‘ए कता ! ?’
एकता सन्दर्भमा राजनीति शास्त्री ओवेन डिक्सन भन्नु हुन्छ– ‘परस्पर विरोधी चिजहरुमा एकता गराउने भन्दा बढी दुस्कर कार्य अरु हनु सक्दैन ।
माथि उल्लेखित सुक्तिलाई मनन र विश्लेषण गर्ने हो भने, एकता वा उनिहरुलाई जोड्ने वा मिसाउने कार्यले त्यसबाट निस्कने परिणाम वा नतिजा खतरनाक हुन्छ र त्यस्तो मिलान गराउने वा मिलान कर्ताको भूमिकामा जो कोहीलाई पनि यसले फाईदा गर्दैन । हानी गर्दछ । त्यसको असरको सामना कुनै न कुनै बेला त्यस कार्यको संयोजकले व्यहोर्नु पर्ने हुन्छ । कुनै दुई गुणलाई एकाकार बनाउन आवश्यक समयावधि भित्र रुमलिनु पर्नाको साथै शक्ति र परिश्रम त्यतिकै खर्च हुन्छ । जस्तो पित्तल र सुन दुबै पहेंला धातुजन्य खनिज हुन् । रुपमा उस्तै देखिएता पनि यसको अन्तरनिहित गुण फरक हुन्छ । यिनको मिश्रणबाट बनेको पदार्थ न त सुन हुन्छ, न त पित्तल, छुट्टै भिन्न गुणको बन्न जान्छ । सुनमा हुने गहनता ओजको ह्रास हुने र पित्तलले दिने कार्य पनि उक्त सम्मिश्रणको धातुले कदापी दिन नसक्नुका साथै ढाँट छल र फट्याई अवैध पदार्थमा परिणत हुन जान्छ । समान प्रकृतिका, समान गुण भएका उस्तै चिजको फुट भएमा पनि पुनः उही रुपमा मिलाउन कठिन हुन्छ वा मिलाउनै सकिदैन । माटोबाट बनेको हाँडी फुट्यो भने त्यसलाई जोडेर विल्कुल साविककै आकारमा ल्याउन कठिन हुन्छ । कथम कदाचित प्रविधिको प्रयोगले जोडि हालेपनि फुटको स्पष्ट संकेत रहेकै
हुन्छ । पहिलेका क्षमतामा भार बहन गर्ने शक्ति खोजेर पाउन सकिदैन । यस्ता धेरै चिजहरु छन्, जुन फाटेमा पूर्ववत रुप दिन सक्दैन । राम्रो कपडा फाटेमा जोडेको ठाउँ स्पष्ट देखिन्छ । कुनै चिज यस्ता हुन्छन् जसको संयोजन भयानक
हुन्छ । दुईवटा नदी जोडि दियो भने आफ्नो समिपका ध्वाँस पार्दछ । त्यो मात्तिन्छ, उर्लिन्छ, आफ्नो पूर्ण औकात विर्सन थाल्दछ ।
कुनै दुई पदार्थको फ्यूजनबाट भिन्नै तेस्रो पदार्थ निर्माण हुन्छ । जसमा पूर्ण अवयवहरु लुप्त प्रायः हुन्छन् र वणशंकर पैदानै प्रजनन गुण ह्रास भएकोले लोप निस्चित हुन्छ । प्रकृतिमै रहेका समगुणीय वस्तुहरुको मिश्रण मिलान बा एकता कहि विध्वसात्मक त कहि क्षणिक लाभदायी त कही अनुवंशीकता विहिन हुन्छन् भने घर समुदाय समाज र राजनीतिमा हुने फुट एकता समायोजन पनि माथि कै उदाहरण भन्दा फरक परिणामको आशा गर्नु अल्पदुरदर्शीता सिवाय केहि हुन सक्दैन । मान्छे मात्र यस्तो प्राणी हो जस्ले आफ्नो क्षणिक फाइदाको लागि हुनै नसक्ने वा गर्नै नहुने परस्पर विरोधी विचार, दर्शन र राजनीतिलाई मिश्रण वा एकता गर्न खोज्छ । जस्को परिणाम कालन्तरमा पनि भयानक सावित हुन्छ कि माकुराको बच्चाले आमालाई खाएर सिध्याए सरी, शुत्राधार सरजक वा मूल पुरुषलाई नै बर्णशंकरेले भागबण्डा गरी लुछाचुडी गर्दै विशेष अन्त्यष्टी गरिदिन्छन् । यस्ता धेरै खाले यकताहरु नेपालमा पनि पटक पटक प्रयोगमा नआएका होइनन् । उत्तरपन्थी, दक्षिण पन्थी, पूर्वपन्थी जस्ता सबै खाले पन्थीहरुले यस्को स्वाद लिईसकेका छन् । सबैभन्दा जेठो पार्टी पनि जन्मेको विभिन्न दलसंग एकता गर्दै ठूलो बनेको इतिहास छ । आफ्नो पूर्व हैसियत भूलेर उर्लिदो भेल किनारा माडेसरी आफ्ना छेउछाउ पर्ने जस्तो त्यस्तोलाई देख्दैनदेख्ने, मातले वादी पछिको नदी आफैले कमाएर ल्याएको ढुंगा हल्लाउन नसकि छेउबाट बगेजस्तै आफै किनारा लाग्न पुग्यो । फेरी आफूलाई जेठाका समकालिन हूँ भन्ने माहिलो पार्टी पनि जन्मघरमा धेरै बर्षसम्म कुनै भाई पनि बस्न सकेनन् । बर्षैपिच्छे बेग्लाबेग्लै घर बनाउँदै २०/२२ ओटासम्म आ–आफ्नै घर बनाए । भाईमा एक एक फटाहा त हुन्छ हुन्छ, त्यसरी नै अन्य भन्दा भिन्नै बुद्धिजिवी हुँ भन्ने, फट्याई पनि उस्तै जानेको, सके फकाएर, त्यो नभए लुटेर पिटेर ड्याङ ड्याङ पारेर अर्कालाई माथि जान र अगाडि बढ्न कसै नदिने चण्डले भाई मिलाउने नाटक गरेर सबैलाई झुक्याउन सफल भयो । ढेड दुई बर्ष कता भएको थियो, कुन भाईसंग चित्त नबुझेर हो कुन्नी हिजकै पुरानो घर मर्मत गर्न भन्दै आफूसंग मिल्ने भाईसंग गोप्य वार्ता गर्न चल्न थाल्यो । उसको प्रस्ताव भाईलाई शंका लाग्दा लाग्दै पनि भेलामा जम्मा भए अनेक लोभ लालच देखाएर पुरानो घर मर्मत गर्न तम्तयार बनायो । विचरा पिछलग्गु भाईहरु उसैले देखाएको बाटो हिडे । केही दिनमै पुरानो घर भन्दा नयाँ घर बनाउन सल्लाह दिन थाल्यो । यो पटक भने सोझा भाईहरुले पत्याएनन् र उ बाहेक भेला
भए । एक आपसमा सोध्न थाले ‘ए भाई तिमी कता ? ए तिमी कता ? ए कता ? मुखामुख गरी इशाराले सोध्न थाले, ए कता ? यसरी सोझा भाईहरु अलमलमा परिरहेको बेलामा खबर आयो ‘तल्ला घरे साहूले हामीलाई मिलाउन नदिएको हो । एउटाले भन्यो माथिल्ला घरेले गर्दा’ अर्काले भन्यो, अर्काको आडमा हामीलाई अलमलमा पारी मालिक बनेको रहेछन् भन्ने गुह्यकुरा अन्य भाईले पनि बुझ्न थाले र हाम्रो घर मुली चुन्न आम भेलाको माग गरे । भेला तय भयो । भाईहरु भेलामा जान नारा जुलुस सहित बाटो लागे । अलि बेर बाटो दुईतिर लाग्ने फाटेको थियो । त्यही फाटेको ठाउँमा ति चण्डाल दाईहरु बाटो देखाउन बसी रहेका । एउटाले माथिल्लो बाटो लाग्न देखायो भने अर्कोले तल्लो बाटो । विचरा भाई फेरी अलमल परे र सोधासोध गर्न थाले– ए कता ए कता । उसले उसलाई सोध्छ ए कता ? अर्कोले अर्को लाई सोध्छ ए कता ? कहिले खुशी हुँदै एकता कहिले रुँदै चिल्लाउँदै ए कता ?
अरुलाई सिध्याउनकै लागि परस्पर विरोधी विचारमा एकता बनाउनु भन्दा बढी हानीकारक अरु केही हुन सक्दैन भन्ने उदाहरण चरितार्थ छ । कहिले एकता, कहिले ए कता हुनु भन्दा कस्तासंग एकता गर्नु भन्ने सोंचेर निर्णय लिनु विद्वता हो जस्तो लाग्छ । भावि दिनमा एकता गर्नु छ भने पक्का मन विचार, र व्यवहार मिल्नेसंग गरौं । जो पायो त्यहीसंग गर्ने कुरै छोडौं ।