलाल र राजनीतिक स्वार्थवाट प्रभावित कार्यकर्ताले मात्र अपराधलाई लुकाउने, सानो कसुरलाई बढाईचढाई गरी ठूलो बनाई आरोपित गर्ने प्रब़त्ति हुँदा अवराध अनुसन्धान गर्ने निकाय यस्ता सवालमा सजग र सचेत हुन जरूरी छ । केही दिन अगाडि घिरिं-४ का बालसिं राना प्रहरी हिरासतबाट परिवारको सम्पर्कमा पुग्नु अघि वेपत्ता अवस्थामा सेतीमादी किनारामा मृत अबस्थामा भेटिनुले धेरै प्रश्न उब्जाएको छ ।मृतकका दाजु बमबहादुर रानाले मानिसको मृत्यु विषयको उजुरी कसुर गर्ने व्यक्ति एकिन नभएको भनेर दिनु भएको छ । आशा गरौ हाम्रो प्रहरी अनुसन्धानबाट छिट्टै अभियुक्त पत्ता लाग्ने छ र कानुनको दायरामा आउने छ । ल्याईनेछ ।
निष्कर्ष:
चामलमा बीयॉ हुन्छ । सबै अनुसन्धान अधिकृत एउटै मनोविज्ञानका हुदैनन् । एकादुईको गल्तीले प्रहरी संगठनप्रति नै अविश्वास र शंका गर्नु हुदैन । प्रहरी संगठनले आफ्नो संगठनबाट संचालित जनशक्तिले गर्ने काम देशभर एउटै कार्यविधिगत मनोविज्ञानबाट गराउन सक्नु पर्दछ । कानुनको फरक फरक प्रयोग न्यायको रोहमा अर्को अपराध हो । पकाउन अघि चामलको बीया टिपेर फाले जस्तै कार्यक्षेत्रमा खटाउनु अघि र खटाई सकेपछि पनि कार्य सम्पादनको निष्पक्ष मूल्यंकन र कारवाही संगठनले गर्न सक्नु पर्दछ । प्रहरी हिरासतमा पुगेको व्यक्ति परिवारको सम्पर्कमा नपुग्दै सेतीमादी किनारामा मृत अवस्थामा भेटिने क्रम र परिस्थितिको अन्त्य हुनुपर्दछ ।