हामीले के बुझ्नु जरुरी छ भने हाल बजारमा उपलब्ध अनलाईन गेम्स, डिजिटल एप्सहरु पनि मनोरञ्जनको साधन मात्र हुन्, मनोरञ्जनको साधन यीनै मात्र भने होइनन् । यसको विकल्पमा हामी पुस्तक, पत्रपत्रिका अध्ययन गर्न सक्छौं । र्सजनात्मक कामहरुमा सहभागी हुन सक्छौं । सामाजिक कामहरुमा सहभागी हुन सक्छौं ।
आज विश्व २१ औं शताब्दीमा दौडिरहेको छ । अहिलेको समयलाई प्रविधिको समयको रुपमा पनि लिईन्छ । विकसित देशहरुले नविनतम प्रविधिको निर्माण र विकासमा धेरै छलाङ मारिसकेका छन् । हामीमा चाहिँ निर्माण र विकास गर्न नसके पनि नविनतम प्रविधि प्रतिको आकर्षण र प्रयोग दिनानुदिन बढ्दै छ । अहिलेको पुस्तामा प्रविधि प्रतिको मोह र निर्भरता अत्यन्तै बढ्दो छ । एउटा ठूलो जमात छ, जसको अधिकांश समय मोबाइल, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा हेरेर वित्छ । बरु हामी खाना, पानी नखाई केही दिन बाँच्न सकौंला तर मोबाइल विना एकछिन पनि बाँच्न नसक्ने सम्म हुन लागिसकेका छौं । निकट विगतको कुनै समय थियो, एउटा समान्य खालको मोवाइल सेट हुनु धेरै ठूलो गर्वको विषय हुन्थ्यो । तर आज प्रत्येकको हात हातमा स्मार्ट फोन देख्न सकिन्छ । सर्व साधारणको पहुँचबाट टाढा रहेन अब स्मार्ट फोन । बजारमा विभिन्न कम्पनी र ब्राण्डका स्मार्ट फोनहरु छ्यापछ्याप्ती पाईन्छन् । चाहे व्यापारी व्यवसायी हुन् या चाहे रोजगारीमा संलग्न युवा पुस्ता या चाहे स्कुल र कलेज पढ्दै गरेका किशोर किशोरीहरु सबैको हात हातमा स्मार्ट फोन देख्न सकिन्छ । हरक्षणका सूचनाको पहुँचमा रहनुु अनि विकसित पछिल्लो प्रविधिको पहुँचमा रहनु भनेको मानव विकासको सकारात्मक पक्ष हो तर साथसाथै त्यसले निम्त्याइरहेको समस्याहरुका बारेमा पनि मनन गर्नु जरुरी छ । के हामीले प्राप्त प्रविधिको सहि तरिकाले प्रयोग गरिरहेका छौं ? के यसले हाम्रो वृत्ति विकासमा मद्दत पु–याइरहेको छ ? कतै यसले हामीबाट हाम्रो आफै प्रतिको निर्भरता र विश्वास त खोसिरहेका छैनांै ?
सूचना प्रविधिको सही प्रयोगले धेरै फाइदा पुग्छ सङ्गै यसको सही रुपमा प्रयोग गर्न नजान्दा यसले धेरै हानी नोक्सानी पनि पु–याउँछ । सूचना प्रविधिको गलत प्रयोगले भइरहेका घटिरहेका कैयन आपराधिक र असामाजिक घटनाहरु हामलिे देखे भोगेका छौं । नदेखेका भए र नभोगेका भए पनि सुनिरहेका छौं । के हामी अरु प्रयोग कर्ता यि कुराहरुबाट सुरक्षित छौं त ? अहिलेको युवा पुस्ता विशेषगरी किशोर किशोरीहरुमा सूचना प्रविधि भन्नाले फेसबुक, भाइबर, ट्वीटर जस्ता समाजिक सञ्जाल अनि युट्युब र विभिन्न अनलाईन खेलहरु भन्ने बुझाई छ । तर सूचना प्रविधि भनेको यी मात्रै भने पक्कै होइनन् । मैले यो आलेखको केन्द्रविन्दु यही तीनवटा तत्वलाई बनाउने कोसिस गरेको छु र यसलाई कसरी प्रयोग गरिरहेका छौं भन्ने सन्दर्भमा आफ्नो विचार पोख्ने जमर्काे गरेको छु । साथै यसका विकल्प के हुन सक्छन् भन्ने विषयमा पनि आफ्ना विचारहरु आदरणिय पाठक सामु राख्ने प्रयत्न गरेको छु ।
संसारमा प्रयोग हुने धेरै सामाजिक सञ्जालहरु मध्येको एक र सबैभन्दा ठूलो सञ्जाल फेसबुक हो । नेपालका पनि फेसबुकका प्रयोगकर्ता लाखौंको संख्यामा छ , जसको ठूलो हिस्सा स्कुल वा क्याम्पस पढ्दै गरेका विदार्थीहरुले ओगटेका छन् । क्याम्पस पढ्दा पढ्दै फेसबुकको आविष्कार गरेका मार्क जुगरवर्ग यसैका कारण आज अरबपति भएका छन् । हामी मध्ये अधिकांश चाही यसैका कारण गरिब, अस्वस्थ र असामाजिक बन्दै गइरहेका छौं । हामीलाई भने त्यही फेसबुकमा फोटो राख्न र लाइक तथा कमेन्टको लेखाजोखा राख्दैमा ठिक्क छ । फेसबुक प्रयोगकर्ताको एउटा जमातलाई अनावश्यक पोष्ट गर्दैमा ठिक्क छ अनि अर्काे जमातलाई त्यही अर्थहिन स्टाटसमा टीकाटीप्पणी गर्दै एक आपसमा बाझाबाझ गर्दैमा फुर्सद छैन । अर्काे एउटा जमात छ जसले आफ्नो जीवनको हरेक पृष्ठ फेसबुकको वालमा छर्लङ्ग उतार्छन् । के हामीले सामाजिक सञ्जालको प्रयोग आफ्नो शैक्षिक वा आर्थिक अनि सामाजिक उन्नति र प्रगतिको लागि गरेको छौं ? के यसले हाम्रो व्यापार व्यवसायमा बढोत्तरी गर्न सघाउ पु–याएको छ ? या हामी यसै आफ्नो समय खेर फालिरहेका छौं ? यसले हामीसंग हाम्रा आफ्नाहरुको सम्वन्ध नविकरण गर्न र सुमधुर बनाउन मद्दत गरेको छ या फाटो ल्याएको छ ? यसले हामीबीच कायम भौगोलिक दूरीलाई कम भएको महसुस गराएको छ कि झन बढाएको अनूभूति भएको छ ? अचेल त हामी आँगन जोडिएको साथीलाई जन्मदिनको शुभकामना पनि सामाजिक सञ्जालबाट दिन थालेका छौं । यसरी त हामी हाम्रा आफन्त र साथी भाइसंग झन टाढा भएनौं र ? प्रविधिले त हामीलाई नजिक्याउनु पर्ने हो । यहाँ त उल्टो पो भयो । हाम्रा धेरै जसो चाड पर्वहरु पनि सामाजिक सञ्जालमा मात्रै मानाइन थालिएका छन् । साँच्चै भन्ने हो भने फेसबुकको प्रयोगले हाम्रो समय मात्र वर्बाद भएको छ । यसो भन्नुको तात्पर्य सामाजिक सञ्जालको सदुपयोग भएकोे छैन भन्ने होइन् । यसको सहयोगमा वर्षाै हराएका आफन्त भेटिएका उदाहरण पनि हामीसंग छन् । फेसबुकको सदुपयोग गर्ने प्रयोगकर्ता पनि छ तर त्यो धेरै सानो छ । फेसबुक प्रयोगकर्ताको ठूलो जमातले यसलाई केवल मानोरञ्जन र समय विताउने माध्यमको रुपमा लिन्छन्, जुन सरासर समयको बर्बादी सिवाय अरु केही होइन् ।
प्रविधिमा पहँुच राख्ने पुस्ताले प्रयोग गर्ने अर्काे प्रविधि भनेको युट्युब हो । सिक्न चाहनेहरुका लागि युट्युब ज्ञानको विशाल सागर हो तर हामीले यसलाई पनि केवल मनोरञ्जनको साधनको रुपमा भन्दा बढी बुझ्न सकिरहेका छैनौं । अब कुरा गरौं अनलाईन र डिजिटल गेमहरुको । प्रविधिको उच्चतम विकासले मनोरञ्जनको साधनलाई एउटा मोवाइलमा सिमित गरिदिएको छ । साना–साना बाबु नानीलाई भुलाउनु प–यो भने मोबाइलमा भिडियो लगाएर उसको हातमा राखिदियो,बस् । अलि ठूला केटाकेटीहरु मोबाइलमै विभिन्न गेम खेलेर मस्त । अहिले त झन विभिन्न किसिमका अनलाईन गेमहरु उपलब्ध छन् । जुन घण्टौंसम्म खेलिराख्न मिल्छ । अहिलेको युवा पुस्ता र किशोर किशोरीहरुमा पब्जी नामक अनलाईन गेम असाध्यै लोकप्रिय भएको छ । जुन इन्टरनेटसंग कनेक्सन हुँदा वा मोबाइलमा डाटा प्रयोग गरेर घण्टौंसम्म खेल्न मिल्छ । अहिलेका युवाहरु दैनिक ४ ५ घण्टा यसैमा व्यस्त रहन्छन् । कतिसम्म भने उनीहरुलाई खाने, सुत्ने समयको समेत ख्याल हुँदैन । आफ्नो पढाइ, परिवार र जिम्मेवारीको त कुरै भएन् । एउटा सानो उदाहरण हेरौं केही महिना अगाडि म घर बाहिर थिएँ । एउटा सानो काम परेकाले गाउँको एउटा भाइलाई फोन गरें । उसले फोन रिसिभ गरेन । दुइघण्टा पछि कलब्याक गरेर भन्छः म पब्जी खेल्दै थिएँ त्यही भएर रिसिभ नगरेको । केही काम थियो कि ? धन्न त्यतिबेला मेरो फोनकल त्यत्ति जरुरीको थिएन । कुनै जरुरी काम भएको भए ? भन्नुको तात्पर्य के हो भने २१ औं शाताब्दीमा बाँचिरहेका हामी सूचना प्रविधिको क्षेत्रमा भएका परिवर्तनहरुका बारेमा जानकारी राख्ने, त्यसको प्रयोग गर्ने गर्नु जरुरी छ । त्यो राम्रो पनि हो तर यसलाई कति प्रयोग गर्ने ? कतै यसले हाम्रो परिवार, सामाजिक जीवनमा ह्रास ल्याएको त छैन भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । हामीले के बुझ्नु जरुरी छ भने हाल बजारमा उपलब्ध अनलाईन गेम्स, डिजिटल एप्सहरु पनि मनोरञ्जनको साधन मात्र हुन्, मनोरञ्जनको साधन यीनै मात्र भने होइनन् । यसको विकल्पमा हामी पुस्तक, पत्रपत्रिका अध्ययन गर्न सक्छौं । र्सजनात्मक कामहरुमा सहभागी हुन सक्छौं । सामाजिक कामहरुमा सहभागी हुन सक्छौं । प्रविधिप्रति यतिधेरै निर्भर र त्यसैमा मग्न हुनु पनि हुँदैन कि यसले हाम्रो जीवन नै अस्तव्यस्त बनाओस् । यसको लत नै लागोस् ।
विभिन्न अध्ययन अनुसन्धानहरुले के देखाएको छ भने भर्चुवल वल्र्ड वा डिजिटल संसारमा धेरै समय विताउने मानिसहरुको समाजिक विकासमा नकारात्मक असर पर्छ । उनीहरुको सृजनशिलता र रचनात्मक शक्तिमा ह्रास आउँछ । उनीहरु वास्तविक भन्दा पनि काल्पनिक र कम्प्युटरको संसारमा रमाउन अभ्यस्त हुन्छन् । कतै हामीलाई पनि आफ्नो वास्तविकता छोडेर काल्पनिकतामा रमाउने बानी लागेको त छैन ? समय छँदै सचेत बनौं । भनिन्छ नि, रोग लागिसकेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बेस हुन्छ ।