
प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट चालु आर्थिक बर्षको पहिलो छ महिनाको अवधिमा चौध हजार पाँच सय ९५ जनाले स्वास्थ्य सेवा लिएका चिकित्सालयले जनाएको छ । चिकित्सालयका अनुसार साउन महिनामा एक हजार नौ सय छ, भदौमा दुई हजार तीन सय ४७, असोजमा दुई हजार तीन सय १४ जनाले स्वास्थ्य सेवा लिएका थिए । त्यसैगरी कार्तिक महिनामा एक हजार आठ सय ७९, मंङिसरमा तीन हजार दुई सय ४२ र पुस महिनामा दुई हजार नौ सय सात जनाले सेवा लिएका थिए ।
तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की तथा लमजुङ्गका नागरिक ग्याष्ट्रिक, प्यारालाइसिस, बाथव्याधी र छाला सम्बन्धी समस्या लिएर आउने गरेका कार्यालयले जनाएको छ । दैनिक ६०÷७० जना बिरामी उपचारका लागि आउने गरेको भन्दै कार्यालयले पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसहरुको आकर्षण बढ्न थालेको समेत जनाएको छ ।
एलोपेथी पद्धतिबाट गरिने उपचारमा औषधीको प्रभाव छिटो देखिने तथा चाँडै निको हुने तथा मुख बार्न नपर्ने तथा तुलनात्मक रुपमा सस्तो भएकाले एक समय ऐलोपेथीको जगजगी थियो र होमियोपेथी (आयुर्वेदिक ) उपचार पद्धतिमा आकर्ष थिएन । मुख बार्नुपर्ने हुनु, रोग निको हुन धेरै समय लाग्नु तथा तुलनात्मक रुपमा महँगो हुनुले यसका प्रतिको आकर्षण कम भएको थियो ।
पछिल्लो समय आममानिसको मनमा आयुर्वेदले स्थान बनाउँदै गएको छ । अरु कुराहरू विर्सेर मानिसहरू आयुर्वेदिक उपचार पद्धतिको रोगको दीर्घ निदानमा भूमिका बुझेर यस तर्फ आकर्षित हुन थालेका हुन् । आफ्नै गाउँघर, वनपाखामा पाईने जडिबुटीबाट निर्मित औषधीको सेवनले रोगको दीर्घ समाधान दिने मात्र होइन्, एलोपेथीको जस्तो अन्य दुष्प्रभाव समेत नरहेकोले यसका प्रतिको आकर्षण बढेको हो । अस्पतालहरूमा रोगीको संख्या बढेको कुरा सुखद समाचार होइन् तर आयुर्वेद अस्पतालहरुमा बढ्दै गएको विरामीको संख्याको अर्थ दीर्घकालीन उपचारका लागि भरपर्दाे आयुर्वेद उपचारका प्रतिको बढ्दो विश्वास र आकर्षण– सकारात्मक पक्ष हो ।