प्रजातान्त्रिक शासन व्यवस्थाले बहुलबादी समाजलाई स्वीकार गर्दछ । जहाँ सरकार सबै जनताको हित तर्फ काम गर्दछ । राज्यले शान्ति र समुन्नति तर्फ आफूलाई केन्द्रमा राख्नु पर्दछ । उदार प्रजातान्त्रिक व्यवस्थामा नैतिकता र विवेकको स्वतन्त्रता रहन्छ । निर्णय प्रक्रियामा पारदर्शिता, विकेन्द्रीकरण, बहुलबादी दृष्टिकोण स्थापित हुनछ । प्रजातान्त्रिक समाजमा सम्पूर्ण क्रियाशिल र बैधानिक समूहहरुको आवाज निर्णय प्रक्रियामा समाविष्ट हुन्छन् । सामाजिक पूँजिको विकास र सामाजिक एकताको चुनौतिलाई सम्बोधन गर्ने मार्ग प्रसस्त गर्न बाटो खुल्ला हुनछ । सहभागिता र शशक्तिकरणको लागि उपयुक्त व्यवस्थापकिय ढाँचा बनाउन र मेलमिलापको आधार फराकिलो बनाउन केन्द्रित रहेको हुन्छ । यस्तो समाजमा नागरिकहरुले स्वतन्त्र, निष्पक्ष र आवधिक निर्वाचनहरु जनप्रतिनिधि मूलक संस्थाहरु, प्रभावकारी नागरिक अधिकारहरु, स्वतन्त्र राजनीतिक संस्कृतिको अभ्यास गर्न पाउँदछन् । तिनीहरु एक आपसमा प्रतिस्पर्धा गरिरहेकै हुन्छन् ।
ग्रामिण इलाकाहरुमा राज्यको शक्ति बिकेन्द्रिकरण गरी भ्रष्टाचार मुक्त शासन व्यवस्था र ग्रामिण विकास मोडल rural development model लागू गर्न सक्यो भने मात्र ग्रामिण जनताको सामाजिक, राजनैतिक समस्याको समाधान हुन्छ । कुनै पनि विकास कार्यक्रम द्रुतत्तर बन्नको लागि स्थानीय तहमा कार्य गर्ने कर्मचारीहरु बफादार, प्रतिभाशाली र कलावान हुनु जरुरी छ । राजनैतिक आग्रह र पूर्वाग्रहबाट स्वतन्त्र रहने कर्मचारी र निर्वाचित नेतृत्वले मात्र जनताको जीवनस्तर माथि उठाउने कार्यमा आफ्नो भूमिका अगाडि बढाउन सक्दछ । स्वतन्त्रता पूर्वक स्थानीय निकायका संयन्त्रलाई सञ्चालन गर्ने कर्मचारीले मात्र जिम्मेबार ढंगले काम गर्न सक्दछन् ।
कस्तो विकास कसरी प्रारम्भ गर्ने भन्ने उपलब्ध हुने आर्थिक स्रोत र साधनहरुको उपलब्धतामा निर्भर गर्दछ । जतिबढी स्थानीय जनताको माग र श्रोत साधनलाई विकास मोडलमा समाहित गर्न सकिन्छ, त्यति नै छिटो विकास प्रतिफल देख्न सकिन्छ । स्थानीय स्तरमा रोजगारी सृजना गर्ने, उद्योग व्यवसायको स्थापना हुने, पूजि निर्माण हुने आदि क्षेत्रमा लगानी प्रवद्र्धन गर्नु पर्दछ ।
नेपाल, ब्राजिल, अफ्रिकी देशहरु प्रसस्त खनिज सम्पदा भएर पनि अर्थतन्त्र निर्धन र गरिबीको समस्याले ग्रस्त बन्दै गएका छन् । पूँजि निर्माणलाई महत्व नदिने देशहरुको आर्थिक भविष्य अन्धकारमय हुँदै गएको छ । पूँजि निर्माणको लागि बचत अनिवार्य हो । यसै सन्दर्भमा भन्न सकिन्छ, कमाएको जति एकै दिन सबै खाने व्यक्तिले पहिलो दिन स्कच पिउँदछ् । बेलुका कालो रक्सी( स्कच भन्दा तल्लो स्तरको) ले चित्त बुझाउँदछ र भोलीपल्ट विहान टाउको दुख्दा लोकल रक्सी पिउँदै बसिरहेको हुन्छ । अनि अन्य दिनमा केवल खोलको पानीमात्र पिइरहेको हुन्छ ।
ग्रामिण बुज्रुकहरुले समाजलाई सताउँदै उल्टो दिशा तर्फ धकेलिरहेका हुन्छन् । साम्प्रदायिम झगडा बढ्दै जान थालेको छ । यसर्थ समयमै सुधारको अभियान सञ्चालन गरौं । हाम्रो देश हामी आफै बनाउँछौं भन्ने नारालाई साकार बनाऔँ । जय राष्ट्रबाद– जय सम्वृद्धि अभियान ।