पृष्ठभूमिः
हामीले १९१० सालमा बनेको कानूनको धरातलमा २०२० सालमा मुलुकी ऐन पायौं । आज झण्डै १६५ बर्ष पछि मुलुकी देवानी (संहिता) ऐन २०७४ र फौजदारी (संहिता) ऐन २०७४ पाएका छौं । कानूनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने देवानी कानूनको सर्वमान्य सिद्धान्तका आधारमा हामीले कानून जान्ने पर्ने हुन्छ ।
मातृत्व र पितृत्वको अर्थ
–आमामा हुने गुण, माताको धर्म, आचरण वा कर्तब्य नारीमा हुने गुण आमाले गर्ने मायाँ ममता–प्रयोगात्मक नेपाली शब्दकोष
–पिताको पन पिताको भूमिका बाबुको अभिभारा–प्रयोगात्मक नेपाली शब्दकोष
–मातृत्व शब्दले साधारण बुझाइमा आमाको पहिचानलाइ बुझाउँदछ । पितृत्वले बुवालाइ जनाउँदछ ।
–मुलुकी देवानी संहिता ऐन २०७४ ले मातृत्वको परिभाषा गरेको छैन ।
–ऐनको भाग ३ को परिच्छेद ४ र ५ ले मातृत्व र पितृत्वको बारेमा व्यवस्था गरेको छ ।
–भनेको छ– कुनै व्यक्तिको मातृत्व र पितृत्व निर्धारण गर्नु पर्दा निजको आमा वा बाबुको आधारमा गरिनेछ ।
–अन्यथा प्रमाणित भएकोमा बाहेक त्यस्तो व्यक्ति जन्मदाका बखत निजको आमाको पति रहेको व्यक्ति निजको बाबु भएको अनुमान गरिनेछ ।
कानूनमा मातृत्व र पितृत्वको सवाल
–कुनै व्यक्तिको मातृत्व वा पितृत्वको विवाद भएमा त्यसको निरुपण अदालतबाट हुन्छ–११०
–पितृत्वको ठेगान नलागेको व्यक्तिले आफ्नो नामको पछाडि आमाको थर प्रयोग गर्न पाउँदछ ।
–मातृक तथा पैत्रिक अख्तियारी संयुक्त रुपमा प्रयोग गर्नुपर्ने । १२५
–तर कुनै एकको मृत्यू भएमा जीवितले
–कुनै एकको होस ठेगान नभएमा त्यो अवधिभर होस ठेगानमा रहेकाले
–पतिपत्नि बीच सम्बन्ध विच्छेद भएको भिन्न बसेकोमा नावालक जिम्मा लिनेले
–बाबुको ठेगान नलागेको नावालक भए आमाले
–मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार जिम्मेवारी र कर्तब्य –१२६
–मातृक तथा पैत्रिक अख्तियारीमा रोक लगाउनसक्ने । १३२
–मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुने – १३३
संरक्षकत्वः
असक्षम वा अर्ध सक्षम व्यक्तिको हक हित वा संरक्षण गर्न यस परिच्छेद बमोजिम नियुक्त वा दायित्व भएको व्यक्ति संरक्षक मानिनेछ – १३५
प्राथमिकताक्रमः
–एकासगोलको पति वा पत्नि
–बाबु वा आमा
–एकासगोलको छोरा छोरी वा विधवा बुहारी
–भिन्न भएका पति वा पत्नि
–भिन्न भएका छोरा छोरी विधवा बुहारी
–बाजे वा बज्यै
–नाति वा नातिनी
–दाजू भाइ वा दिदी बहिनी
–मावली पट्टिका बाजे बजै मामा माइजू
अतिरिक्त व्यवस्था
–अन्य व्यक्तिले संरक्षकत्व प्राप्त गरेको भए सो व्यक्ति – १३७
–सस्थाको संरक्षणमा रहेको व्यक्तिको संरक्षक सोही संस्था हुनेछ – १३८
–संरक्षक हुने व्यक्तिको योग्यता १४१
संरक्षक भएको कुरा अदालतबाट प्रमाणित गराउनु पर्दछ । अदालतले संरक्षक नियुक्त गर्न सक्ने १३९,
संरक्षकत्वको समाप्ति १४८
–असमर्थताको निवेदन अदालतबाट स्वीकृत भएमा
–संरक्षकत्वमा रहेको व्यक्तिको मृत्यू भएमा
–असक्षम वा अर्धसक्षम व्यक्ति सक्षम भएमा
–संरक्षकत्वमा रहेको व्यक्तिकै अनुरोधमा अदालतले हटाएमा
माथवर व्यक्तिः
संरक्षक नभएको नभएको अठार बर्ष पुरा नभएको नावालकको पालनपोषण स्वास्थ्य शिक्षा हेरविचार तथा सम्पत्तिको संरक्षण गर्नको लागि जिम्मेवारी बहन गरेको व्यक्ति । तर आफ्नो नावालकको पालन पोषण स्वास्थ्य शिक्षा तथा हेरविचारको लागि कुनै व्यक्तिलाइ माथवर नियुक्त गर्न सक्नेछ ।
–होस ठेगानमा नभएका जसको रेखदेखमा छ थियो सोहि व्यक्ति माथवर हुने
–दश बर्ष भन्दा कम उमेरको नावालकको माथवर व्यक्ति आमा हुने ।
–रेखदेख र संरक्षणमा राखेको संगठित संस्था नै व्यक्तिको माथवर हुने ।
माथबर व्यक्ति भएको कुरा अदालतबाट प्रमाणित गराउनु पर्ने १६६
अदालतबाट माथवर व्यक्ति नियुक्त गर्न सक्ने –१५७
–माथवर व्यक्ति कोहि नभइ सम्वन्धित वडाले निवेदन दिएमा
–संभावित माथवर व्यक्तिको रुपमा काम गर्न लिखित मन्जुरी भएमा
–उपयुक्त कुनै एकलाइ माथवर नियुक्त गर्ने आदेश दिने
–माथवरीमा रहेको व्यक्तिको सम्पतिको व्यवस्थापन र सञ्चालन गर्ने १५९(१)
–पालनपोषण तथा शिक्षा दिक्षा र औषधी उपचार गर्ने १५९(२)
–सम्पत्तिबाट प्राप्त प्रतिफल त्यस्तो व्यक्तिको हितमा पुरै खर्च गर्न सक्ने १६०
–अदालतको अनुमतिले अचल सम्पत्ती विक्री गर्न सक्ने । १६१
–विवेकपूर्ण र होसियारी पूर्वक सम्पत्तिको रेखदेख र संरक्षण गर्नु पर्ने १६२(१)
–त्यस्तो सम्पत्ति हानी नोक्सानी भएमा माथवर जवाफदेही हुने १६२(२)
माथवरीको बदर वा अन्त्यः
–माथवरीमा रहेको व्यक्तिको सम्पत्ति माथि हक मेट्न हक हस्तान्तरण भएमा १६३
–आवश्यकता समाप्त भएमा, अदालतले हटाएमा, योग्यता नभएमा र माथवरीको मृत्यू भएमा १६४
धर्मपुत्र धर्म पुत्री सम्नधी व्यवस्था
–छोरा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने १७१
–न्यायीक पृथकीकरण गरेको अवस्थामा भने पाउने ।
–अदालतले पत्याउन सक्ने आर्थिक हैसियत हुनु पर्ने १७१(३)धर्मपुत्र धर्मपुत्री राख्न सक्ने अवस्थाः १७२
–विवाह भएको दश बर्षसम्म सन्तान नहुने दम्पत्तीले
–४५ बर्ष पुरा गरेकी
अविवाहित
विधवा
सम्वन्ध विच्छेद
न्यायिक पृथकिकरण बसेकी
(छोरा छोरी नहुने महिला र पुरुषले समेत
–होस ठेगानमा नभएको, नैतिक पतन देखिने फौजदारी अभियोगको कसूरदार ठहरिएको, आर्थिक हैसियत नभएको
विविध व्यवस्था
–सगोलका पति वा पत्निले एक अर्काको मञ्जुरी लिनु पर्ने ।
–हुने उम्मेदवार १४ बर्ष उमेर पुरा गरेको हुनु पर्ने
–लिने र हुनेको उमेर २५ बर्षको फरक हुनु पर्ने
–गैर नेपाली नागरिक हुन नहुने
कार्यविधिः
–कानूनको रीत पुर्याइ अदालतमा निवेदन दिनुपर्न
–लिखत जाँचबुझ गर्दा उचित लागेमा अदालतले प्रमाणिकरण गर्नुपर्नेछ ।
–नहुने देखेमा सोहि व्यवहोराको आदेश गरी निवेदकलाइ दिनु पर्नेछ ।
तर
–वावुअमा पत्ता नलागेको, अर्को विवाह गरि अर्कैको संरक्षणमा रहेको,
–तीन पुस्ताको भित्रको नाताको हकमा
–विदेशीले धर्मपुत्र धर्मपुत्रि लिन सक्ने १९२
–अन्तरदेशीय बोर्डमा निवेदन दिइ निर्णय बमोजिम हुने १९३