दमौली/“पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान” भन्ने नाराका साथ व्यास नगरपालिकाले चौथो अल्ट्रा म्यारथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विगतमा झै सहिद दिवसको अवसर पारेर गर्न लागिएको प्रतियोगिता व्यास–५ स्थित पर्यटकीय स्थल मानहुँकोटदेखि व्यास–८ पुलिमराङसम्मको हुनेछ । कुल ४४ किमी दूरीको प्रतियोगितामा झण्डै १५ लाख खर्चहुने अनुमान नगरपालिकाले गरको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
खेलकुद मार्फत नगरपालिका भित्रका पर्यटकीय, ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रहरुको देश विदेशमा प्रचारप्रसार गर्न अल्ट्रा म्याराथन आयोजना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख न्यौपानेले जानकारी गराए । विगतमा आयोजना गरिएका प्रतियोगिताले युवा खेलाडीहरुमा उत्साह थप्नुको साथै पर्यटकीय स्थलहरुलाई चिनाउन सफल भएकाले अल्ट्रा म्याराथन कार्यक्रम निरन्तर आयोजना गरिएको समेत न्यौपानेले बताए ।
न्यौपानेले धावकहरुले नियमको उल्लङ्घन गरेर विजयी हुने प्रयत्न गर्न नपाउन भन्नका लागि धावन मार्गका विभिन्न ८ स्थानमा चेक प्वाईन्ट राख्ने तयारी भएको जानकारी गराए ।
व्यास नगरपालिकाले अन्य पर्यटकीय स्थलहरुको पनि प्रचारप्रसार गर्न आगामी मार्च ८मा अन्तराष्ट्रिय नारी दिवसका दिन महिला हाफ् अल्ट्रा म्याराथन लगायतका कार्यक्रम समेत गर्ने योजना बनाएको उपप्रमुख मिरा जोशीले बताइन् ।
म्याराथन सम्पन्न गर्नका लागी नगरपालिकाले नगरप्रमुखको संयोजकत्वमा सम्पुर्ण नगर सभा सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ भने सोही समिति अन्तर्गत ९ वटा उपसमितिहरु गठन गरी तयारीमा समेत लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
नगर प्रमुख न्यौपानेका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीले क्रमश रु.८५,०७७, ६५,०७७ र ५५,०७७ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सान्त्वना हुने ५ जनाले जनही १६,०७७ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यास नपाको चौथो म्याराथन
previous post